विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ बस्ने २१ वर्षीया युपना राईसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको उक्त सुमो दुर्घटनामा घाइते भएका चालक र एक यात्रुको सिन्धुली अस्पताल र अन्य दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । त्यस्तै, सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकस्थित सडकमा लु२ख ६९१२ नम्बरको ट्रकले को२५प २७४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–९ बबिया बस्ने ५० वर्षीया रितादेवी यादवको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–५ भोर्लेस्थित सडकमा प्र १–०५–००१ प ९६८२ नम्बरको मोटरसाइकल र बा ०१–००६ ख ६८४४ नम्बरको इभी गाडी एकआपसमा ठोक्किँदा सोही ठाउँ बस्ने ३० वर्षीय मोटरसाइकल चालक सुमन श्रेष्ठको मृत्यु भएको हो । धनुषाको जनकपुर उपमहानगरपालिका–१७ तेतरिया पुलस्थित सडकमा ज ११ प ३०५८ नम्बरको मोरटसाइकल र म प्र ०२–००९ प ११५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा सोही ठाउँका १८ वर्षीय सुजित यादवको मृत्यु भएको छ । उक्त दुर्घटनामा घाइते भएका तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोरङको सुनवर्षी नगरपालिका–५ झुङगी टोलस्थित सडकमा बीआर ३८ एच ३५०४ नम्बरको मोटरसाइकल र प्र १–०२–०४५ प ८९६६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ । रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित सडकमा बा३७प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार फतुवा विजयपुर नगरपालिका–२ शीतलपुर बस्ने ७० वर्षीया सोमरियादेवी ठाकुरको मृत्यु भएको छ । रोल्पाको माडी गाउँपालिका–१ चालाङ भिरस्थित सडकमा घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु प्र ०२–००१ ह १९४७ नम्बरको अटो आज बिहान दुर्घटना हुँदा त्यसमा सवार सोही गाउँपालिका–१ घोर्नेटी बस्ने ३२ वर्षीया खुमाकुमारी भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । The post विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार
काठमाडौं- बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा आइतबार साँझ अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका छन्। बीबीसी न्युज मराठीका अनुसार मुम्बईको विले पार्ले पश्चिमस्थित जुहू थाना क्षेत्रभित्र गोली प्रहारको घटना भएको हो । मुम्बईको पश्चिम क्षेत्रका पुलिस डीसीपी मोहित गर्गले टाइगर श्राफसँग जोडिएको यो गोली प्रहारको घटनाको पुष्टि गरेका छन्। डीसीपी मोहित गर्गका अनुसार टाइगर श्राफ सुरक्षित छन् । उनलाई गोली लागेको छैन ...

फ्रान्समा हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दाबढी पक्राउ
पेरिस। फ्रान्समा भएका हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दाबढी व्यक्ति पक्राउ परेको गृहमन्त्री लरेन्टनुनेजले आइतबार बताएका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुनुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए । सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै गृहमन्त्री नुनेजले घटनामा सङ्लग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान भइरहेको बताए । उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको उनको भनाइ छ । पेरिस, मार्से, लियोन, बोर्डो ...

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
टोकियो। मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट चट्टान र धुलोका नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने उद्देश्यसहित जापानले ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी गरेको छ। जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) ले मङ्गल ग्रहका चन्द्रमाको उत्पत्ति, सौर्यमण्डलको निर्माण र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लगाउने लक्ष्यसहित ‘मार्स मुन एक्सप्लोरेसन’ (एमएमएक्स) अभियान अघि बढाएको हो। जाक्साका अनुसार एमएमएक्स अन्तरिक्षयान बोकेको एच–३ रकेट तानेगासिमा अन्तरिक्ष केन्द्रबाट मङ्गलबार बिहान ...

अमेरिकालाई इरानका नयाँ रक्षामन्त्रीको चेतावनी- पुन: आक्रमण गरिए ठुलो क्षति बेहोर्नुपर्नेछ
इरानका नवनियुक्त रक्षामन्त्री मेहरदाद अखलाघीले अमेरिकाले पुनः आक्रमण सुरु गरेमा अमेरिका र मध्यपूर्वमा रहेका उसका सहयोगी देशले ठुलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन्। इरानको संसद्‌बाट विश्वासको मत प्राप्त गरेपछि आइतबार पत्रकारहरूसँग कुरा गर्दै अखलाघीले अमेरिकाले इरानमा पुनः आक्रमण गर्ने सम्भावना न्यून रहेको बताए। तर त्यस्तो कदम चालिए ... ...


