Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विपद्बाट कृषि, पशुपंक्षी, जलचर र जैविक विविधतामा भएको क्षतिको मूल्याङ्कन हुँदै

विपद्बाट कृषि, पशुपंक्षी, जलचर र जैविक विविधतामा भएको क्षतिको मूल्याङ्कन हुँदै

10/28/2026, 2:16:53 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्बाट कृषि, पशुपंक्षी, जलचर र जैविक विविधतामा भएको क्षतिको मूल्याङ्कन हुँदै

काठमाडाैँ । सरकारले विपद्बाट कृषि, पशुपंक्षी, जलचर, खेतीयोग्य जमिन तथा जैविक विविधतामा भएको क्षतिको मूल्याङ्कन गरिरहेको जनाएको छ । कृषि तथा वन क्षेत्रको क्षतिको यकिन विवरण तयार गर्न विभिन्न सूचकका आधारमा अध्ययन भइरहेको सरकारले जनाएको हो । कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले विपद्बाट भएको क्षतिको मूल्याङ्कनलाई विभिन्न क्षेत्रमा वर्गीकरण गरेर काम भइरहेको जानकारी दिए । बुधबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले लगाइएको बालीमा भएको क्षति, त्यसको मूल्य, विगतको उत्पादकत्व र चालु वर्षको बजार मूल्यका आधारमा कृषि उपजको क्षति गणना गरिने बताए । उनकाअनुसार बालीमा भएको क्षतिको विवरण उपलब्ध तथ्याङ्कका आधारमा तयार गरिँदैछ । विभिन्न स्रोतबाट प्राप्त तथ्याङ्कको तुलनात्मक परीक्षण गरी अन्तिम रूप दिइने र क्षतिसम्बन्धी विवरण राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा समावेश गरिनेछ । पशुपंक्षीमा भएको क्षतिको मूल्याङ्कन पनि भइरहेको पनि सचिव मिश्रले बताए । किसानको कृषि सूचीकरणबाट प्राप्त तथ्याङ्कका आधारमा परिवारमा रहेका पशुपंक्षीको सङ्ख्या तथा क्षतिको मूल्याङ्कन गरिने मिश्रले उल्लेख गरे । यसका साथै व्यावसायिक पशुपंक्षी फार्ममा भएको क्षतिको विवरणसमेत सङ्कलन भइरहेको उनले जानकारी दिए । मिश्रकाअनुसार विपद्बाट जलचरमा भएको क्षतिको आर्थिक मूल्याङ्कन अर्को महत्वपूर्ण पक्ष हो । विशेषगरी त्रिशूली करिडोरमा विभिन्न प्रजातिका माछा तथा अन्य जलचरमा परेको असरको अध्ययन भइरहेको छ । कतिपय जलचर प्रजातिको सङ्ख्यामा ठूलो गिरावट आएको वा ती प्रजाति प्रभावित भएको हुन सक्ने भएकाले तिनको पुनःस्थापनामा लाग्ने समयसमेत अध्ययन गर्नुपर्ने उनले बताए । जलचरको क्षतिको आर्थिक मूल्याङ्कन गर्न प्रत्यक्ष तथ्याङ्क उपलब्ध नभएका अवस्थामा वैकल्पिक अनुमान विधिसमेत प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ । विपद्बाट बगाएर लगेको खेतीयोग्य जमिनको मूल्याङ्कन पनि भइरहेको छ । हजारौँ वर्षदेखि खेती हुँदै आएको जमिनको क्षति मापन गर्न कठिन हुने उल्लेख गर्दै मिश्रले त्यसको वार्षिक उत्पादकत्वका आधारमा मूल्याङ्कन गर्ने विधि अपनाइने बताए । कति जमिन पूर्ण रूपमा नष्ट भएको छ भन्ने विवरण भने अझै अन्तिम भइनसकेको उनले जानकारी दिए । जैविक विविधतामा परेको असर, प्रजाति लोप हुने सम्भावना तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा भएको क्षतिको विवरण पनि सङ्कलन भइरहेको सचिव मिश्रको भनाइ छ । मन्त्रालयले कृषि तथा वन क्षेत्रको समग्र क्षति मूल्याङ्कनलाई एकीकृत रूपमा अघि बढाइरहेको र यससम्बन्धी तथ्याङ्क तथा प्रतिवेदन संसदीय विशेष समितिलाई उपलब्ध गराउने मिश्रले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

कूटनीतिक छलफलमै छ नेपाल, २५ म्यानपावरमाथि छानबिन सँगसँगै
ताजा खबरJust now

कूटनीतिक छलफलमै छ नेपाल, २५ म्यानपावरमाथि छानबिन सँगसँगै

काठमाडौँ । नेपाली श्रमिकहरूका लागि आकर्षक र प्रमुख गन्तव्य मानिएको मलेसियाको रोजगारी तत्कालका लागि पूर्ण रूपमा बन्दजस्तै छ । नेपाल र मलेसिया सरकारबिच श्रमिक पठाउने म्यानपावर कम्पनी छनोटको विषयमा उत्पन्न विवाद सुल्झन... ...

रातोपाटी
हेटौंडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर
ताजा खबरJust now

हेटौंडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

हेटौंडा। नागस्वतीस्थित वनदेवी मन्दिर हेटौंडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो। उक्त मन्दिर हेटौंडा उपमहानगरपालिका–७ मा रहेको छ। हेटौंडामा बस्ती बसाउने सन्दर्भमा २००७ सालतिर यहाँको जङ्गल फडानी भएकोमा २००८ सालदेखि वनदेवीको मन्दिर स्थापना गरी पूजाआजा गरिँदै आएको वनदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष हरिहर ढकालले जानकारी दिए। किंवदन्तीअनुसार जङ्गल फडानी भई बस्ती बस्न थालेसँगै यहाँका स्थानीयवासी एवं पाल्तु जनावरमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू ...

नेपालन्युज
लामो समयदेखि बन्द रहेको एन्फा कार्यालयको ताला खुल्यो, वरिष्ठ उपध्यक्षले बोलाए बैठक
ताजा खबरJust now

लामो समयदेखि बन्द रहेको एन्फा कार्यालयको ताला खुल्यो, वरिष्ठ उपध्यक्षले बोलाए बैठक

• एन्फाका बहुमत सदस्यहरूले लामो समयदेखि बन्द रहेको एन्फा कार्यालयको ताला खोलेका छन् र आगामी कात्तिक १३ गते कार्यसमितिको बैठक बस्ने निर्णय गरेका छन्। • बैठकमा फुटबल क्षेत्रको विवाद र फिफाबाट लागेको प्रतिबन्धको समाधानका लागि छलफल गर्ने उद्देश्य रहेको छ। • एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले अदालतमा बयान दिएका छन्, उनीहरू विरुद्ध खेल मिलेमतो र ठगीको मुद्दा ...

नेपालबहस
भारतमा चक्रवात अर्नबको वितण्डा, आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु
ताजा खबरJust now

भारतमा चक्रवात अर्नबको वितण्डा, आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु

काठमाडौं । भारतको पूर्वी तटीय क्षेत्रमा चक्रवात अर्नबले ठूलो क्षति पुर्‍याएको छ। चक्रवातका कारण आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु भएको छ भने ३१ घरमा क्षति पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यसको प्रभाव ओडिशा र झारखण्डमा समेत परेको छ। बुधबार बिहान चक्रवात अर्नब आन्ध्र प्रदेशको काकीनाडा र पुडुचेरीको यानम क्षेत्रबीचको तटीय भूभागमा प्रवेश गरेको थियो। चक्रवातका कारण तटीय क्षेत्रमा जनजीवन प्रभावित हुनुका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play