Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै
Photo / Coverage: टेक्नोलोजी खबर

विपद्का समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले ‘सेल ब्रोडकास्टिङ प्रणाली’ (सिबीएस)को परीक्षण गरिने भएको छ। सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा मङ्सिर ४ गते काठमाडौँको बलम्बु क्षेत्रमा उक्त प्रणालीको सीमित प्राविधिक परीक्षण गर्न लागिएको दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। परीक्षणका क्रममा तोकिएको क्षेत्रमा रहेका परीक्षण उपकरणहरूमा मोबाइल नेटवर्कमार्फत पूर्वसूचना सन्देश पठाइनेछ। उक्त सन्देश परीक्षणका लागि तोकिएका मोबाइल उपकरणमा मात्र प्राप्त हुने जनाइएको छ। यस परीक्षणको मुख्य उद्देश्य विपद्का समयमा मोबाइल फोनमार्फत पूर्वसूचना सन्देश प्रवाह गर्ने प्रणालीको प्राविधिक कार्यक्षमता तथा सन्देश प्राप्त हुने अवस्थाको परीक्षण गर्नु रहेको छ। सेल ब्रोडकास्टिङ प्रणाली निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना तथा चेतावनी सन्देश पठाउन सकिने प्रविधि हो। यस प्रणालीमार्फत सिमकार्ड वा इन्टरनेट सेवा नभए पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा सन्देश प्राप्त हुनसक्छ। सामान्य म्यासेजभन्दा फरक यस प्रविधिले नेटवर्कमा अत्यधिक चाप भएका अवस्थामा समेत छोटो समयमा धेरै मोबाइल उपकरणमा सूचना पु¥याउन सक्छ। साथै, विपद्को जोखिम रहेको निश्चित क्षेत्रमा मात्र सन्देश पठाउन सकिने भएकाले आवश्यकताअनुसार लक्षित समुदायलाई सचेत गराउन सकिनेछ। प्रारम्भिक परीक्षण सफल भएमा उक्त प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गर्दै विपद्को उच्च जोखिम रहेका क्षेत्रहरूमा कार्यान्वयन गर्ने योजना रहेको छ। यस प्रणालीको कार्यान्वयनले बाढी, पहिरोलगायत प्राकृतिक विपद्को जोखिम रहेका क्षेत्रका नागरिकलाई समयमै सचेत गराउन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी र सुरक्षात्मक उपाय अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपालमा विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तथा दूरसञ्चार प्रविधिको उपयोगमार्फत नागरिकको सुरक्षा सुनिश्चित गर्ने दिशामा यो परीक्षणलाई महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।-रासस The post विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चिप निर्माता कम्पनी एनभिडियाको आम्दानी अघिल्लो त्रैमासिकको तुलनामा २० प्रतिशतले बढ्यो
TechnologyJust now

चिप निर्माता कम्पनी एनभिडियाको आम्दानी अघिल्लो त्रैमासिकको तुलनामा २० प्रतिशतले बढ्यो

चिप निर्माता कम्पनी एनभिडियाले मंगलबार सार्वजनिक गरेको आर्थिक विवरणअनुसार अक्टोबर २५ मा समाप्त भएको तीन महिनाको अवधिमा कम्पनीको आम्दानी १ खर्ब १५ अर्ब ८० करोड अमेरिकी डलर पुगेको छ। यो सन् २०२५ को तेस्रो त्रैमासिकको तुलनामा १०३ प्रतिशत र अघिल्लो त्रैमासिकको तुलनामा २० प्रतिशत बढी हो। यसअघि वालस्ट्रिटका विश्लेषकहरूले कम्पनीको आम्दानी १ खर्ब ९ अर्ब १० करोड डलरको हाराहारीमा रहने अनुमान ...

टेक्नोलोजी खबर
ग्रान्ड थेफ्ट अटो–६ सार्वजनिक, सुरुवाती समीक्षामा उत्कृष्ट प्रतिक्रिया
TechnologyJust now

ग्रान्ड थेफ्ट अटो–६ सार्वजनिक, सुरुवाती समीक्षामा उत्कृष्ट प्रतिक्रिया

१३ वर्षको प्रतीक्षापछि करिब एक अर्ब अमेरिकी डलर वा सोभन्दा बढी लागतमा तयार पारिएको बहुप्रतीक्षित भिडियो गेम ‘ग्रान्ड थेफ्ट अटो–६’ (जीटीए–६) बिहीबार विश्वभर सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै गेमले समीक्षक र प्रयोगकर्ताबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ। गेम समीक्षा गर्ने वेबसाइट मेटाक्रिटिकको सर्वकालीन उत्कृष्ट गेमको सूचीमा जीटीए–६ ले ९९ अंक प्राप्त गर्दै शीर्ष स्थानमा पुगेको छ। यो अंक यसअघि निन्टेन्डोको सन् १९९८ ...

टेक्नोलोजी खबर
स्टार्टअपमा सफल हुन मेहनतसँगै बजारको आवश्यकता बुझ्नुपर्छ : सुधन झा
TechnologyJust now

स्टार्टअपमा सफल हुन मेहनतसँगै बजारको आवश्यकता बुझ्नुपर्छ : सुधन झा

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य सुधन झाले स्टार्टअप सफल बनाउन लगनशीलता, अनुशासन र निरन्तर प्रयास आवश्यक रहेको बताएका छन् ।आइसिटी आइडिया फेस्ट २०२६ अन्तर्गत आयोजित स्टार्टअपसम्बन्धी कार्यक्रममा बोल्दै झाले स्टार्टअप सुरु गर्नु मात्र ठूलो कुरा नभई त्यसलाई सफल बनाउन निरन्तर मेहनत, स्पष्ट सोच र अनुशासन आवश्यक पर्ने बताएका हुन् ।उनले आफ्नो पुस्ताको तुलनामा अहिलेको युवा पुस्ता नयाँ काम गर्न ...

आइसिटी समाचार
आज स्टार्टअप फेस्टमा लगानी, नीति र उद्यमशीलताबारे विशेष बहस, १५ बढी आइडिया पिचिङ
TechnologyJust now

आज स्टार्टअप फेस्टमा लगानी, नीति र उद्यमशीलताबारे विशेष बहस, १५ बढी आइडिया पिचिङ

काठमाडौं । नेपालको स्टार्टअप इकोसिस्टमको विकास, लगानी विस्तार र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा जारी सातौँ स्टार्टअप फेस्टमा आज ‘स्टार्टअप कन्भर्सेसन्स २०२६’ आयोजना भइरहेको छ ।स्टार्टअप संस्थापक, लगानीकर्ता, उद्यमी तथा इकोसिस्टमका नेतृत्वकर्तालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना भइरहेको कार्यक्रममा मुख्य वक्ताका प्रस्तुति, सफल स्टार्टअपका अनुभव, अन्तरक्रियात्मक प्यानल छलफल तथा आइडिया पिचिङ समावेश छन् ।कार्यक्रमको सुरुवात बिहान १० बजे उद्घाटन मन्तव्य ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play