Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
Photo / Coverage: नेपालन्युज

म्याग्दी। मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित बनाएको छ। कालीगण्डकी र म्याग्दी नदी तथा तिनका सहायक खोलामा आएको बाढी पहिरोले सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाका बाँध, विद्युत् गृह, सुरुङ, प्रसारण लाइन र पहुँच मार्गमा क्षति पुर्‍याएको हो। विपद्का कारण केही आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने केहीको परीक्षण उत्पादन र निर्माण कार्य प्रभावित भएको छ। निर्माणाधीन आयोजनामा निर्माण सामग्री तथा उपकरण ढुवानी अवरुद्ध हुँदा कामको गति सुस्त भएको छ। यसले आयोजना सम्पन्न हुने अवधि लम्बिनुका साथै निर्माण लागत बढ्ने जोखिम बढाएको छ। कालीगण्डकी नदीको कटानले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारण लाइनका अन्नपूर्ण गाउँपालिका–१ दोबामा दुई वटा र रातोपानीमा एउटा टावर बगाएको छ। धिरच्याङको टावरमा आंशिक क्षति पुगेको छ भने तिप्ल्याङ क्षेत्रको अर्को टावर जोखिममा परेको छ। प्रसारण लाइन अवरुद्ध भएपछि उत्तरी म्याग्दीका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न समस्या भएको थियो। नेपाल विद्युत् प्राधिकरणको पोखरास्थित ग्रिड कार्यालयका प्रमुख रोशन खड्काका अनुसार भिरकाटेमा अस्थायी टावर निर्माण गरी करिब दुई किलोमिटर तार तानेर गत असोज ३१ गतेदेखि विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको थियो। क्षतिग्रस्त टावर र प्रसारण लाइनको स्थायी पुनर्निर्माण प्रक्रिया अघि बढाइएको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका घलेम्दीखोला, म्रिस्त्रीखोला, निलगिरी–१, नीलगिरी–२ र रेलेखोलाका साथै मुस्ताङको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिँदै आएको छ। बाढी पहिरोले अन्नपूर्ण गाउँपालिकाका दुई जलविद्युत् आयोजना बन्द भएका छन्। रेलेखर्क क्षेत्रबाट आएको बाढीले बाँधमा गेग्रान थुपारेपछि छ मेगावाट क्षमताको रेलेखोला आयोजना बन्द भएको आयोजनाका प्रतिनिधि होमनाथ पाण्डेले बताए। त्यस्तै, १४ मेगावाट क्षमताको घारखोला आयोजनाको विद्युत् गृह गत साउन २६ गतेको सुक्खा पहिरोले पुरिएको थियो। त्यसपछि गत असोजको बाढी पहिरोले बाँधमा थप क्षति पुर्‍याएको छ। विद्युतगृह पुरिँदा एक जनाको मृत्यु र एक जना घाइते भएका थिए। आयोजनाको पुनर्निर्माण तयारी भइरहेको र प्रारम्भिक अनुमानअनुसार रु एक अर्बभन्दा बढी क्षति भएको म्याग्दी हाइड्रोपावरका प्रशासन प्रमुख अनिल तिवारीले बताए। कालीगण्डकी बेसीनमा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ दशमलव तीन मेगावाटको मध्यकालीगण्डकी आयोजनाको निर्माण डेढ महिनादेखि प्रभावित भएको छ। कालीगण्डकी गर्जको मुस्ताङको घाँसास्थित थाप्लामा रहेको बाँध निर्माणस्थलमा बाढीले गेग्रान थुपारेपछि काम रोकिएको आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताए। मध्यकालीगण्डकी आयोजनाको सुकेबगरस्थित बाँध, सुरुङ, आवास, मेसिनरी, उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्करमा बाढीले क्षति पुर्‍याएको प्रवर्द्धक हाइड्रो सपोर्ट प्रालिको लगानीकर्ता आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो। बाढीले निर्माणस्थलको डाइभर्सन भत्काउनुका साथै नागढुङ्गा र रातोपानीका आवास भवन तथा नौलीबगरस्थित पहुँच मार्ग क्षति गरेको छ। रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत् गृह क्षेत्रमा कालीगण्डकी नदीको कटानले क्षति पुर्‍याउँदा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण अवधि लम्बिएको छ। टेलरेस गेट र स्वीचयार्ड नजिकको क्षेत्रमा क्षति पुग्नुका साथै विद्युत् गृहमा पानी पसेर डुबान भएको थियो। हाल २०/२० मेगावाट क्षमताका दुई युनिट आलोपालो सञ्चालन गरी परीक्षण उत्पादन भइरहेको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले बताए। म्याग्दीखोला बेसीनमा निर्माणाधीन आयोजनामा पनि पहुँच मार्ग र ढुवानीको समस्या देखिएको छ। घुमाउने, बालौटे, बाङ्गेपहिरो, इल्पु र शिवरात्रि खोलाको बाढी पहिरोले निर्माण सामग्री तथा उपकरण ढुवानी प्रभावित भएको अपर म्याग्दीखोला–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए। कूल ६० प्रतिशत भौतिक प्रगति भएको माथिल्लो म्याग्दी आयोजनाको निर्माणमा असर परेको छ। दरखोलालगायतका आयोजनाको सडकका विभिन्न स्थानमा पहिरो खस्दा निर्माण सामग्री ढुवानी गर्न समस्या भएको छ। यद्यपि, राहुघाट करिडोरका अपर राहुघाट, मङ्गले–चिमखोला–राहुघाट, अपर ठूलोखोला र ठूलोखोला जलविद्युत् आयोजनाको उत्पादन नियमित रहेको छ। बाढी पहिरोले जलविद्युत् आयोजनाका मुख्य संरचनासँगै प्रसारण लाइन, पहुँच मार्ग, निर्माण सामग्री भण्डारणस्थल र आवास संरचनासमेत जोखिममा रहेको देखाएको छ। जलविद्युत् क्षेत्रमा बढ्दो लगानीको सुरक्षा गर्न नदी कटान नियन्त्रण, सुरक्षित तटबन्ध, वैकल्पिक पहुँच मार्ग, प्रसारण टावरको संरक्षण र विपद् पूर्वतयारीलाई आयोजना निर्माण तथा सञ्चालनको अभिन्न अङ्ग बनाउनुपर्ने आवश्यकता देखिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस आज मनाइँदै
Latest NewsJust now

अन्तर्राष्ट्रिय विद्यार्थी दिवस आज मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस। विद्यार्थीहरुको योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ । १९३९ मा चेक रिपब्लिकको प्राग विश्वविद्यालयमा नाजी आक्रमणको सम्झनामा प्रत्येक वर्ष नोभेम्बर १७ मा अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाइन्छ, जसको परिणामस्वरूप विद्यार्थी नेताहरूलाई मृत्युदण्ड दिइएको थियो र विश्वविद्यालयहरू बन्द गरिएका थिए । आज, यो दिनले विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको बहुसांस्कृतिकता र योगदानलाई ...

कर्पोरट खबर
तरकारी पोहोरभन्दा सस्तो
Latest NewsJust now

तरकारी पोहोरभन्दा सस्तो

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर १ गते । पछिल्लो समयमा हरिया तरकारीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार २०८२ साल कात्तिक ३० गते र २०८३ कात्तिक... ...

गोरखापत्र
एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने
Latest NewsJust now

एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ। भोलि देखि सुरु हुने राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा पार्टीले आज स्थायी कमिटी बैठक बोलाएको हो । पार्टीका प्रचार तथा... ...

रातोपाटी
नोभेम्बर र डिसेम्बरमा किन धेरै उल्कापिण्डहरू देखिन्छन्?
Latest NewsJust now

नोभेम्बर र डिसेम्बरमा किन धेरै उल्कापिण्डहरू देखिन्छन्?

bjdlzx via Getty Images तारा हेर्ने र अन्तरिक्षबारे चासो राख्नेका लागि यो वर्षको अन्तिम महिनाहरू उत्कृष्ट छन्।अरियोनिड उल्कावृष्टि अक्टोबरमा भएको थियो र लियोनिड उल्कावृष्टि नोभेम्बर मध्यतिर हुने तय भएको छ।डिसेम्बर महिनामा ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play