Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

अन्तर्राष्ट्रिय विद्यार्थी दिवस आज मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस आज मनाइँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस। विद्यार्थीहरुको योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ । १९३९ मा चेक रिपब्लिकको प्राग विश्वविद्यालयमा नाजी आक्रमणको सम्झनामा प्रत्येक वर्ष नोभेम्बर १७ मा अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाइन्छ, जसको परिणामस्वरूप विद्यार्थी नेताहरूलाई मृत्युदण्ड दिइएको थियो र विश्वविद्यालयहरू बन्द गरिएका थिए । आज, यो दिनले विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको बहुसांस्कृतिकता र योगदानलाई सम्मान गर्दछ र उनीहरूको अध्ययन गर्ने र स्वतन्त्र रूपमा आफूलाई अभिव्यक्त गर्ने अधिकारको वकालत गर्दछ । हरेक वर्ष झै यसबर्ष अन्तर्राष्ट्रिय विद्यार्थी दिवस २०२६ को नारा ‘विद्यार्थी र राष्ट्र निर्माण : दिगो विकासका लागि ‘अराइज’ कार्यसूचीलाई अघि बढाउँदै’ भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाईँदै छ । विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठूला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरु भएका छन् । विद्यार्थीहरुको यही योगदानलाई स्मरण गर्दै नोभेम्बर १७ लाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउन थालिएको हो । तर, यसको अर्थ के होइन भने यसलाई राजनीतिक दिवसको सन्दर्भमा मात्र लिने गरिन्छ । यसलाई त बरु अहिले गैराराजनीतिक तथा बहुसाँस्कृतिका दिवसका रुपमा विश्वभरका विभिन्न विश्वविद्यालय तथा कलेजहरुले मनाउने गर्छन् । अन्तर्राष्ट्रिय विद्यार्थी दिवस किन मनाउन थालियो भन्नेबारे थोरै चर्चा गरौँ । त्यसो त अन्तर्राष्ट्रिय विद्यार्थी दिवस अन्य कुनै मितिमा केही विश्वविद्यालयहरुले मनाउने गरेका छन् । यो विशेषतः अन्तर्राष्ट्रिय विद्यार्थी पढाउने विश्वविद्यालयहरुले मनाउने गरेका छन् । The post अन्तर्राष्ट्रिय विद्यार्थी दिवस आज मनाइँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तरकारी पोहोरभन्दा सस्तो
Latest NewsJust now

तरकारी पोहोरभन्दा सस्तो

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर १ गते । पछिल्लो समयमा हरिया तरकारीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार २०८२ साल कात्तिक ३० गते र २०८३ कात्तिक... ...

गोरखापत्र
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
Latest NewsJust now

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

म्याग्दी। मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित बनाएको छ। कालीगण्डकी र म्याग्दी नदी तथा तिनका सहायक खोलामा आएको बाढी पहिरोले सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाका बाँध, विद्युत् गृह, सुरुङ, प्रसारण लाइन र पहुँच मार्गमा क्षति पुर्‍याएको हो। विपद्का कारण केही आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने केहीको परीक्षण उत्पादन र निर्माण कार्य प्रभावित भएको छ। ...

नेपालन्युज
एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने
Latest NewsJust now

एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ। भोलि देखि सुरु हुने राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा पार्टीले आज स्थायी कमिटी बैठक बोलाएको हो । पार्टीका प्रचार तथा... ...

रातोपाटी
नोभेम्बर र डिसेम्बरमा किन धेरै उल्कापिण्डहरू देखिन्छन्?
Latest NewsJust now

नोभेम्बर र डिसेम्बरमा किन धेरै उल्कापिण्डहरू देखिन्छन्?

bjdlzx via Getty Images तारा हेर्ने र अन्तरिक्षबारे चासो राख्नेका लागि यो वर्षको अन्तिम महिनाहरू उत्कृष्ट छन्।अरियोनिड उल्कावृष्टि अक्टोबरमा भएको थियो र लियोनिड उल्कावृष्टि नोभेम्बर मध्यतिर हुने तय भएको छ।डिसेम्बर महिनामा ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play