विपद् संकटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

बागलुङ। बागलुङका विपद् संकटग्रस्त स्थानीय तहलाई संघीय सरकारले पहिलो चरणमा रु दुई करोड अनुदान उपलब्ध गराएको छ। सरकारले गत असोज ११ गतेको बाढीपहिरोबाट धनजनको क्षति पुगेका पश्चिम बागलुङका छ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो। घोषणालगत्तै जिल्ला प्रशासन कार्यालयमा पहिलो चरणमा छ स्थानीय तहलाई रु दुई करोड राहत आएको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए। उक्त रकम संकटग्रस्त घोषणा गरिएको पालिकाको खातामा पठाइने छ। पालिकाले विपद्पछि तत्कालै गर्नुपर्ने सडक पुनः सञ्चालन, खानेपानी मर्मत, विद्यालयमा पठनपाठनको वातावरण बनाउने लगायतमा खर्च गर्न सक्ने प्रजिअ आचार्यले बताए। “विपद्पछि तत्कालै सम्पादन गर्नुपर्ने काममा पालिकामा रकम अभाव नहोस् भनेर आएको हो, निजी आवास पुनर्निर्माण, विद्यालय भवन निर्माण तथा सडक निर्माणका लागि आगामी दिनमा थप बजेट आउने छ। हाल प्राप्त भएको बजेट खानेपानी, शिक्षा, सडक जस्ता तत्कालै गर्नुपर्ने मर्मतलगायतका काममा खर्च गर्न सकिने छ,” उनले भने। अनुदानको रकमबाट विद्युत् सञ्चालनका लागि नहर मर्मत, खानेपानीको पाइप मर्मत, अवरुद्ध सडक खुलाउन र घरको छाना उडाएकालाई तत्कालै ओत लाग्ने व्यवस्था गर्न पालिकालाई भनिएको छ। जिल्लाको ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका र ढोरपाटन नगरपालिका सबै वडा र निसीखोला गाउँपालिकाका वडा नम्बर ४ र ६, तमानखोला गाउँपालिकाका वडा नम्बर २ र ४ वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका पालिकालाई रु ४० लाखका दरले र आंशिक रूपमा घोषणा गरिएको निसीखोला र तमानखोलालाई रु २० लाख बराबरको बजेट प्राप्त भएको छ। गत असोज ११ गतेको बाढीपहिरोमा परी बागलुङमा १३ जनाले ज्यान गुमाएका थिए। मृत्यु हुनेमा निसीखोला र तमानखोला गाउँपालिकाका पाँच/पाँच जना र ताराखोला गाउँपालिकाका तीन जना रहेका छन्। यस्तै बडिगाड गाउँपालिकामा हावाहुरीका कारण सयौँ घरको छाना उडाएको थियो भने गलकोट र ढोरपाटनमा सडक, विद्यालय र निजी आवासमा क्षति पुगेको थियो। सरकारले यी क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब प्रभावित क्षेत्रमा पुनरुत्थान, राहत वितरण र भौतिक संरचना पुनर्निर्माणको कामले गति लिने बागलुङका प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

राष्ट्रसंघका स्थायी प्रतिनिधि थापा र महासचिव गुटेरेसबीच भेटवार्ता
काठमाण्डु – संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। भेटमा राजदूत थापाले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको सिद्धान्तनिष्ठ नेतृत्व, बहुपक्षवादप्रतिको दृढ प्रतिबद्धता, र कोही पनि पछि नपरून् भन्ने संकल्पको प्रशंसा गरेका छन्। नेपालमा हालै गएको बाढी र प्राकृतिक विपद्पछि संयुक्त राष्ट्रसंघीय संयन्त्रले पुर्याएको सहयोगका लागि […] ...

समृद्धिमा राजनीतिक नेतृत्व
प्राविधिक ज्ञान भएका सांसद, कर्मचारी र उद्यमीले उत्पादन, उत्पादकत्व, निर्यात, उद्योग र रोजगारी बढाउन तथा सार्वजनिक लगानीलाई प्रतिफलमुखी बनाउन सक्छन् । उनीहरूले प्रमाणमा आधारित नीति... ...

एनपीएलमा आज : काठमाडौं र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज बिहीबार दुई खेल हुँदै छन्। आज जनकपुर बोल्टस र काठमाडौँ गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दै छन्। त्रिवि क्रिकेट मैदानमा पहिलो खेल जनकपुर र काठमाडौंबीच दिउँसो साढे १२ बजे सुरु हुनेछ। जारी एनपीएलमा काठमाडौँले पहिलो खेल खेल्न लागेको हो। जनकपुर भने यसअघि कर्णाली याक्ससँग हारेको टोली हो। यसपछि आजै साँझ ५ बजे ...

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा
चितवन । जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउनेहरू मर्कामा परेका छन् । सर्वोच्च अदालतको आदेशले गत साउन... ...


