Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

विपद् प्रभावितले अनुदानका लागि वडामार्फत आवेदन दिन सक्ने, परिवारलाई मासिक १५ हजारसम्म राहत

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् प्रभावितले अनुदानका लागि वडामार्फत आवेदन दिन सक्ने, परिवारलाई मासिक १५ हजारसम्म राहत
Photo / Coverage: जनताटाइम्स

काठमाडौँ, मङ्सिर १० । सरकारले विपद्बाट प्रभावित परिवारलाई अस्थायी आवास तथा राहत अनुदानका लागि सम्बन्धित वडा कार्यालयमार्फत आवेदन दिन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निजी आवास पूर्ण रूपमा क्षति भएका वा आंशिक क्षति भए पनि बस्न योग्य नरहेका परिवारलाई आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको हो। आवेदनमा परिवारका सबै सदस्यको नाम, थर, उमेर र लिङ्ग खुलाउनुपर्नेछ। साथै अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, एकल महिला, दीर्घरोगी, लोपोन्मुख जाति, भूमिहीन, दलित तथा यौनिक अल्पसङ्ख्यक सदस्यको विवरणसमेत स्पष्ट उल्लेख गर्नुपर्ने प्राधिकरणले जनाएको छ। सरकारले वैकल्पिक बसोबासको व्यवस्था नहुँदासम्म बढीमा ६ महिनाका लागि राहत रकम उपलब्ध गराउने योजना बनाएको छ। चार जनासम्म सदस्य भएको परिवारले प्रतिमहिना १५ हजार रुपैयाँ पाउनेछन्। पाँच जना वा सोभन्दा बढी सदस्य भएको परिवारले भने चार जनाभन्दा बढी प्रत्येक सदस्यका लागि थप दुई हजार रुपैयाँका दरले मासिक अनुदान प्राप्त गर्ने प्राधिकरणले जनाएको छ। विपद्का कारण तत्काल बैंक खाता खोल्न नसक्ने अवस्था भए आवश्यक व्यवस्था मिलाएर नगदसमेत वितरण गर्न सकिने प्राधिकरणले स्पष्ट पारेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?
Economy & BusinessJust now

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ...

आजको अर्थ
नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो
Economy & BusinessJust now

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

रूपन्देही । नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको यो सहमतिले भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालनमा देखिएको हवाई मार्गसम्बन्धी अवरोध हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको हो । सहमतिअनुसार काठमाडौँ–भैरहवा–लखनउ (बी–३४५) हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी […] ...

मकालु खबर
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
Economy & BusinessJust now

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । ...

आजको अर्थ
पारिश्रमिक विवाद चर्किएपछि भर्जिन अस्ट्रेलियाका कर्मचारी हडतालमा, चार प्रमुख विमानस्थलमा उडान प्रभावित हुने चेतावनी
Economy & BusinessJust now

पारिश्रमिक विवाद चर्किएपछि भर्जिन अस्ट्रेलियाका कर्मचारी हडतालमा, चार प्रमुख विमानस्थलमा उडान प्रभावित हुने चेतावनी

अस्ट्रेलिया । पारिश्रमिक र काम गर्ने सर्तसम्बन्धी विवाद चर्किएपछि अस्ट्रेलियाको हवाई सेवा कम्पनी भर्जिन अस्ट्रेलियाका कर्मचारीहरू हडतालमा उत्रिएका छन् । बिहीबार सिड्नी, मेलबर्न, ब्रिस्बेन र एडिलेडका प्रमुख विमानस्थलमा कर्मचारीले चरणबद्ध रूपमा काम रोकेपछि यात्रुहरूलाई सम्भावित ढिलाइ र उडान रद्द हुन सक्ने चेतावनी दिइएको छ । अस्ट्रेलियाली सेवा मजदुर सङ्घको प्रतिनिधित्वमा रहेका विम… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement