Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

विपद् पूर्व सूचना समुदायमैत्री बनाउन जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् पूर्व सूचना समुदायमैत्री बनाउन जोड
Photo / Coverage: नेपालन्युज

टर्कीए।बढ्दै गएको बहुप्रकोपको जोखिम न्यूनीकरण तथा मानवीय क्षति कम गर्न पूर्व सूचना प्रणालीलाई समावेशी, प्रभावकारी र समुदायमैत्री बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रको ३१औं सम्मेलन (कोप–३१) अन्तर्गत आज यहाँस्थित नेपाल पेभिलियनमा आयोजित ‘भोटेकोसीदेखि उत्थानशीलतासम्मः नेपालमा समावेशी बहुप्रकोप पूर्व सूचना प्रणालीको सुदृढीकरण’ विषयक छलफलमा सहभागी वक्ताले पूर्व सूचना प्रणालीको पहुँच, प्रविधि, संस्थागत समन्वय र वित्तीय स्रोत व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेतीले पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारले नीतिगत, संस्थागत तथा प्राविधिक तयारी अघि बढाएको जानकारी दिए। डा. उप्रेतीले हिमाली क्षेत्रमा तापक्रम, हिमनदी तथा अन्य प्राकृतिक प्रक्रियाको नियमित अनुगमन गर्न सक्ने बलियो प्रणाली आवश्यक रहेको बताए। ग्रामीणमुखी युवा अभियान नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले नेपालमा विपद्सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सरकारी संरचना रहे पनि समुदायस्तरमा सूचना पुर्‍याउने प्रणाली समावेशी र प्रभावकारी हुन नसकेको बताए। उनले गृह मन्त्रालयअन्तर्गत जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति र वडा तहका समितिलाई समुदायमा विपद्सम्बन्धी सूचना प्रवाह गर्ने जिम्मेवारी भए पनि मोबाइल सन्देशमा अत्यधिक निर्भरता रहेको बताए। कार्यक्रममा एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरका कार्यकारी निर्देशक अस्लम पेरवाल्जले नेपाल जस्तो भौगोलिक विविधता र उच्च विपद् जोखिम भएको मुलुकमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोत परिचालनको नयाँ ढाँचा आवश्यक रहेको बताए। उनले फिलिपिन्सको राष्ट्रिय आर्थिक तथा विकास प्राधिकरण (नेडा) ले अघि सारेको अनुकूलन वित्त परिचालनको अवधारणाबारे जानकारी दिँदै जोखिम मूल्याङ्कन, जोखिम नक्साङ्कन र स्थानीय समुदायसँगको परामर्शमा लगानी बढाउनु पर्ने बताए। प्राक्टिकल एक्सन बङ्गलादेशकी जलवायु तथा उत्थानशीलता प्रमुख तमान्नाह रहमानले बङ्गलादेशमा मोबाइल फोनमार्फत आवाजमा आधारित पूर्व सूचना प्रणाली प्रभावकारी भएको अनुभव सुनाइन्। उनले बङ्गलादेशमा ९८ प्रतिशत जनसंख्याको पहुँचमा मोबाइल फोन भए पनि स्मार्टफोन प्रयोग गर्नेको संख्या १६ प्रतिशत मात्र रहेकाले सबै समुदायसम्म सूचना पुर्‍याउन आवाजमा आधारित सन्देश प्रणाली विकास गरिएको बताइन्। बाढी पूर्वानुमान तथा पूर्व सूचना केन्द्रबाट प्राप्त प्राविधिक सूचनालाई सर्वसाधारणले बुझ्ने सरल भाषामा रूपान्तरण गरी करिब एक मिनेटको आवाज सन्देश बनाएर मोबाइलमार्फत समुदायमा पठाउने गरिएको उनले जानकारी दिइन्। ग्रामीणमुखी युवा अभियान नेपाल र प्राक्टिकल एक्सनको आयोजनामा भएको छलफलको सहजीकरण प्राक्टिकल एक्सनकी वरिष्ठ जलवायु उत्थानशीलता सल्लाहकार डेमेट इन्टेपेले गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
Latest NewsJust now

इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय

काठमाडाैँ। इरानबाट ज्यान मार्ने धम्की प्राप्त भएपछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आफ्नो सुरक्षालाई प्राथमिकता दिँदै वासिङ्टन क्षेत्रस्थित निजी निवास छाडेर अमेरिकी सैन्य बेसमा बसाइँ सरेका छन्। द न्युयोर्क टाइम्सले मंगलबार... ...

रातोपाटी
रोबोटको बढ्दो प्रयोगमा सिङ्गापुर
Latest NewsJust now

रोबोटको बढ्दो प्रयोगमा सिङ्गापुर

काठमाडाैँ । यातायात, विमानस्थल, आवासीय भवनदेखि सार्वजनिक सुरक्षा व्यवस्थासम्म रोबोटको प्रयोग विस्तार गर्दै सिङ्गापुरले स्वचालित प्रविधिलाई दैनिक जीवनको हिस्सा बनाउन थालेको छ। अनुसन्धान, विकास र व्यावसायिक प्रयोगमा सक्रिय ३०० भन्दा बढी... ...

रातोपाटी
५६ मोटरसाइकल र स्कुटर नियन्त्रणमा
Latest NewsJust now

५६ मोटरसाइकल र स्कुटर नियन्त्रणमा

काठमाडौं।प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ठूला आवाज निकाल्ने ५६ वटा दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतबाट खटिएको प्रहरी टोलीले आज ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल र चार वटा स्कुटर गरी ५६ वटा दुई पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको हो। चाडपर्वको समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले ...

नेपालन्युज
किन अचानक असिना पानी पर्‍यो, कहिलेबाट हुन्छ मौसममा सुधार
Latest NewsJust now

किन अचानक असिना पानी पर्‍यो, कहिलेबाट हुन्छ मौसममा सुधार

BBC/AshokDahal बुधवार बिहानसम्म घाम लागिरहेको काठमाण्डू उपत्यकासहित देशका कैयौँ स्थानमा मध्याह्नपछि कतै भेल बग्ने पानी त कतै असिना पानी पर्‍यो।भाइटीका लगाउन हिँडेका र लगाएर फर्कँदै गरेका कैयौँ मानिसहरू बीच बाटोमै केही ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play