विपत्तिमा परेकालाई सहयोग गरेर दशैँ मनाउन गगन थापाको आग्रह

काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय विपत्तिका कारण समस्यामा रहेका परिवारलाई सहयोग गर्दै विजयादशमी मनाउन सबैमा आग्रह गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले यस वर्षको दशैँ संवेदनशील परिस्थितिमा मनाउनुपरेको बताएका छन्। थापाले धेरै परिवार अहिले पीडा र कठिनाइमा रहेकाले चाडपर्वको खुसी सीमित नराखी अरूसँग पनि बाँड्नुपर्नेमा जोड दिएका छन्। विपत्तिमा परेका परिवारको पीडामा मलम लगाउन र अप्ठ्यारोमा परेकाहरूको सहारा बन्नुपर्ने उनको भनाइ छ। विजयादशमीले आफूभित्रका कमजोरीमाथि विजय प्राप्त गर्ने आत्मबल, अरूको दुःख बुझ्ने संवेदना र समाजमा आपसी सद्भाव बढाउने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
.jpg)
चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा मगर
अनिल पराजुलीहेटौँडा, कात्तिक ४ गते । बागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थाका साथै सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय पहिचानको धरोहर भ... ...

भारतमा जीवित प्रमाणित गर्न सरकारी कार्यालय धाउँदै मतदाता सूचीबाट नाम हटेका 'मृतक' व्यक्ति
जीवितै रहेका कामतालाई मृतक भन्दै मतदाता सूचीबाट हटाइयो । दैनिक झन्डै २५० भारु ज्याला कमाएर परिवार पाल्ने गरेका कामता अहिले निर्वाचन आयोगको उक्त गल्ती सच्याउन आफ्नो काम छाडेर दिल्लीका विभिन्न कार्यालयहरू धाइरहेका छन् ...

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने
विपत्ति र शोकका बीच मनाइँदै गरेको यस वर्षको दशैँले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्। ...

दसैं : परम्परा, दर्शन र समकालीन जीवन
दसैं विगतमा भएको कुनै विजयको स्मरण मात्र होइन, वर्तमानमा पनि धर्म, विवेक र आत्मसंयमको पक्षमा उभिने संकल्प दोहोर्याउने अवसर हो। ...


