Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

विन्डोज ११ को यो लुकेको मेनुले ट्रबलशूटिङमा समय बचाउन सक्छ, यसरी प्रयोग गर्नुहोस्

Share:WhatsAppFacebookX (Twitter)Telegram
विन्डोज ११ को यो लुकेको मेनुले ट्रबलशूटिङमा समय बचाउन सक्छ, यसरी प्रयोग गर्नुहोस्
Photo / Coverage: टेक्नोलोजी खबर

विन्डोज ११ मा कम्प्युटरका विभिन्न प्रक्रिया व्यवस्थापन गर्न, प्रणालीलाई राम्रोसँग सञ्चालन गर्न र सम्भावित त्रुटिहरू समाधान गर्न उपयोगी धेरै साना मेनुहरू छन्। तर आवश्यक सर्टकट की थाहा नहुँदा र कम्प्युटरका केही कम प्रयोग हुने सेटिङ कहाँ छन् भन्ने जानकारी नहुँदा समस्या हुन सक्छ। विन्डोज ११ व्यवस्थापन गर्न र अनावश्यक फिचर हटाउन सजिलो बनाउने एउटा लुकेको मेनु पनि छ, जसबारे धेरै प्रयोगकर्तालाई जानकारी नहुन सक्छ। इन्ग्याजेटका अनुसार यो मेनु ‘क्विक लिंक मेनु’ र ‘विन्डोज-एक्स मेनु’ नामले चिनिन्छ। विन्डोज र एक्स की थिचेर यो मेनु खोल्न सकिने भएकाले यसलाई विन्डोज-एक्स मेनु भनिएको हो। यी दुई की एकैपटक थिच्दा विभिन्न मेनु र विकल्पहरूको सूची खुल्छ। यसबाट एउटै स्थानमा कम्प्युटर व्यवस्थापनका धेरै विकल्पमा पहुँच पाउन सकिन्छ। क्विक लिंक मेनु कसरी खोल्ने? क्विक लिंक मेनु खोल्न विन्डोज र एक्स की एकैपटक थिचे पुग्छ। त्यसपछि स्क्रिनको बायाँ भागमा विन्डोज लोगो रहेको टास्कबारभन्दा ठीक माथि यो मेनु देखिन्छ। यसमा सामान्यतया स्टार्ट मेनु वा टास्कबारमा पाइने सेटिङ्स, फाइल एक्सप्लोरर, सर्च र कम्प्युटर बन्द गर्ने विकल्पजस्ता फिचर हुन्छन्। यसबाहेक सेटिङ्सभित्र लुकेका इन्स्टल गरिएका एप्स, सिस्टम, पावर अप्सन्स र नेटवर्क कनेक्सन्सजस्ता विकल्प पनि यहाँबाट खोल्न सकिन्छ। त्यस्तै, मोबिलिटी सेन्टर, इभेन्ट भ्युअर, डिस्क म्यानेजमेन्ट, कम्प्युटर म्यानेजमेन्ट र टास्क म्यानेजरजस्ता अन्य सर्टकटबाट खोल्नुपर्ने सुविधा पनि यसै मेनुमा उपलब्ध छन्। फाइल एक्सप्लोरर खोलेर एड्रेस बारमा %LOCALAPPDATA%\Microsoft\Windows\WinX टाइप गरी क्विक लिंक मेनुको स्वरूप परिवर्तन गर्न पनि सकिन्छ। यस स्थानमा रहेका तीनवटा फोल्डरमा मेनुमा देखिने सर्टकटहरू राखिएका हुन्छन्। ती सर्टकटलाई एक फोल्डरबाट अर्कोमा सारेर तिनको क्रम परिवर्तन गर्न सकिन्छ। सर्टकटको नाम परिवर्तन गरेर एपको नाम पनि बदल्न सकिन्छ। त्यस्तै, फाइल एक्सप्लोररको अन्य स्थानमा रहेका एपलाई यी फोल्डरमध्ये कुनै एउटामा तानेर राख्दै नयाँ सर्टकट थप्न सकिन्छ। क्विक लिंक मेनुका उपयोगी समस्या समाधान गर्ने टुल यस मेनुमा रहेका सेटिङ्सबाहेकका अन्य विकल्प विशेष उपयोगी छन्। विन्डोज-एक्स मेनु प्रयोग गर्दा धेरै सर्टकट की सम्झिरहनु पर्दैन र विभिन्न व्यवस्थापन टुलमा सजिलै पहुँच पाउन सकिन्छ। टास्क म्यानेजर यसको एउटा महत्त्वपूर्ण उदाहरण हो। यसले विन्डोजमा पृष्ठभूमिमा सञ्चालन भइरहेका प्रक्रियाहरूको निगरानी गर्न सहयोग गर्छ। टास्क म्यानेजरबाट प्रतिक्रिया नदिइरहेका प्रोग्राम बन्द गर्न सकिन्छ। यसको ‘प्रोसेसेस’ ट्याबबाट कम्प्युटरमा भइरहेका गतिविधि हेर्न, ‘स्टार्टअप’ ट्याबबाट कम्प्युटर खुल्दा स्वतः सञ्चालन हुने प्रक्रियाहरूको समीक्षा गर्न र आवश्यक नभएका तर धेरै स्रोतसाधन प्रयोग गर्ने प्रोग्राम बन्द गर्न सकिन्छ। त्यस्तै, इभेन्ट भ्युअरले पनि कम्प्युटरमा देखिने जटिल समस्याहरू पत्ता लगाउन सहयोग गर्छ। विशेषगरी यसमा रहेको विन्डोज मेमोरी डायग्नोस्टिक टुल उपयोगी हुन्छ। कम्प्युटर अचानक बन्द हुने, फाइल बिग्रिने वा हार्डवेयरमा समस्या भएको आशंका भएमा विन्डोज र एक्स मेनुबाट इभेन्ट भ्युअर खोल्न सकिन्छ। त्यसपछि विन्डोज लग्स> सिस्टम > फिल्टर करेन्ट लग मा गएर इभेन्ट सोर्सेज खण्डमा मेमोरीडायग्नोस्टिक-रिजल्ट्स छनोट गर्नुपर्छ। यसबाट कम्प्युटरको प्रणालीमा देखिएका समस्याबारे जानकारी प्राप्त गर्न सकिन्छ। डिस्क म्यानेजमेन्ट र मोबिलिटी सेन्टर पनि उत्तिकै उपयोगी छन्। डिस्क म्यानेजमेन्टले कम्प्युटरमा प्रयोग भइरहेका विभिन्न डिस्क पार्टिसनको अवस्था हेर्न सहयोग गर्छ। त्यस्तै, ल्यापटप प्रयोगकर्ताका लागि मोबिलिटी सेन्टर उपयोगी हुन्छ। यसबाट डिस्प्ले, किबोर्ड र वायरलेस सेटिङहरू व्यवस्थापन गर्न सकिन्छ। The post विन्डोज ११ को यो लुकेको मेनुले ट्रबलशूटिङमा समय बचाउन सक्छ, यसरी प्रयोग गर्नुहोस् appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा क्रिकेटसँगै आकर्षण बनेका आठ टोलीका मस्कट र तिनका विशेषता | NPL Mascots
TechnologyJust now

एनपीएलमा क्रिकेटसँगै आकर्षण बनेका आठ टोलीका मस्कट र तिनका विशेषता | NPL Mascots

१७ कात्तिक, काठमाडौं। एनपीएलमा क्रिकेटसँगै आकर्षण बन्दै आठ टोलीका मस्कट, कसको प्रतीक के ? नेपाल प्रिमियर लिग (NPL) २०२६ मा खेलको रोमाञ्चसँगै आठवटै फ्रेन्चाइज टोलीका मस्कटहरू (प्रतीक पात्र) दर्शकको मुख्य आकर्षण बनेका छन्। जनकपुर, काठमाडौं, चितवन, सुदूरपश्चिम, विराटनगर, कर्णाली, पोखरा र लुम्बिनीका मस्कटले कसरी स्थानीय संस्कृति र पहिचान झल्काइरहेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा […] The post ...

आइसिटी फ्रेम
दूरसञ्चार प्राधिकरणद्वारा फ्रिक्वेन्सी प्रयोगको अवस्थाबारे देशभरका १५ साइटमा स्थलगत अनुगमन
TechnologyJust now

दूरसञ्चार प्राधिकरणद्वारा फ्रिक्वेन्सी प्रयोगको अवस्थाबारे देशभरका १५ साइटमा स्थलगत अनुगमन

नेपाल दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्ष २०८२/८३ मा काठमाडौं सहित विभिन्न स्थानहरुमा छुट्टाछुट्टै सेलुलर फ्रिक्वेन्सी ब्याण्डहरुमा फ्रिक्वेन्सी प्रयोगको अवस्थाबारे स्थलगत अनुगमन गरेको छ। प्राधिकरणले मोबाइल रेडियो स्पेक्ट्रम मोनिटरिङ सिस्टम (एमआरएसएमएस) को प्रयोग गरी काडमाडौं, भक्तपुर, कास्की, र तनहुँ लगात विभिन्न स्थानमा अनुगमन गरेको प्राधिकरणले हालै जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार काठमाडौंको तीनचुली, बबरमहल, भद्रकाली, सुन्धारा, साँखु र दक्षिणकाली, ललितपुरको ...

टेक्नोलोजी खबर
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
TechnologyJust now

फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

१७ कात्तिक, काठमाडौं। फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा TM1 विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. (MAW Vridhi Commercial Vehicles Pvt. Ltd.) अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने उद्देश्यसहित ती पिकअप गाडीहरू हस्तान्तरण गरेको हो। ‘Together Towards Greener Future’ भन्ने नाराका साथ आयोजित हस्तान्तरण कार्यक्रमले […] The post ...

आइसिटी फ्रेम
नेपाल प्रिमियर लिग २०२६ को आधिकारिक राइड–हेलिङ पार्टनर बन्यो इनड्राइभ
TechnologyJust now

नेपाल प्रिमियर लिग २०२६ को आधिकारिक राइड–हेलिङ पार्टनर बन्यो इनड्राइभ

१७ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग २०२६ को आधिकारिक राइड–हेलिङ पार्टनर बन्यो इनड्राइभ इनड्राइभ नेपाल प्रिमियर लिग (NPL) २०२६ को तेस्रो संस्करणका लागि आधिकारिक राइड–हेलिङ पार्टनर बनेको छ। अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने प्रतियोगितामा नेपालीसमेत सम्पूर्ण क्रिकेटप्रेमीहरूका लागि पारदर्शी भाडामा यात्रा, त्रिवि मैदान परिसरमा निःशुल्क फ्यान सटल, र मैदानमै दैनिक आकर्षक उपहार तथा विशेष […] The post ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play