Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जा मन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जा मन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
Photo / Coverage: नेपालन्युज

पोखरा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरता लिनुपर्ने बताएको छ। नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् महसुल संकलन र ट्रान्सफर्मर जल्ने घटनामा आएको कमी सकारात्मक भए पनि चुहावट नियन्त्रण, पुराना संरचनाको स्तरोन्नति र सेवा प्रवाहमा थप सुधार आवश्यक रहेको बताए। मन्त्री श्रेष्ठले विद्युत् उत्पादन र आपूर्ति बढाउनु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उपभोक्ताले गुणस्तरीय, सुरक्षित र अविच्छिन्न विद्युत् सेवा पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने बताए। उनले चुहावट नियन्त्रण, पूर्वाधार स्तरोन्नति र विपद् प्रतिरोधी वितरण प्रणाली निर्माणमा प्राधिकरणका सबै तहले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए। प्राधिकरणले गण्डकी प्रदेशका ११ जिल्लामा ५ लाख ३५ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा १ अर्ब ५८ करोड ११ लाख रुपैयाँभन्दा बढी विद्युत् महसुल संकलन गरेको छ। यो लक्ष्यको ९९।१ प्रतिशत हो। त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा ट्रान्सफर्मर जल्ने घटनामा ७२।५ प्रतिशतभन्दा बढी कमी आएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा ३१३ वटा ट्रान्सफर्मर जलेकोमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ८६ वटा जलेका छन्। मन्त्री श्रेष्ठले यसलाई वितरण प्रणाली सुधारको सकारात्मक संकेतका रूपमा लिए। प्रदेशमा १३ वटा वितरण केन्द्र, ४ हजार ७९६ वितरण ट्रान्सफर्मर र २८ वटा ३३/११ केभी सबस्टेसनमार्फत विद्युत् सेवा प्रवाह भइरहेको छ। तर, विद्युत् चुहावट ६.७८ प्रतिशत छ, जुन चालु आर्थिक वर्षको ६.६५ प्रतिशत लक्ष्यभन्दा केही बढी हो। यसलाई निर्धारित सीमाभित्र ल्याउन प्रभावकारी कदम चाल्न उनले निर्देशन दिए। प्राकृतिक विपद्का कारण गण्डकी प्रदेशमा विद्युत् वितरण संरचनामा करिब ११ करोड १० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। बाढीपहिरोले ६८ किलोमिटर ३३ केभी लाइन, ७९ किलोमिटर ११ केभी लाइन, ६३ किलोमिटर एलटी लाइन, ७३१ वटा पोल र ५७ वटा ट्रान्सफर्मरमा क्षति पुर्‍याएको छ। क्षतिग्रस्त संरचनाको पुन:स्थापनाका लागि विशेष बजेट व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो। कार्यक्रममा मा नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख सुरज गौतमले कार्यालयको कार्यप्रगति, सेवा प्रवाहको अवस्था र आगामी दिनमा सुधार गर्नुपर्ने विषयबारे जानकारी गराएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजना अनुगमन
Latest NewsJust now

ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजना अनुगमन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत अनुगमन गरेका छन्। उनले आयोजनाको भौतिक प्रगतिलगायत समग्र विषयमा जानकारी लिएका थिए। मन्त्री श्रेष्ठसमक्ष आयोजना व्यवस्थापनका तर्फबाट हाससम्म ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको र आर्थिक वर्ष २०८५–८६ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी गराइएको ... ...

नेपालखबर
गण्डकीमा वितरण केन्द्र प्रमुखहरूलाई ऊर्जामन्त्रीको निर्देशन- विद्युत् खपत बढाउन लागिपर्नू
Latest NewsJust now

गण्डकीमा वितरण केन्द्र प्रमुखहरूलाई ऊर्जामन्त्रीको निर्देशन- विद्युत् खपत बढाउन लागिपर्नू

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न गण्डकी प्रदेशका वितरण केन्द्र प्रमुखहरूलाई निर्देशन दिएका छन्। नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् महसुल संकलन र ट्रान्सफर्मर जल्ने घटनामा आएको कमी सकारात्म... ...

नेपालखबर
डब्ल्यूडब्ल्यूई स्टार ब्रोनसन रिडको ३८ वर्षको उमेरमा निधन
Latest NewsJust now

डब्ल्यूडब्ल्यूई स्टार ब्रोनसन रिडको ३८ वर्षको उमेरमा निधन

काठमाडौं । विश्व चर्चित रेस्लिङ प्रतियोगिता वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्ल्यूडब्ल्यूई) का स्टार ब्रोनसन रिडको ३८ वर्षको उमेरमा निधन भएको छ। डब्ल्यूडब्ल्यूईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको जानकारी दिएको हो। रिडको वास्तविक नाम जर्मेन हेली थियो। डब्ल्यूडब्ल्यूईका अनुसार उनको निधन स्वास्थ्यसम्बन्धी जटिलताका कारण भएको हो। यद्यपि, कम्पनीले उनको निधनको थप विवरण सार्वजनिक गरेको छैन। ‘जर्मेन डब्ल्यूडब्ल्यूईमा ठूलो व्यक्तित्वका धनी थिए। ...

केन्द्रबिन्दु
धारा नेपालगञ्ज म्याराथजको उपाधि केन्याली धावक जुलियस मुरिकुकेले जिते
Latest NewsJust now

धारा नेपालगञ्ज म्याराथजको उपाधि केन्याली धावक जुलियस मुरिकुकेले जिते

शनिबार बिहान बीपी चोकबाट सुरु भएको ४२.१९५ किलोमिटर दूरीको म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै उनले पहिलो स्थान हासिल गरेका हुन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement