विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठानमा जनार्दन लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय अन्तरिम व्यवस्थापन समिति गठन

नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठानको कामकारबाही सञ्चालन गर्न पाँच सदस्यीय अन्तरिम व्यवस्थापन समिति गठन गरिएको छ। अध्यादेशको दफा ५३ मा रहेको संक्रमणकालीन व्यवस्थाबमोजिम डा. जनार्दन लामिछानेको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिका सदस्यहरूमा डा. गोपालबहादुर के.सी., डा. सुनिलकुमार सिंह, डा. बबिता पौडेल र डा. रेश्मा श्रेष्ठ रहेका छन्। अधिकतम तीन महिनाका लागि गठन गरिएको उक्त समितिले प्रज्ञा–प्रतिष्ठानको नियमावली निर्माण गर्ने, ११० सदस्यीय प्रज्ञा सभा गठन गर्ने तथा अध्यक्ष र उपाध्यक्ष नियुक्ति नभएसम्म प्रतिष्ठानको कामकारबाही सञ्चालन गर्ने जिम्मेवारी पाएको छ। The post विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठानमा जनार्दन लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय अन्तरिम व्यवस्थापन समिति गठन appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

समाचार कक्षबाटै सादा पोशाकका प्रहरीले पत्रकारहरुलाई नियन्त्रणमा लिएकोमा प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
प्रेस काउन्सिलले शुक्रबार कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारहरुलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पूर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि यसरी पत्रकारलाई नियन्त्रणमा लिइनु गम्भीर आपत्तिको विषय ...

अब ह्वाट्सएपमा फोटो र भिडियो खोज्न सजिलो हुने
ह्वाट्सएपले आईफोन प्रयोगकर्ताका लागि फोटो, भिडियो, लिंक तथा कागजातहरू सजिलै खोज्न सकिने नयाँ फिचर ल्याउने तयारी गरेको छ। ‘मिडिया हब नाम दिइएको यो फिचर गत वर्ष म्याक र वेब भर्जनमा प्रस्तुत गरिएको थियो। अब ह्वाट्सएपको आईओएसको पछिल्लो बिटा संस्करण २६.४२.१०.७४ मा देखिएको छ। जीएसएमएरेनालाई बी९२ ले यसबारे जानकारी दिएको हो। यो फिचर एपको सेटिङ्समार्फत प्रयोग गर्न सकिनेछ। यसले विभिन्न कुराकानीमा प्राप्त ...

आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृष्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डका रूपमा परिचित ‘आईसीटी अवार्ड’ को ११औं संस्करणको छनोट प्रक्रिया जारी रहेको छ। २०८३ साउनदेखि खुला गरिएको अवार्डको मनोनयन प्रक्रियामार्फत विभिन्न १६ विधामा ७०० भन्दा बढी अनलाइन प्राप्त भएका हुन्। यसैक्रममा ‘ट्र्याक ए’ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधामा प्राप्त मनोनयनबाट सेमिफाइनलिस्टहरू सार्वजनिक गरिएको छ। १४ जना विज्ञ जुरी सदस्य र १५ सदस्यीय विशिष्ट सल्लाहकार समिति रहेको आईसीटी ...


