विजयादशमीले सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत पुर्याउने मुख्यमन्त्री कार्कीको विश्वास

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमीले पारिवारिक आत्मियता र आपसी सम्मान अभिवृद्धि गरी सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन्। विजयादशमीका अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले असत्यमाथि सत्यको विजयको उत्सवका रुपमा लिइने आजको दिनले सत्यको मार्गमा आगाडि बढ्न प्रेरणा प्रदान गर्ने बताएका हुन्। उनले विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध नेपाली समाजमा बडा दसैँजस्ता पर्वहरुले आपसी सद्भाव, सहिष्णुता, प्रेम र एकताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको सन्देशमा उल्लेख गरेका छन्। ‘हाम्रा मौलिक चाडपर्व केवल धार्मिक तथा सांस्कृतिक आस्थाका प्रतीक मात्र होइनन्, सामाजिक एकता, राष्ट्रिय पहिचान र साझा नेपालीपनका आधार पनि हुन्,’ मुख्यमन्त्री कार्कीले भनेका छन्, ‘यस्ता पर्वले समाजमा सकारात्मक सोच, आपसी सहयोग र सहकार्यको भावना जागृत गर्दै सुखी, समुन्नत र समृद्ध समाज निर्माणका लागि हामी सबैलाई प्रेरित गर्दछन्।’
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
.jpg)
चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा मगर
अनिल पराजुलीहेटौँडा, कात्तिक ४ गते । बागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थाका साथै सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय पहिचानको धरोहर भ... ...

भारतमा जीवित प्रमाणित गर्न सरकारी कार्यालय धाउँदै मतदाता सूचीबाट नाम हटेका 'मृतक' व्यक्ति
जीवितै रहेका कामतालाई मृतक भन्दै मतदाता सूचीबाट हटाइयो । दैनिक झन्डै २५० भारु ज्याला कमाएर परिवार पाल्ने गरेका कामता अहिले निर्वाचन आयोगको उक्त गल्ती सच्याउन आफ्नो काम छाडेर दिल्लीका विभिन्न कार्यालयहरू धाइरहेका छन् ...

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने
विपत्ति र शोकका बीच मनाइँदै गरेको यस वर्षको दशैँले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्। ...

दसैं : परम्परा, दर्शन र समकालीन जीवन
दसैं विगतमा भएको कुनै विजयको स्मरण मात्र होइन, वर्तमानमा पनि धर्म, विवेक र आत्मसंयमको पक्षमा उभिने संकल्प दोहोर्याउने अवसर हो। ...


