विजयादशमीमा प्रधानमन्त्री बालेनको सन्देश- भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट बनौँ

प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिने उल्लेख गरेका छन्। पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको तथा भगवान् रामले रावणको अन्त्य गरेको दिनका रूपमा विजयादशमी मनाइने उनले बताएका छन्। प्रधानमन्त्री शाहले विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्ममा विजय प्राप्त गर्न प्रेरणा दिने बताएका छन्। टाढा रहेका मान्यजनलाई समेत भेटेर आशीर्वाद लिने यस परम्पराले पारिवारिक सम्बन्ध र आत्मीयतालाई थप सुदृढ बनाउने उनको भनाइ छ। उनले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरित गर्ने उल्लेख गरेका छन्। साथै, भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गरी प्रत्येक नागरिकलाई सरकार आफ्नो साथमा रहेको अनुभूति गराउन सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्। यस्ता विकृति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले परिवर्तनका लागि सोचसँगै व्यवहारमा पनि परिवर्तन गर्नुपर्ने बताएका छन्। विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने तथा लामो समयदेखि टाढिएका साथीभाइ र आफन्तसँग आत्मीयता साटासाट गर्ने अवसर प्रदान गर्ने उनले बताएका छन्। प्रधानमन्त्री शाहले सबैलाई आ–आफ्नो क्षमता र परिस्थितिअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आग्रह गरेका छन्।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

बंगलादेशका महेदी हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
४ कात्तिक, काठमाडौं । बंगलादेशका अलराउन्डर महेदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले बुधबार महेदीलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो। ३१ वर्षीय महेदी दायाँहाते ब्याटर र दायाँहाते अफ स्पिन बलर हुन्। उनी अहिले आईसीसी टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा आठौं स्थानमा छन्। महेदीले बंगलादेशका लागि ७८ टी–२०… ...

मनाइयो ब्रम्हायणी जात्रा, बालियो बत्ती (तस्वीरहरु)
व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै शरीरमा दियो बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसो गरेमा मनोकाक्षा पूरा हुने र पाप नष्ट हुने जनविश्वास छ । ...

सलमान खान थिए निशानामा, टाइगरलाई आक्रमण गर्नुअघि सलमानको घरको रेकी
बलिउड अभिनेता टाइगर श्रफमाथि भएको गोली प्रहारको घटनामा नयाँ खुलासा भएको छ । टाइगरमाथि गोली चलाउने आरोपितहरूले मुम्बई पुगेपछि अभिनेता सलमान खानको घर ‘ग्यालेक्सी अपार्टमेन्ट’को रेकी गरेका थिए । तर, सलमानको घरबाहिर कडा सुरक्षा व्यवस्था देखेपछि उनीहरूले आफ्नो योजना परिवर्तन गरेको स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ । सलमानलाई छाडेर टाइगरलाई बनाए निशाना समाचारअनुसार, टाइगरमाथि… ...



