Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विजयादशमीको टीका दिनभ लाउन मिल्ने

विजयादशमीको टीका दिनभ लाउन मिल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
विजयादशमीको टीका दिनभ लाउन मिल्ने

काठमाडौं। बडादसैँको मुख्य दिन आज विजया दशमीका अवसरमा मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम सुरु भएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान १०:२६ बजेको समयलाई टीका लगाउने उत्तम साइतका रूपमा सार्वजनिक गरेको थियो। समितिका अनुसार विजया दशमी आफैँमा शुभ दिन भएकाले टीका ग्रहण गर्न दिनभर नै साइत जुर्नेछ। साइत खोज्नेहरूका लागि मात्र बिहानको समय तोकिएको हो। बिहान ८:४९ बजे दुर्गा विसर्जन गरेपछि सर्वसाधारणले टीका लगाउन थालेका छन्। घटस्थापनाका दिन राखिएको पूर्ण कलशको जलले अभिषेक गरेपछि मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ। टीका लगाउन टाढा जानुपर्नेहरूले दुर्गा विसर्जनलगत्तै टीका सुरु गरेका थिए। टीका ग्रहण गरेपछि धेरै सर्वसाधारण काठमाडौँ बाहिर जाने क्रम पनि देखिएको छ। यससँगै काठमाडौँबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालनमा रहेका छन्। विजया दशमीदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
ताजा खबरJust now

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

काठमाडौं । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दसैँको टीका लगाउन पाउँदैनन् । कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट बञ्चित हुने गरेका छन् । कतिपय नागरिक भने स्वदेशमै रहेर पनि सेवा अवरुद्ध गर्न नहुने भएकाले परिवारका साथमा बसेर दसैँ मनाउन पाएका हुँदैनन् । स्वास्थ्य, सुरक्षालगायत अत्यावश्यक वस्तुको सेवा प्रवाह गर्नेहरु यसरी बडादसैँको टीका ...

केन्द्रबिन्दु
एआईले खोल्दैछ इतिहासका पुराना रहस्य
ताजा खबरJust now

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

टोकियो।दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता लगाउने काम अब विद्वान् र अनुभवी संकेतविदमा मात्र सीमित नरहेको देखाएको छ। सन् १८०९ मा फ्रान्सेली सेनाका एक जनरललाई पठाइएको उक्त सन्देशमा प्रतीक, संख्या र अक्षर प्रयोग गरिएका दुई दर्जन पंक्ति थिए। अनलाइन ...

नेपालन्युज
उपेन्द्रमान सिंह: गोल पोस्टदेखि नेपाली फुटबलको सङ्कटका साक्षी
ताजा खबरJust now

उपेन्द्रमान सिंह: गोल पोस्टदेखि नेपाली फुटबलको सङ्कटका साक्षी

काठमाडौँ । उपेन्द्रमान सिंह भन्ने बित्तिकै पुरानो दशरथ रङ्गशाला, भरिभराउ दर्शक र निर्णायक क्षणमा रोकिएका गोल जो कोहीको पनि सम्झनामा आउँछ । आज उनी कहाँ छन् के गर्दै छन् धेरैलाई... ...

रातोपाटी
दसैँको टीका निधारमा, आँसु लुकाउँदै बैदेसिक यात्रामा नेपाली (तस्बिरहरू)
ताजा खबरJust now

दसैँको टीका निधारमा, आँसु लुकाउँदै बैदेसिक यात्रामा नेपाली (तस्बिरहरू)

काठमाडौँ। नेपालीहरूको महान् चाड विजया दशमीको दिन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेसिने नेपालीहरूको चहलपहल देखिएको छ। निधारमा रातो टीका र शिरमा जमरा लगाएर आफ्नो उज्ज्वल भविष्यको खोजीमा नेपालीहरू बिदेसिएका छन्। घरपरिवार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play