Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/वाल स्ट्रिट जर्नलमाथिको ट्रम्पको मानहानि मुद्दा खारेज, न्यायाधीशले भने- दलिल निराधार

वाल स्ट्रिट जर्नलमाथिको ट्रम्पको मानहानि मुद्दा खारेज, न्यायाधीशले भने- दलिल निराधार

Share:WhatsAppFacebookX (Twitter)Telegram
वाल स्ट्रिट जर्नलमाथिको ट्रम्पको मानहानि मुद्दा खारेज, न्यायाधीशले भने- दलिल निराधार

काठमाडौं । अमेरिकाको एक अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नल पत्रिका र यसका मालिक रुपर्ट मर्डकविरुद्ध हालेको अर्बौं डलरको मानहानि मुद्दा खारेज गरिदिएको छ। उक्त पत्रिकाले एक रिपोर्टमा ट्रम्पको सम्बन्ध बदनाम धनाढ्य व्यापारी जेफ्री एप्स्टिनसँग रहेको दाबी गरेको थियो। रिपोर्टका अनुसार, सन् २००३ मा एप्स्टिनको ५०औँ जन्मदिनको एउटा एल्बममा एउटा चिठी फेला परेको थियो, जसमा ट्रम्पको नाम लेखिएको थियो। उक्त चिठीमा एक निर्वस्त्र महिलाको स्केच कोरिएको थियो र अन्त्यमा जन्मदिनको शुभकामना दिइएको थियो। ट्रम्पले यसलाई झुटो भएको दाबी गर्दै आफूले त्यस्तो कुनै चिठी नलेखेको र यसले आफ्नो छविमा भारी नोक्सान पुर्‍याएको बताएका थिए। तर, मियामीका न्यायाधीश ड्यारिन गेल्सले यो मुद्दा रद्द गरिदिएका छन्। ट्रम्पले पत्रिकाले जानीजानी वा दुर्भावनापूर्ण तरिकाले उक्त समाचार छापेको थियो भनेर प्रमाणित गर्न नसेकको न्यायाधीशले तर्क गरेका छन् । उनका अनुसार, उनका दलीलहरू निराधार थिए। न्यायाधीशले यो पनि भने कि ट्रम्प जबरजस्ती पत्रिकाको खोजबिनमा कमीकमजोरी निकाल्ने प्रयास गरिरहेका थिए। अदालतले यो फैसला स्थायी रूपमा सुनाएको हो, जसको अर्थ अब ट्रम्पले यस मामिलालाई फेरि अदालतमा लैजान पाउने छैनन्। जेफ्री एप्स्टिन न्युयोर्कका करोडपति फाइनान्सर थिए। उनको ठूला नेता र सेलिब्रेटीहरूसँग मित्रता थियो। सन् २००५ मा उनीमाथि नाबालिग बालिकासँग यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। सन् २००८ मा उनलाई नाबालिगसँग यौनसम्पर्कको माग गरेकोमा दोषी ठहर गरिएको थियो। त्यसपछि उनलाई १३ महिनाको जेल सजाय भएको थियो। सन् २०१९ मा जेफ्रीलाई सेक्स ट्राफिकिङको आरोपमा पक्राउ गरिएको थियो। तर, मुद्दाको सुनुवाइ हुनुअघि नै उनले जेलमा आत्महत्या गरेका थिए। उनकी पार्टनर घिस्लेन म्याक्सवेललाई सन् २०२१ मा उनलाई सहयोग गरेको आरोपमा दोषी ठहर गरिएको थियो। हाल उनी २० वर्षको जेल सजाय काटिरहेकी छन्। (एजेन्सीहरूको सहयोगमा)

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

जर्मनी घुम्न जाँदै हुनुहुन्छ ? बिल तिर्दा यस्तो चलन नबिर्सनुहोस् !
ताजा खबरJust now

जर्मनी घुम्न जाँदै हुनुहुन्छ ? बिल तिर्दा यस्तो चलन नबिर्सनुहोस् !

• जर्मनीमा साथीहरूसँग रेस्टुरेन्ट वा बारमा खानपिन गर्दा प्रत्येक व्यक्तिले आफ्नो बिल आफैँ तिर्ने चलन प्रचलित छ। • यो परम्परा निष्पक्षता र आर्थिक हिसाबमा स्पष्टता कायम राख्ने चाहनाका कारणले हो। • जर्मनी भ्रमण गर्ने विदेशीहरूले पनि आफ्नो खर्च आफैँ तिर्ने अपेक्षा गर्नु उपयुक्त मानिन्छ। ...

नेपालबहस
रास्वपाले अघि बढाउन खोजेको महाभियोग : पदमुक्तसम्म कसरी अगाडि बढ्छ प्रक्रिया ?
ताजा खबरJust now

रास्वपाले अघि बढाउन खोजेको महाभियोग : पदमुक्तसम्म कसरी अगाडि बढ्छ प्रक्रिया ?

काठमाडौँ । एकल बुहमतको सरकार चलाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले शनिबार न्यायालयभित्रका विकृतिलाई संसद्बाट विधिसम्मत तवरले निरुपण गर्न निर्णायक कदम चाल्न पार्टीको संसदीय दललाई निर्देशन दिएको छ । बैठकपछि... ...

रातोपाटी
प्राचीन शास्त्रको कर-नीति र आजको नेपाल
ताजा खबरJust now

प्राचीन शास्त्रको कर-नीति र आजको नेपाल

चालु आर्थिक वर्ष २०८३/८४ मा सरकारले १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। असोज ७ सम्म २ खर्ब २ अर्ब ७२ करोड रुपैयाँ उठिसकेको छ, जुन गत वर्षको सोही अवधिभन्दा १५.४ प्रतिशत बढी हो। गत वर्षको अनुभव भने सजिलो थिएन। आर्थिक वर्ष २०८२/८३ मा सरकारले लक्ष्यको करिब ८४ प्रतिशत मात्र राजस्व उठायो, र पुँजीगत खर्च लक्ष्यको आधा ...

टक्सार
नेपालमा पहिलोपटक ‘बीसाइड्स’ साइबर सुरक्षा सम्मेलन हुँदै
ताजा खबरJust now

नेपालमा पहिलोपटक ‘बीसाइड्स’ साइबर सुरक्षा सम्मेलन हुँदै

नेपालमा पहिलोपटक साइबर सुरक्षा सम्मेलन ‘बीसाइड्स काठमाडौँ २०२६’ आयोजना हुने भएको छ। सम्मेलन आगामी नोभेम्बर २१ मा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म काठमाडौँको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलमा सम्मेलन आयोजना गरिने भएको हो। साइबर सुरक्षाको क्षेत्रमा काम गरिरहेका विज्ञ, अनुसन्धानकर्ता र यस क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको सामुदायिक प... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play