Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

वाम एकताको अलमल

Share:WhatsAppFacebookX (Twitter)Telegram
वाम एकताको अलमल
Photo / Coverage: नेपालन्युज

नेपाली कम्युनिष्ट राजनीतिमा एकताको चर्चा नयाँ होइन। फुटेपछि एक हुने, मिलेपछि शक्ति बाँडफाँटमा विवाद गर्ने र सत्ताको समीकरण बदलिँदा फेरि अलग हुने प्रवृत्तिले कम्युनिष्ट आन्दोलनको लामो इतिहास निर्माण गरेको छ। कुनै समय एउटै पार्टीको अध्यक्ष र प्रधानमन्त्री बनेर झन्डै दुईतिहाइको जनमतसहित मुलुकको शासन चलाएका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले फेरि एकताको सम्भावना खोजिरहेका छन्। तर यसपटक उनीहरूका अगाडि विगतको जस्तो सहज राजनीतिक परिस्थिति छैन। सत्ता गुमेको छ, जनमत खुम्चिएको छ, नयाँ राजनीतिक शक्तिले पुराना दलहरूको आधार भत्काएको छ र आफ्नै पार्टीभित्र नेतृत्वको विकल्प खोज्ने आवाज चर्किएको छ। दशकौँदेखि राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्दै आएका कम्युनिष्ट शक्तिहरूका लागि यो सामान्य चुनावी पराजय थिएन। यो उनीहरूको राजनीतिक प्रभाव, नेतृत्व र संगठनप्रतिको जनविश्वासमा आएको गिरावटको संकेत थियो। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनले नेपाली कम्युनिष्ट राजनीतिलाई गम्भीर धक्का दियो। एमाले र नेपाली कम्युनिष्ट पार्टी दुवै कमजोर संसदीय शक्तिमा खुम्चिए। एमालेले प्रत्यक्षतर्फ नौ र समानुपातिकतर्फ १६ गरी २५ सिट प्राप्त गर्‍यो। नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ नौ गरी १७ सिटमा चित्त बुझाउनुपर्‍यो। दुई दलको कुल संसदीय उपस्थिति ४२ सिटमा सीमित भयो। दशकौँदेखि राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्दै आएका कम्युनिष्ट शक्तिहरूका लागि यो सामान्य चुनावी पराजय थिएन। यो उनीहरूको राजनीतिक प्रभाव, नेतृत्व र संगठनप्रतिको जनविश्वासमा आएको गिरावटको संकेत थियो। निर्वाचनको परिणामपछि दुवै दलमा आत्मसमीक्षा र पुनर्गठनको बहस चल्नुपर्ने थियो। तर त्यससँगै चुनावी सहकार्य र वाम एकताको चर्चा पनि सुरु भयो। एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूबीच संवाद बाक्लियो। प्रदेश सरकार सञ्चालनमा सहकार्यको समझदारी बन्यो। स्थानीय तह र प्रदेशसभा निर्वाचनमा मिलेर जाने प्रस्ताव अघि आयो। प्रचण्डले सार्वजनिक रूपमै चुनावी तालमेलको नीतिगत निर्णय भएको बताए। ओलीले पनि राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने र सहकार्यको पहल एमालेले गर्ने अभिव्यक्ति दिए। तर सहकार्यको भाषाभित्र एकताको स्पष्ट खाका देखिएको छैन। चुनावी तालमेल गर्ने कि पार्टी नै एकीकरण गर्ने भन्ने प्रश्नसँगै नेतृत्व कसले गर्ने भन्ने विवाद जोडिएको छ। ओली आफ्नै पार्टीभित्र नेतृत्व पुनर्गठनको दबाबमा छन्। महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरूले पार्टीको भविष्यका लागि नेतृत्व हस्तान्तरण र पुस्तान्तरण आवश्यक रहेको बहस अघि बढाएका छन्। प्रचण्ड भने कम्युनिष्ट शक्तिहरूलाई एउटै केन्द्रमा ल्याउने अभियानको नेतृत्व गर्न चाहन्छन्। एमालेभित्र ओलीको विकल्प खोज्ने र नेकपाभित्र प्रचण्डको नेतृत्व कायम राख्ने राजनीतिक गणितबीच साझा नेतृत्वको मोडेल तयार हुन सकेको छैन। यहीँनेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाम पनि चर्चामा आउँछ। एमालेको सक्रिय राजनीतिमा फर्किएकी भण्डारीलाई पार्टीको भावी नेतृत्व र वामपन्थी सहकार्यको सम्भावित सेतुका रूपमा हेरिएको छ। पहिलो पुस्ताका नेताहरूलाई अभिभावकीय भूमिकामा राखेर उनलाई संक्रमणकालीन संयोजक बनाउने विकल्पबारे पनि चर्चा छ। तर यो औपचारिक सहमति होइन। ओली, प्रचण्ड, भण्डारी र दुवै पार्टीका दोस्रो तहका नेताहरूको राजनीतिक स्वार्थ एउटै संरचनामा कसरी मिलाउने भन्ने प्रश्न अझै अनुत्तरित छ। ओली र प्रचण्डबीचको निकटता राजनीतिक पुनर्गठनको सुरुवात हो कि चुनावी पराजयबाट जोगिने रणनीति मात्र? पछिल्लो समय सार्वजनिक भएका राजनीतिक अभिव्यक्तिले एकताको आवश्यकताभन्दा बढी नेतृत्व र पुनर्गठनको विवाद उजागर गरेका छन्। एमाले महासचिव पोखरेलले तालमेललाई सकारात्मक भने पनि औपचारिक निष्कर्षमा पुगिनसकेको बताएका छन्। नेकपाका नेता वर्षमान पुनले एमालेका कार्यकर्तामा सहकार्यका लागि बढी छटपटी देखिएको बताएका छन्। नेकपाका नेता युवराज चौलागाईंले बाह्य प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न तालमेल आवश्यक भएको बताएका छन्। एमाले नेतृ रचना खड्काले भने यथास्थितिमा गरिने एकताले कार्यकर्तामा ऊर्जा र जनतामा विश्वास नजगाउने चेतावनी दिएकी छन्। राजनीतिशास्त्री कृष्ण पोखरेलको विश्लेषणले भण्डारीको सक्रिय राजनीतिलाई पनि नेतृत्व परिवर्तन र वाम एकताको सर्तसँग जोडेको छ। उनको विचारमा ओलीको योजनामा सीमित भएर अघि बढ्ने हो भने भण्डारीको सक्रिय राजनीतिको खास अर्थ रहँदैन। एमालेको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण र वाम एकताका लागि भूमिका खेलेमा मात्र उनको राजनीतिक सक्रियताको महत्त्व स्थापित हुन सक्छ। अर्कोतर्फ राजनीतिक विश्लेषक राजेन्द्र महर्जनले प्रदेश सरकारमा गरिएको सहकार्यलाई वामपन्थी विचार र कार्यक्रमभन्दा सत्ताको बाँडफाँटसँग जोडेर प्रश्न उठाएका छन्। उनका अनुसार एकता वा सहकार्यको नाम दिँदैमा त्यसले स्वतः वामपन्थी राजनीतिक चरित्र स्थापित गर्दैन। यसले अहिलेको बहसलाई थप अर्थपूर्ण बनाएको छ। ओली र प्रचण्डबीचको निकटता राजनीतिक पुनर्गठनको सुरुवात हो कि चुनावी पराजयबाट जोगिने रणनीति मात्र? उनीहरू पार्टी एकतामा पुग्न चाहन्छन् कि एकताको चर्चा गरेर आफ्नै नेतृत्वमाथि उठेको प्रश्नलाई केही समयका लागि पन्छाउन खोजिरहेका छन्? वाम एकताको अहिलेको अलमल यिनै प्रश्नको वरिपरि घुमिरहेको छ। चुनावी धक्काले बदलिएको समीकरण २०८२ फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनले पुराना राजनीतिक दलहरूको शक्ति सन्तुलन नै बदलिदियो। राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको असाधारण जनमतले नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीजस्ता परम्परागत दलहरूलाई रक्षात्मक अवस्थामा पुर्‍यायो। निर्वाचनको परिणामले केवल सिट संख्या घटाएको थिएन, मतदाताको राजनीतिक प्राथमिकता पनि परिवर्तन भएको संकेत गरेको थियो। दुवै पार्टीका लागि अबको चुनौती संसद्‍मा उपस्थिति बढाउनु मात्र होइन, आफ्नो परम्परागत मतदाता किन टाढिए भन्ने प्रश्नको जवाफ खोज्नु पनि हो। एमालेका लागि यो परिणाम विशेष रूपमा पीडादायी थियो। संगठनात्मक रूपमा देशव्यापी उपस्थिति, लामो राजनीतिक इतिहास र बलियो कार्यकर्ता संरचना भएको पार्टीले अपेक्षित जनमत प्राप्त गर्न सकेन। नेपाली कम्युनिष्ट पार्टीको अवस्था पनि उत्साहजनक रहेन। माओवादी आन्दोलनको ऐतिहासिक आधार, पूर्वमाओवादी समूहको संगठन र एकीकृत समाजवादीसहितका घटकको राजनीतिक अनुभवले पनि चुनावमा उल्लेखनीय परिणाम दिन सकेन। दुवै पार्टीका लागि अबको चुनौती संसद्मा उपस्थिति बढाउनु मात्र होइन, आफ्नो परम्परागत मतदाता किन टाढिए भन्ने प्रश्नको जवाफ खोज्नु पनि हो। निर्वाचनमा देखिएको परिणामले कम्युनिष्ट दलहरूबीचको विभाजनलाई मात्र दोष दिएर उम्किन नसकिने अवस्था सिर्जना गरेको छ। नेतृत्वको कार्यशैली, सरकार सञ्चालनको अनुभव, भ्रष्टाचार र सुशासनसम्बन्धी प्रश्न, युवापुस्तासँगको सम्बन्ध तथा राजनीतिक दलप्रतिको निराशा पनि पराजयका कारणसँग जोडिएका छन्। तर चुनावी परिणामको तत्कालीन राजनीतिक अर्थ भने फरक देखिएको छ। दुवै दलले एक्लाएक्लै निर्वाचनमा जाँदा थप कमजोर हुन सक्ने आकलन गरेका छन्। एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच चुनावी सहकार्य भएको भए कति सिट थपिन सक्थ्यो भन्ने विषयमा एमालेभित्र अध्ययनसमेत भएको छ। उक्त आन्तरिक अध्ययनअनुसार दुवै पार्टीबीच तालमेल भएको भए थप २४ सिट जित्ने सम्भावना थियो। एमाले र नेकपाले १२–१२ सिट थप्न सक्ने अनुमान गरिएको थियो। यसले संसदीय शक्ति सन्तुलनमा उल्लेखनीय फरक पार्ने आकलन गरिएको छ। ओलीले सहकार्यको नेतृत्व एमालेले गर्ने बताएका कारण यसको राजनीतिक सन्देश पनि स्पष्ट थियो। एमालेले आफ्नो संगठनात्मक आकार र विगतको राजनीतिक हैसियतलाई आधार बनाएर सहकार्यको नेतृत्व लिन चाहन्छ। यो अध्ययनले दुवै दलका नेताहरूलाई चुनावी तालमेलको अंकगणित बुझाएको छ। एक्लाएक्लै प्रतिस्पर्धा गर्दा एकअर्काको मत काटिने, विपक्षीलाई फाइदा पुग्ने र आफ्नो संगठनात्मक प्रभाव भएका क्षेत्रसमेत गुम्ने जोखिम छ। त्यसैले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा सहकार्य गर्ने विषय दुवै पक्षका लागि व्यावहारिक विकल्प बनेको छ। एमाले अध्यक्ष ओलीले मंसिर २ र ३ गते आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा अन्य राजनीतिक दलसँग सहकार्यको पहल एमालेले गर्ने बताएका थिए। उनले भनेका थिए, “राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ, एकजुट भएर बढ्नुपर्छ।” यो अभिव्यक्तिले एमाले चुनावी सहकार्यको पक्षमा रहेको संकेत गरेको थियो। तर ओलीले सहकार्यको नेतृत्व एमालेले गर्ने बताएका कारण यसको राजनीतिक सन्देश पनि स्पष्ट थियो। एमालेले आफ्नो संगठनात्मक आकार र विगतको राजनीतिक हैसियतलाई आधार बनाएर सहकार्यको नेतृत्व लिन चाहन्छ। प्रचण्डले पनि गोरखामा आयोजित कार्यक्रममा आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा मिलेर लड्ने नीतिगत निर्णय भएको बताएका थिए। उनको भनाइ थियो, “हाम्रो कोसिस छ- सहकार्य मात्र होइन, पार्टी नै एउटै बनाएर कम्युनिस्ट आन्दोलन र स्वाधीनताको रक्षा तथा समाजवादको दिशामा अघि बढ्नका लागि कम्युनिस्टहरू एउटै केन्द्रमा आउनुपर्छ।” प्रचण्डले नीतिगत निर्णय भइसकेको बताइरहेका बेला एमाले महासचिवले भने औपचारिक निष्कर्षमा पुग्न बाँकी रहेको जनाएका छन्। यसले दुई दलको नेतृत्वबीच सहकार्यको चाहना भए पनि त्यसको राजनीतिक र संगठनात्मक कार्यान्वयनमा एकरूपता नरहेको देखाउँछ। प्रचण्डको अभिव्यक्ति ओलीको भन्दा एक कदम अगाडि देखिन्छ। ओलीले राजनीतिक दलहरूबीच सहकार्यको कुरा गर्दा प्रचण्डले पार्टी एकतासम्मको लक्ष्य सार्वजनिक गरेका छन्। तर उनको चाहना र एमालेको संस्थागत निर्णयबीच अझै दूरी छ। प्रचण्डले ओलीलाई एकताको कुरा बुझाउन सजिलो नभएको स्वीकार गर्दै भनेका छन्, “केपी ओलीजीलाई कुरा बुझाउन सजिलो त भइराखेको छैन तर पनि हामी सहकार्य र एकता गरेर जानुपर्छ।” यो अभिव्यक्तिले एकताको प्रयासमा ओलीको सहमति निर्णायक रहेको र प्रचण्डले त्यसका लागि राजनीतिक वातावरण बनाउन खोजिरहेको देखाउँछ। यसबीच एमाले महासचिव शंकर पोखरेलले चुनावी तालमेललाई सकारात्मक रूपमा हेरे पनि निर्णय भइसकेको अवस्था नरहेको स्पष्ट पारेका छन्। दाङको तुलसीपुरमा आयोजित पत्रकार भेटघाटमा उनले नेपाली कम्युनिष्ट पार्टी पहिले एमालेबाहिरका शक्तिसँग तालमेलमा जोड दिने गरेको तर अहिले वामपन्थीबीच तालमेलको पक्षमा आएको बताए। उनको भनाइ थियो, “पहिलेदेखि नै स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सक्ने नीतिकै पक्षमा रहँदै आएका छौँ। त्यसका आधारमा तालमेल हुन सक्छ, तर के गर्ने भन्नेमा हामी छलफल गरेर निष्कर्षमा पुगेका छैनौँ।” पोखरेलको यो अभिव्यक्ति महत्त्वपूर्ण छ। किनभने प्रचण्डले नीतिगत निर्णय भइसकेको बताइरहेका बेला एमाले महासचिवले भने औपचारिक निष्कर्षमा पुग्न बाँकी रहेको जनाएका छन्। यसले दुई दलको नेतृत्वबीच सहकार्यको चाहना भए पनि त्यसको राजनीतिक र संगठनात्मक कार्यान्वयनमा एकरूपता नरहेको देखाउँछ। नेकपाका नेता वर्षमान पुनले दैलेखमा आयोजित कार्यक्रममा एमालेभित्र सहकार्यका लागि बढी दबाब रहेको बताएका थिए। उनका अनुसार एमालेका नेताहरूले भेटघाटमा पार्टी मिलाउन, गठबन्धन गर्न र छिटो एकता गर्न आग्रह गर्ने गरेका छन्। “जहाँ गयो भने पनि पार्टी मिलाऔँ, गठबन्धन गरौँ, छिटो एकता गरौँ भन्ने कुरा आइरहेको छ,” पुनको भनाइ थियो। पुनको अभिव्यक्तिले एमालेभित्रको चुनावी मनोविज्ञानलाई संकेत गर्छ। निर्वाचन परिणामपछि पार्टीको संगठन र मताधार जोगाउन सहकार्य आवश्यक ठान्ने पङ्क्ति बढेको छ। तर एमालेको नेतृत्व तहमा चुनावी तालमेललाई पार्टी एकताको विकल्प बनाउने कि एकताको पहिलो चरण मान्ने भन्ने विषयमा स्पष्टता छैन। सहकार्यको आवश्यकता स्वीकार गर्नु र पार्टी एकता गर्न तयार हुनु फरक कुरा हुन्। अहिलेको मुख्य समस्या पनि यही हो। नेकपाका नेता युवराज चौलागाईंले पनि बाह्य प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न चुनावी तालमेल आवश्यक बनेको बताएका छन्। उनका अनुसार मुख्य नेताहरू सहकार्यमा सकारात्मक देखिएकाले तल्लो तहसम्म पनि यसको आवश्यकता महसुस गरिएको छ। एमाले नेता विशाल भट्टराईले टाढिएको जनमत फर्काउन तालमेलले आधार सिर्जना गर्न सक्ने बताएका छन्। “मुद्दा मिल्ने दलहरू एक ठाउँ उभिनु आजको आवश्यकता नै बन्न पुगेको छ,” उनको भनाइ थियो। यी अभिव्यक्तिले चुनावी सहकार्यको पक्षमा दुवै पार्टीका नेताहरूबीच एउटा साझा मनोविज्ञान निर्माण भएको देखाउँछन्। तर सहकार्यको आवश्यकता स्वीकार गर्नु र पार्टी एकता गर्न तयार हुनु फरक कुरा हुन्। अहिलेको मुख्य समस्या पनि यही हो। ओलीको नेतृत्वमा अड्किएको एकता एमालेभित्र नेतृत्वको प्रश्न समाधान नभएसम्म प्रचण्डसँगको एकता वार्ताले गति लिन कठिन देखिन्छ। चुनावी पराजयपछि पार्टीभित्र नेतृत्व पुनर्गठन र पुस्तान्तरणको बहस चर्किएको छ। महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरूले पार्टीलाई नयाँ परिस्थितिअनुसार रूपान्तरण गर्नुपर्ने धारणा राखेका छन्। यसले ओलीको नेतृत्वमाथि प्रत्यक्ष र अप्रत्यक्ष प्रश्न उठाएको छ। पोखरेलले पार्टी पुनर्गठन र पुनर्जागरणका लागि तयार पारेको प्रतिवेदनमा नेतृत्व हस्तान्तरणको सहज प्रणाली आवश्यक रहेको उल्लेख गरेका थिए। पार्टीको तल्लो तहबाट आएका सुझावका आधारमा उनले नेतृत्व निर्माण र हस्तान्तरणको प्रक्रिया संस्थागत गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए। उनको तर्कमा पार्टीले तीन पुस्ताको संयोजन गरेर अघि बढ्नुपर्छ। युवापुस्ताको आकांक्षा सम्बोधन गर्न नेतृत्व हस्तान्तरणको स्पष्ट प्रणाली आवश्यक छ। यस प्रस्तावको राजनीतिक अर्थ ओलीले कार्यकारी नेतृत्वबाट पछि हट्नुपर्ने भन्ने थियो। तर एमालेभित्र यो प्रस्ताव सर्वसम्मत हुन सकेन। ओली पक्षले पार्टीको वर्तमान नेतृत्वलाई कमजोर बनाउने प्रयासका रूपमा यसलाई बुझ्यो। नेतृत्व परिवर्तनको बहसलाई तत्काल अघि बढाउनु उपयुक्त नहुने तर्क पनि प्रस्तुत भयो। मुख्य जोड संगठनात्मक पुनर्गठन र जनतासँगको सम्बन्ध सुधारमा छ। तर ओलीको नेतृत्व कायम राखेर त्यो परिवर्तन सम्भव छ कि छैन भन्ने प्रश्न भने अझै बाँकी छ। महासचिव पोखरेलले भने आफू ओलीविरुद्ध विशेष महाधिवेशन वा अभियोगको अभियानमा नरहेको स्पष्ट पारे। उनले पार्टीभित्र विग्रह निम्त्याउने गरी नेतृत्वको संघर्ष चलाउने पक्षमा आफू नरहेको बताएका थिए। उनको अभिव्यक्तिले नेतृत्व हस्तान्तरणको बहस र ओलीसँगको व्यक्तिगत राजनीतिक सम्बन्धबीच सन्तुलन खोजिरहेको देखिन्छ। पोखरेलले पार्टीको पुनर्गठनलाई केवल अध्यक्ष परिवर्तनमा सीमित गर्न नहुने बताएका छन्। पार्टीको विचार, संगठन, जीवनशैली र आचरणमा समेत रूपान्तरण आवश्यक रहेको उनको धारणा छ। उनले भनेका छन्, “सुधार पनि गर्न नसक्ने, मिल्न पनि नसक्ने हो भने बर्बादीबाहेक केही पनि हुँदैन।” यो भनाइ एमालेको आन्तरिक संकट बुझ्न महत्त्वपूर्ण छ। पोखरेल नेतृत्व हस्तान्तरणको बहसबाट पछि हटेको देखिए पनि पार्टी सुधारको आवश्यकता अस्वीकार गरेका छैनन्। उनको मुख्य जोड संगठनात्मक पुनर्गठन र जनतासँगको सम्बन्ध सुधारमा छ। तर ओलीको नेतृत्व कायम राखेर त्यो परिवर्तन सम्भव छ कि छैन भन्ने प्रश्न भने अझै बाँकी छ। ओलीले आफ्नो नेतृत्व कायम राखेर प्रचण्डसँग एकता गर्ने हो भने एमालेभित्र नेतृत्व हस्तान्तरणको पक्षमा रहेका नेताहरूको असन्तुष्टि बढ्न सक्छ। अर्कोतर्फ ओलीले नेतृत्व छाड्ने हो भने एमालेभित्र नयाँ नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्न उठ्छ। ओलीको राजनीतिक शैली लामो समयदेखि पार्टीभित्र केन्द्रीकृत निर्णय प्रक्रियामा आधारित रहेको आलोचना हुँदै आएको छ। पार्टीका महत्त्वपूर्ण निर्णयमा अध्यक्षको भूमिका निर्णायक हुने गरेको छ। यस्तो अवस्थामा अर्को ठूलो दलसँग एकता गर्दा नेतृत्वको संरचना थप जटिल बन्न सक्छ। ओलीले आफ्नो नेतृत्व कायम राखेर प्रचण्डसँग एकता गर्ने हो भने एमालेभित्र नेतृत्व हस्तान्तरणको पक्षमा रहेका नेताहरूको असन्तुष्टि बढ्न सक्छ। अर्कोतर्फ ओलीले नेतृत्व छाड्ने हो भने एमालेभित्र नयाँ नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्न उठ्छ। ओलीका लागि एकता राजनीतिक रूपमा उपयोगी हुन सक्छ। यसले चुनावी पराजयपछि कमजोर बनेको एमालेको शक्ति विस्तार गर्न र वाम मतलाई पुनः एकत्रित गर्न सहयोग पुर्‍याउन सक्छ। तर एकीकृत पार्टीमा आफ्नो भूमिका के हुने भन्ने विषयमा उनी स्पष्ट नभएसम्म एकता प्रक्रियामा निर्णायक सहमति जुट्न कठिन छ। अर्कोतर्फ प्रचण्डका लागि पनि ओलीको नेतृत्वमा एकता गर्नु सहज छैन। विगतको अनुभवले ओलीसँग शक्ति बाँडफाँटको समझदारी टिकाउन कठिन हुने आशंका नेकपाभित्र छ। एकता गरेपछि पार्टीको निर्णय प्रक्रिया एमालेको संगठनात्मक प्रभावमा जाने हो कि समान हैसियतको संरचना बन्ने हो भन्ने प्रश्न छ। यही कारण एमालेभित्रको नेतृत्व पुनर्गठन र दुई दलबीचको एकता एकअर्कासँग जोडिएका छन्। एमालेले पहिले आफ्नो नेतृत्व र संगठनको भविष्य स्पष्ट पार्न सकेन भने एकताको वार्ता अघि बढाउन कठिन हुनेछ। प्रचण्डले पनि आफ्नो पार्टीका नेताहरूलाई एमालेको संरचनाभित्र कसरी समायोजन गर्ने भन्ने जवाफ दिनुपर्नेछ। भण्डारीको प्रवेशले थपेको नयाँ गणित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले एमालेको नेतृत्व बहसमा नयाँ शक्ति केन्द्र थपेको छ। राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि उनी पार्टी राजनीतिमा फर्किन चाहन्थिन्। तर उनको सदस्यता र सक्रिय राजनीतिक भूमिकाको विषयमा एमालेभित्र लामो समय विवाद रह्यो। अन्ततः उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएपछि पार्टीको आन्तरिक राजनीतिमा उनको प्रभाव बढेको छ। ओलीपछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने प्रश्नमा भण्डारीको नाम अगाडि आउन थालेपछि उनी एउटा सम्भावित शक्ति केन्द्रका रूपमा स्थापित भएकी छन्। भण्डारीको पुनरागमनलाई ओली पक्षले पार्टी एकता र संगठन सुदृढीकरणमा सहयोग पुग्ने रूपमा प्रस्तुत गरेको छ। तर नेतृत्व हस्तान्तरणको पक्षमा रहेका नेताहरूले उनलाई ओलीको विकल्पका रूपमा पनि हेर्न थालेका छन्। यसले एमालेभित्र नेतृत्वको सम्भावित उत्तराधिकारीको बहसलाई नयाँ मोड दिएको छ। भण्डारीको राजनीतिक विरासत मदन भण्डारीसँग जोडिएको छ। एमालेको संगठनात्मक इतिहास, महिला नेतृत्व र पूर्वराष्ट्रपतिको संवैधानिक अनुभवले उनलाई अन्य नेताभन्दा फरक पहिचान दिएको छ। २०७४ सालमा एमाले र माओवादीबीच चुनावी गठबन्धन निर्माण र त्यसपछिको पार्टी एकताको प्रक्रियामा पनि उनको भूमिका रहेको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ। अहिले छिन्नभिन्न वाम शक्तिहरूलाई सहकार्यमा ल्याउन उनी पुनः सेतु बन्न सक्छिन् भन्ने अपेक्षा केही नेताहरूले गरेका छन्। तर उनको सक्रिय राजनीतिले एमालेभित्रको शक्ति सन्तुलन पनि बदल्न सक्छ। ओलीपछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने प्रश्नमा भण्डारीको नाम अगाडि आउन थालेपछि उनी एउटा सम्भावित शक्ति केन्द्रका रूपमा स्थापित भएकी छन्। यसले महासचिव पोखरेल, उपाध्यक्ष पौडेल र अन्य आकांक्षी नेताहरूको राजनीतिक गणितमा पनि प्रभाव पार्छ। एमाले नेता कर्ण थापाले वामपन्थी सहकार्य र एकताका लागि भण्डारीको स्वाभाविक भूमिका हुने बताएका छन्। उनका अनुसार आगामी स्थानीय निर्वाचनमा त्यसले एउटा आकार लिन सक्छ। मंसिर ३ गते एमालेको राष्ट्रिय भेलामा भण्डारीले पार्टी सुदृढीकरण, राजनीतिक सहकार्य र लोकतान्त्रिक मूल्यको संरक्षणबारे धारणा राखेकी थिइन्। उनले पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिले संविधान तथा संसदीय प्रणालीका विषयमा गम्भीर प्रश्न उठाएको बताएकी थिइन्। आवश्यक परे आन्दोलन गर्नुपर्ने उनको भनाइ थियो। भण्डारीको सक्रिय राजनीतिबारे राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले स्पष्ट सर्त अघि सारेका छन्। उनको विश्लेषणमा भण्डारी ओलीको योजनामा सीमित भएर अघि बढ्ने हो भने राजनीतिमा फर्किनुको अर्थ रहँदैन। एमालेको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण र छिन्नभिन्न वाम दलबीच सहकार्यको भूमिका खेल्न सके मात्र उनको सक्रियताको महत्त्व स्थापित हुनेछ। ओली र प्रचण्डले प्रत्यक्ष कार्यकारी नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिएर पार्टीका संरक्षक वा अभिभावकको भूमिका निर्वाह गर्न सक्छन्। भण्डारीले संक्रमणकालीन नेतृत्व सम्हाल्ने र महाधिवेशनसम्म पार्टीलाई एकताबद्ध राख्ने जिम्मेवारी पाउन सक्छिन्। यो विश्लेषणले भण्डारीको राजनीतिक भविष्यलाई ओलीको छायाबाट बाहिर निस्कने क्षमतासँग जोडेको छ। उनी पार्टीभित्र ओलीलाई सहयोग गर्ने नेताका रूपमा सीमित रहन्छिन् कि नेतृत्व पुनर्गठन र वाम एकताको स्वतन्त्र राजनीतिक पहल गर्छिन् भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ। नेकपा नेतृ पम्फा भुसालले पनि भण्डारीको सक्रिय राजनीतिले एमालेको आन्तरिक अन्तरसंघर्ष समाधानसँगै वामपन्थी दलबीचको एकतामा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्। एमाले नेता कर्ण थापाले वामपन्थी सहकार्य र एकताका लागि भण्डारीको स्वाभाविक भूमिका हुने बताएका छन्। उनका अनुसार आगामी स्थानीय निर्वाचनमा त्यसले एउटा आकार लिन सक्छ। भण्डारीलाई एकीकृत पार्टीको संक्रमणकालीन अध्यक्ष वा संयोजक बनाउने प्रस्ताव यही राजनीतिक पृष्ठभूमिमा चर्चामा आएको हो। ओली र प्रचण्ड दुवै पहिलो पुस्ताका नेता भएकाले उनीहरूलाई अभिभावकीय भूमिकामा राखेर भण्डारीलाई नेतृत्व दिने विकल्प केही नेताहरूले अघि सारेका छन्। नेकपाको तर्फबाट वर्षमान पुनलाई महासचिव बनाउने प्रस्तावसमेत छलफलमा आएको बताइन्छ। यस मोडेलले तत्काल नेतृत्वको विवाद समाधान गर्न सक्छ भन्ने तर्क छ। ओली र प्रचण्डले प्रत्यक्ष कार्यकारी नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिएर पार्टीका संरक्षक वा अभिभावकको भूमिका निर्वाह गर्न सक्छन्। भण्डारीले संक्रमणकालीन नेतृत्व सम्हाल्ने र महाधिवेशनसम्म पार्टीलाई एकताबद्ध राख्ने जिम्मेवारी पाउन सक्छिन्। प्रचण्डका लागि भण्डारीको नेतृत्व स्वीकार गर्नु भनेको आफ्नो लामो राजनीतिक यात्रापछि कार्यकारी नेतृत्व अर्को व्यक्तिलाई सुम्पिनु हो। त्यसैले यो प्रस्ताव आकर्षक देखिए पनि कार्यान्वयनमा सजिलो छैन। तर यसमा धेरै व्यावहारिक प्रश्न छन्। भण्डारीलाई अध्यक्ष वा संयोजक बनाउँदा एमाले र नेकपाका अन्य नेताहरूको वरीयता कसरी निर्धारण गर्ने? पार्टीको केन्द्रीय संरचना कस्तो हुने? ओली र प्रचण्डले निर्णय प्रक्रियामा कति प्रभाव राख्ने? महासचिवको अधिकार क्षेत्र के हुने? महाधिवेशनसम्म पार्टीको राजनीतिक दिशा कसले तय गर्ने? यी विषयमा स्पष्ट सहमति नबनेसम्म भण्डारीको नामले मात्र एकताको गाँठो फुक्दैन। त्यसमाथि ओली स्वयं यो प्रस्तावमा तयार भइसकेको अवस्था छैन। भण्डारीलाई अघि सार्दा आफ्नो राजनीतिक प्रभाव र एमालेभित्रको नियन्त्रणमा कस्तो असर पर्छ भन्ने हिसाब ओलीले गर्नुपर्नेछ। प्रचण्डका लागि पनि भण्डारीको नेतृत्व स्वीकार गर्नु भनेको आफ्नो लामो राजनीतिक यात्रापछि कार्यकारी नेतृत्व अर्को व्यक्तिलाई सुम्पिनु हो। त्यसैले यो प्रस्ताव आकर्षक देखिए पनि कार्यान्वयनमा सजिलो छैन। विगतको एकता किन टिकेन? वाम एकताको अहिलेको बहस बुझ्न २०७५ सालको एमाले–माओवादी एकता सम्झनु आवश्यक छ। २०७४ को प्रतिनिधिसभा निर्वाचनअघि एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन बनाएका थिए। वाम गठबन्धनले ठूलो सफलता प्राप्त गरेपछि दुवै पार्टीले एउटै संगठन निर्माण गर्ने निर्णय गरे। २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी गठन भयो। ओली र प्रचण्ड दुवै अध्यक्ष बने। देशको राजनीतिमा स्थिरता र समृद्धिको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको थियो। तर एकताको उत्साह धेरै समय टिकेन। पार्टीभित्र शक्ति बाँडफाँट, सरकारको नेतृत्व, राजनीतिक नियुक्ति र निर्णय प्रक्रियामा मतभेद बढ्दै गयो। ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको दाबी प्रचण्ड पक्षले गर्दै आएको थियो। ओली पक्षले भने त्यसलाई फरक ढंगले व्याख्या गर्‍यो। पार्टीको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा शक्ति सन्तुलनको विवाद बढ्दै गयो। २०७५ को एकता चुनावी सफलताको बलमा बनेको थियो। तर त्यसलाई संस्थागत गर्न आवश्यक नेतृत्व प्रणाली र निर्णय प्रक्रियाको विकास हुन सकेन। एकीकृत पार्टीको संगठनात्मक संरचना पनि पूर्ण रूपमा व्यवस्थित हुन सकेन। तत्कालीन एमाले र माओवादी केन्द्रबाट आएका नेताहरूबीच जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि रह्यो। पार्टीको वैचारिक दिशा र सरकार सञ्चालनको शैलीमा पनि मतभेद देखियो। अन्ततः संसद् विघटन, पार्टीभित्रको आरोपप्रत्यारोप र अदालतसम्म पुगेको विवादले एकता भत्कायो। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामसम्बन्धी विवादमा फैसला गर्दै एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदियो। त्यसपछि कम्युनिष्ट आन्दोलनमा अर्को विभाजनको चरण सुरु भयो। एमालेबाट माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बन्यो। माओवादी केन्द्र अलग्गै रह्यो। पछि विभिन्न वाम घटकबीचको एकीकरणबाट नेपाली कम्युनिष्ट पार्टी गठन भयो। यो इतिहास अहिलेको एकता प्रयासका लागि सबैभन्दा ठूलो चेतावनी हो। २०७५ को एकता चुनावी सफलताको बलमा बनेको थियो। तर त्यसलाई संस्थागत गर्न आवश्यक नेतृत्व प्रणाली र निर्णय प्रक्रियाको विकास हुन सकेन। दुई नेताबीचको सहमति नै पार्टीको मुख्य आधार बन्यो। जब उनीहरूबीच मतभेद बढ्यो, पार्टीको संस्थागत संरचनाले त्यसलाई समाधान गर्न सकेन। राजनीतिक विश्लेषक राजेन्द्र महर्जनले वाम एकताको बहसलाई वैचारिक आधारबाट परीक्षण गर्नुपर्ने बताएका छन्। प्रदेश सरकार सञ्चालनका लागि भएको सहमतिमा उनले वामपन्थी विचार, नीति र कार्यक्रमको स्पष्ट झलक नदेखिएको टिप्पणी गरेका छन्। यसपटक पनि त्यही जोखिम छ। ओली र प्रचण्डबीच सहमति भयो भन्दैमा दुवै पार्टीका नेता र कार्यकर्ताले त्यसलाई सहजै स्वीकार गर्छन् भन्ने छैन। एमालेभित्र ओलीको नेतृत्वलाई लिएर प्रश्न उठेको छ। नेकपाभित्र प्रचण्डको नेतृत्व र पार्टीको भावी संरचनाबारे छलफल आवश्यक छ। दुवै दलका दोस्रो तहका नेताहरूले आफ्नो राजनीतिक भविष्य सुरक्षित भएको महसुस गर्नुपर्छ। राजनीतिक विश्लेषक राजेन्द्र महर्जनले वाम एकताको बहसलाई वैचारिक आधारबाट परीक्षण गर्नुपर्ने बताएका छन्। प्रदेश सरकार सञ्चालनका लागि भएको सहमतिमा उनले वामपन्थी विचार, नीति र कार्यक्रमको स्पष्ट झलक नदेखिएको टिप्पणी गरेका छन्। उनका अनुसार, “केवल सत्ताको निम्ति गरिएको अर्को अभ्यास हो। यसमा न विचार छ, न नीति र कार्यक्रम केही छ।” महर्जनको यो टिप्पणीले अहिलेको सहकार्यको आधारमाथि गम्भीर प्रश्न उठाउँछ। प्रदेशमा मुख्यमन्त्री र मन्त्रीको भागबन्डा गर्नु वामपन्थी एकताको वैचारिक आधार हुन सक्दैन। यदि सहकार्यको उद्देश्य सत्ता सञ्चालन र आगामी निर्वाचनमा सिट बढाउने मात्र हो भने त्यसलाई राजनीतिक एकता भन्न मिल्दैन। उनले अस्तित्वको संकटमा परेका दलहरू चुनावका बेला नजिक हुन सक्ने तर त्यसका लागि राजनीतिक विचारधाराले उनीहरूलाई नछेक्ने विश्लेषण गरेका छन्। यसको आशय चुनावी बाध्यताले जन्माएको सहकार्य र वैचारिक एकताबीच फरक छुट्याउनुपर्ने हो। यही प्रश्न अहिले एमाले र नेकपाका नेताहरूले पनि सामना गर्नुपर्छ। एकीकृत पार्टीले समाजवादको कस्तो मोडेल अघि सार्छ? निजी क्षेत्र, उत्पादन, रोजगारी र आर्थिक विकासका विषयमा साझा दृष्टिकोण के हुन्छ? संघीयता र स्थानीय सरकारको सुदृढीकरणमा उनीहरूको साझा नीति के हो? युवापुस्ताको राजनीतिक सहभागिता कसरी बढाइन्छ? यी प्रश्नको उत्तरबिना एकताको औचित्य कमजोर हुन्छ। तालमेलको दबाब र स्थानीय चुनावको गणित आगामी स्थानीय तह निर्वाचनले एमाले र नेपाली कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई निर्णायक मोडमा पुर्‍याउन सक्छ। संघीय संसद्मा कमजोर बनेका दुवै दल स्थानीय सरकारमा आफ्नो प्रभाव जोगाउन चाहन्छन्। स्थानीय तहमा संगठनको उपस्थिति, उम्मेदवारको व्यक्तिगत प्रभाव र परम्परागत मतदातासँगको सम्बन्ध अझै महत्त्वपूर्ण छ। त्यसैले दुवै दलका लागि स्थानीय निर्वाचन राजनीतिक पुनरागमनको अवसर पनि हो। स्थानीय निर्वाचनमा तालमेल गर्नु केन्द्रमा सहमति गरेजस्तो सहज हुँदैन। प्रत्येक पालिकामा उम्मेदवारको व्यक्तिगत लोकप्रियता, पार्टीको संगठनात्मक प्रभाव र स्थानीय समीकरण फरक हुन्छ। एमालेको संगठनात्मक आधार धेरै जिल्लामा अझै बलियो छ। माओवादी आन्दोलनको प्रभाव रहेका क्षेत्र र एकीकृत समाजवादीको सांगठनिक उपस्थिति भएका ठाउँमा नेपाली कम्युनिष्ट पार्टीको प्रभाव छ। यी दुई शक्ति मिल्दा कतिपय पालिकामा चुनावी परिणाम बदलिन सक्छ। विशेषगरी कांग्रेस र अन्य दलसँग प्रतिस्पर्धा गर्दा मत विभाजन रोक्न तालमेल उपयोगी हुन सक्छ। तर स्थानीय निर्वाचनमा तालमेल गर्नु केन्द्रमा सहमति गरेजस्तो सहज हुँदैन। प्रत्येक पालिकामा उम्मेदवारको व्यक्तिगत लोकप्रियता, पार्टीको संगठनात्मक प्रभाव र स्थानीय समीकरण फरक हुन्छ। कुनै पालिकामा एमालेले आफ्नो प्रभावका आधारमा प्रमुख पद माग्न सक्छ भने अर्को पालिकामा नेपाली कम्युनिष्ट पार्टीले आफ्नो पुरानो मताधारको दाबी गर्न सक्छ। यस्तो अवस्थामा उम्मेदवार छनोटमै विवाद उत्पन्न हुन सक्छ। एमालेका स्थानीय नेताहरूले वर्षौँदेखि निर्माण गरेको संगठन र राजनीतिक प्रभाव सजिलै अर्को दलका उम्मेदवारलाई सुम्पिन चाहँदैनन्। नेकपाका नेताहरू पनि आफ्नो राजनीतिक योगदान र संगठनात्मक उपस्थितिलाई कमजोर बनाउन तयार हुने छैनन्। केन्द्रको निर्णय कार्यान्वयन गर्न स्थानीय नेतृत्व तयार नभए चुनावी तालमेल कागजमै सीमित हुन सक्छ। नेकपाका नेता युवराज चौलागाईंले पनि बाह्य प्रतिस्पर्धामा सफलता प्राप्त गर्न गरिएको तालमेलले आन्तरिक पुनर्गठनलाई बेवास्ता गर्न नहुने बताएका छन्। यसका लागि दुवै दलले जिल्ला र पालिका तहमा संयुक्त संयन्त्र बनाउनुपर्ने हुन्छ। विगतको निर्वाचन परिणाम, मतदाताको अवस्था, उम्मेदवारको लोकप्रियता र संगठनको प्रभावका आधारमा क्षेत्रगत समझदारी गर्न सकिन्छ। तर यस्तो संयन्त्रको निर्णयलाई केन्द्रले मान्यता दिने कि स्थानीय तहलाई नै अधिकार दिने भन्ने प्रश्न पनि महत्त्वपूर्ण हुनेछ। नेकपाका प्रवक्ता प्रकाश ज्वालाले चुनावी तालमेलले पार्टी पुनर्गठनको बहसलाई अवरोध नगर्ने बताएका छन्। उनको भनाइमा, “विचार, कार्यक्रम, नेतृत्व र संगठन पुनर्गठन गर्ने गरी महाधिवेशनको गन्तव्यबाट हामी दायाँबायाँ भएका छैनौँ।” उनले चुनावपछि महाधिवेशन गर्ने निर्णय कायम रहेको पनि स्पष्ट पारेका छन्। ज्वालाको भनाइले नेकपा चुनावी सहकार्य र आन्तरिक पुनर्गठनलाई अलग प्रक्रियाका रूपमा अघि बढाउन चाहन्छ भन्ने देखाउँछ। तर चुनावी तालमेलले पार्टी पुनर्गठनलाई प्रभावित गर्दैन भन्ने विश्वास व्यवहारमा कति कायम रहन्छ भन्ने हेर्न बाँकी छ। नेकपाका नेता युवराज चौलागाईंले पनि बाह्य प्रतिस्पर्धामा सफलता प्राप्त गर्न गरिएको तालमेलले आन्तरिक पुनर्गठनलाई बेवास्ता गर्न नहुने बताएका छन्। “जनताको विश्वासिलो पार्टी बन्नलाई पुनर्गठन जरुरी छ, त्यसलाई छोडेर जाने कुरा अपुरो हुन्छ,” उनको धारणा छ। चुनाव जित्नका लागि मिल्नुपर्ने आवश्यकता स्वीकार गरिएको छ। तर पुरानै नेतृत्व, पुरानै संगठन र पुरानै कार्यशैलीलाई निरन्तरता दिएर जनताको विश्वास फर्काउन सकिँदैन भन्ने आवाज पनि उठिरहेको छ। एमाले नेतृ रचना खड्काको भनाइ भने अझ स्पष्ट छ। उनी यथास्थितिमा गरिने तालमेल र एकताले नयाँ राजनीतिक ऊर्जा पैदा नगर्ने ठान्छिन्। उनले विगतको एकता किन सफल हुन सकेन भन्ने समीक्षा आवश्यक रहेको बताएकी छन्। “यथास्थितिमा गरिने कमजोरीहरूको एकताले कार्यकर्तामा ऊर्जा ल्याउँदैन, जनतामा विश्वास जाग्दैन,” उनको भनाइ छ। यी अभिव्यक्तिले दुवै दलभित्र एकताको समर्थन भए पनि त्यसको स्वरूपबारे फरक दृष्टिकोण रहेको देखाउँछन्। चुनाव जित्नका लागि मिल्नुपर्ने आवश्यकता स्वीकार गरिएको छ। तर पुरानै नेतृत्व, पुरानै संगठन र पुरानै कार्यशैलीलाई निरन्तरता दिएर जनताको विश्वास फर्काउन सकिँदैन भन्ने आवाज पनि उठिरहेको छ। स्थानीय निर्वाचनमा तालमेल सफल भए त्यसले पार्टी एकताको वातावरण बनाउन सक्छ। तर तालमेल असफल भयो भने दुवै दलभित्र एकअर्कालाई दोष दिने परिस्थिति बन्न सक्छ। उम्मेदवार बाँडफाँट, चुनावी प्रचार र मत हस्तान्तरणमा समस्या देखिए सहकार्यको राजनीतिक विश्वसनीयता कमजोर हुनेछ। जनताको विश्वास कसरी फर्काउने? वाम एकताको बहसमा सबैभन्दा कम प्राथमिकतामा परेको तर सबैभन्दा महत्त्वपूर्ण विषय जनताको विश्वास हो। कम्युनिष्ट पार्टीहरू किन कमजोर भए? उनीहरूका परम्परागत मतदाता किन टाढिए? युवापुस्ता किन नयाँ राजनीतिक शक्तितर्फ आकर्षित भयो? यी प्रश्नको उत्तर नखोजी पार्टी एकताको घोषणा गर्नुले मात्र राजनीतिक पुनरागमन सम्भव हुँदैन। नयाँ पुस्ताले राजनीतिक दलबाट केवल विचारधारा र ऐतिहासिक योगदानको चर्चा सुन्न चाहँदैन। उसले रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, अवसर, पारदर्शिता र जवाफदेहिता खोजिरहेको छ। नेपाली कम्युनिष्ट आन्दोलनले विगतमा भूमि सुधार, सामाजिक न्याय, श्रमिक अधिकार, समावेशिता र लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेको छ। तर सत्तामा पुगेपछि ती दलहरू आफ्नै राजनीतिक आदर्श र व्यवहारबीचको दूरी घटाउन असफल भए भन्ने आलोचना छ। सरकारमा रहँदा विकास र समृद्धिको प्रतिबद्धता व्यक्त गर्ने तर व्यवहारमा सुशासन, रोजगारी र सार्वजनिक सेवामा अपेक्षित सुधार गर्न नसक्ने प्रवृत्तिले जनतामा निराशा बढाएको छ। युवापुस्ताको असन्तुष्टि पनि यहीँ जोडिन्छ। नयाँ पुस्ताले राजनीतिक दलबाट केवल विचारधारा र ऐतिहासिक योगदानको चर्चा सुन्न चाहँदैन। उसले रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, अवसर, पारदर्शिता र जवाफदेहिता खोजिरहेको छ। सामाजिक सञ्जाल र सूचना प्रविधिको विस्तारले राजनीतिक नेतृत्वको व्यवहारमाथि निगरानी पनि बढाएको छ। एमाले महासचिव पोखरेलले पार्टीभित्रको बहसमा यही विषय उठाएका छन्। उनका अनुसार सूचना प्रविधिमा आधारित समाजको मनोविज्ञान बुझ्न नसक्दा राजनीतिक दल र नयाँ पुस्ताबीच दूरी बढेको छ। उनले युवा पुस्तालाई पार्टीसँग जोड्न विचार र संगठनमा परिवर्तन आवश्यक रहेको बताएका छन्। पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउनु सजिलो हुन सक्छ। तर फरक राजनीतिक अनुभव र विचार बोकेका नेताहरूलाई एउटै वैचारिक दस्तावेजमा सहमत गराउनु कठिन हुन्छ। यसले कम्युनिष्ट पार्टीहरूको पुनर्गठन केवल नेतृत्व परिवर्तनमा सीमित हुनु हुँदैन भन्ने देखाउँछ। नयाँ पुस्ताको राजनीतिक आकांक्षा, आर्थिक अवसर र सामाजिक परिवर्तनलाई सम्बोधन गर्ने कार्यक्रम आवश्यक छ। उत्पादन र रोजगारी सिर्जना, निजी क्षेत्रसँगको सम्बन्ध, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्यमा सुधार र भ्रष्टाचार नियन्त्रणजस्ता विषयलाई साझा राजनीतिक कार्यसूची बनाउन सक्नुपर्छ। एकीकृत पार्टीले आफ्नो राजनीतिक पहिचान पनि स्पष्ट पार्नुपर्नेछ। एमालेको जनताको बहुदलीय जनवाद र माओवादी आन्दोलनको राजनीतिक विरासतलाई कसरी समायोजन गर्ने? समाजवादको व्यावहारिक अर्थ के हुने? संघीयता र समावेशितालाई कुन ढंगले अघि बढाउने? यी विषयमा स्पष्ट दस्तावेज आवश्यक हुन्छ। पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउनु सजिलो हुन सक्छ। तर फरक राजनीतिक अनुभव र विचार बोकेका नेताहरूलाई एउटै वैचारिक दस्तावेजमा सहमत गराउनु कठिन हुन्छ। विगतमा पनि यही विषयलाई पर्याप्त प्राथमिकता नदिँदा पार्टी एकता कमजोर बनेको थियो। यसपटकको एकताले जनतासमक्ष नयाँ राजनीतिक प्रस्ताव राख्न सक्नुपर्छ। विगतका सरकारका कमजोरी स्वीकार गर्ने, सार्वजनिक जीवनमा पारदर्शिता कायम गर्ने र नेतृत्वको जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता आवश्यक छ। पुराना राजनीतिक नेताहरूको लोकप्रियता घटिरहेको अवस्थामा एकता केवल उनीहरूको राजनीतिक अस्तित्व जोगाउने माध्यम बन्नु हुँदैन। निर्णयको घडीमा ओली र प्रचण्ड अहिलेको राजनीतिक घटनाक्रमले ओली र प्रचण्ड दुवैलाई एउटा निर्णयको बिन्दुमा पुर्‍याएको छ। उनीहरूले चुनावी सहकार्यलाई औपचारिकता दिने कि पार्टी एकताको प्रक्रियामा प्रवेश गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्नेछ। प्रदेश सरकारमा सहकार्य, सार्वजनिक अभिव्यक्ति र नेताहरूबीचको संवादले राजनीतिक निकटता बढाएको छ। तर नेतृत्वको प्रश्न समाधान नभएसम्म एकता घोषणा गर्ने अवस्था बनेको छैन। ओलीका लागि अहिलेको चुनौती एमालेको संगठनात्मक शक्ति जोगाउँदै पार्टीभित्रको नेतृत्व विवाद व्यवस्थापन गर्नु हो। प्रचण्डका लागि विभिन्न वाम घटकलाई समेटेर बनेको नेपाली कम्युनिष्ट पार्टीलाई बलियो बनाउनु र एमालेसँगको सहकार्यलाई समान हैसियतमा अघि बढाउनु महत्त्वपूर्ण छ। भण्डारीका लागि सक्रिय राजनीतिमा आफ्नो स्वतन्त्र भूमिका स्थापित गर्दै पार्टीभित्रको शक्ति सन्तुलनमा प्रभाव पार्नु चुनौती हो। पोखरेल र पौडेलका लागि नेतृत्व हस्तान्तरण र संगठनात्मक पुनर्गठनको बहसलाई परिणाममुखी बनाउनु आवश्यक छ। यसरी हेर्दा एकताको बहसमा प्रत्येक नेताको आफ्नै राजनीतिक गणित छ। सबैले एकताको आवश्यकता स्वीकार गरे पनि त्यसबाट आफ्नो भूमिका र भविष्य के हुने भन्ने स्पष्टता खोजिरहेका छन्। यही स्वार्थको व्यवस्थापन गर्न नसक्दा सहकार्यको बहस पटकपटक अलमलमा पर्ने गरेको छ। अहिले उनीहरूका अगाडि तीनवटा बाटा देखिन्छन्। पहिलो, स्थानीय र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर चुनावपछि पार्टी एकताको प्रक्रिया अघि बढाउने। दोस्रो, चुनावअघि नै साझा नेतृत्व र संगठन निर्माण गरेर एउटै पार्टीका रूपमा प्रतिस्पर्धा गर्ने। तेस्रो, चुनावी सहकार्यलाई सीमित राखेर आ–आफ्नो संगठन र नेतृत्वलाई यथावत् राख्ने। पहिलो विकल्प तत्कालका लागि बढी व्यावहारिक देखिन्छ। यसले नेतृत्वको विवादलाई केही समय थाती राख्दै चुनावी प्रतिस्पर्धामा सहकार्य गर्ने अवसर दिन्छ। तर यसलाई स्थायी राजनीतिक सहकार्यमा बदल्न दुवै दलले चुनावपछि महाधिवेशन र संगठनात्मक पुनर्गठनको स्पष्ट कार्यतालिका बनाउनुपर्छ। दुवै पक्षको समाधानबिना नयाँ पार्टी निर्माण गर्नु राजनीतिक अंकगणित मात्र हुनेछ। विगतको एकताले देखाएको पाठ यही हो कि ठूलो संसदीय शक्ति निर्माण गर्नु र त्यसलाई संस्थागत रूपमा टिकाउनु फरक कुरा हुन्। दोस्रो विकल्पले कम्युनिष्ट शक्तिहरूलाई एउटै राजनीतिक केन्द्रमा ल्याउने प्रचण्डको चाहना पूरा गर्न सक्छ। तर त्यसका लागि ओली र प्रचण्ड दुवैले कार्यकारी नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिने वा नयाँ शक्ति सन्तुलन स्वीकार गर्ने साहस देखाउनुपर्छ। एमालेभित्रको नेतृत्व विवाद र नेकपाभित्रको संगठनात्मक संरचना समाधान गर्न नसके यो विकल्प तत्काल सम्भव देखिँदैन। तेस्रो विकल्पले दुवै दललाई आफ्नो संगठन र राजनीतिक पहिचान जोगाउने सुविधा दिन्छ। तर चुनावी प्रतिस्पर्धामा कमजोर बनेको अवस्थामा यसले वाम राजनीतिलाई थप विभाजित राख्ने जोखिम छ। राजनीतिशास्त्री कृष्ण पोखरेलले भण्डारीको सक्रिय राजनीतिलाई नेतृत्व हस्तान्तरण र वाम एकताको भूमिकासँग जोडेर व्याख्या गरेका छन्। राजनीतिक विश्लेषक राजेन्द्र महर्जनले भने सहकार्यलाई विचार र कार्यक्रमका आधारमा परीक्षण गर्नुपर्ने बताएका छन्। यी दुई विश्लेषणले अहिलेको एकता बहसका दुई फरक पक्ष उजागर गर्छन्। एउटा पक्ष नेतृत्व र संगठनको पुनर्गठन हो भने अर्को पक्ष एकताको वैचारिक औचित्य हो। दुवै पक्षको समाधानबिना नयाँ पार्टी निर्माण गर्नु राजनीतिक अंकगणित मात्र हुनेछ। विगतको एकताले देखाएको पाठ यही हो कि ठूलो संसदीय शक्ति निर्माण गर्नु र त्यसलाई संस्थागत रूपमा टिकाउनु फरक कुरा हुन्। नेताहरूबीचको व्यक्तिगत समझदारीले पार्टी निर्माण गर्न सकिए पनि त्यसलाई टिकाउन लोकतान्त्रिक निर्णय प्रक्रिया, वैचारिक स्पष्टता र संस्थागत विश्वास आवश्यक हुन्छ। कम्युनिष्ट आन्दोलनलाई एकताको भाषणभन्दा बढी विश्वासको आधार चाहिएको छ। नेतृत्व कसले गर्ने भन्ने प्रश्नको उत्तरसँगै पार्टी किन एक हुने, जनताका लागि के परिवर्तन ल्याउने भन्ने प्रश्नको जवाफ खोज्नुपर्नेछ। अन्ततः ओली र प्रचण्डको अहिलेको निकटता नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यसँग जोडिएको छ। उनीहरू मिल्दा मात्र वाम राजनीति पुनर्जीवित हुन्छ भन्ने छैन। तर उनीहरूबीचको सहकार्यले पुराना कम्युनिष्ट शक्तिहरूलाई नयाँ राजनीतिक संरचना निर्माण गर्ने अवसर भने दिन सक्छ। त्यसका लागि पहिलो सर्त विगतका गल्ती स्वीकार गर्नु हो। दोस्रो सर्त नेतृत्वको व्यक्तिगत स्वार्थभन्दा पार्टीको संस्थागत भविष्यलाई प्राथमिकता दिनु हो। तेस्रो सर्त जनताको बदलिएको अपेक्षाअनुसार राजनीतिक कार्यक्रम र कार्यशैली परिवर्तन गर्नु हो। ओली र प्रचण्डले यी सर्त पूरा गर्न सके भने वाम एकता केवल चुनावी गठबन्धनमा सीमित रहने छैन। त्यसले नेपाली राजनीतिमा नयाँ शक्ति सन्तुलन निर्माण गर्न सक्छ। तर उनीहरूले सहकार्यको नाममा नेतृत्वको पुरानै प्रतिस्पर्धा कायम राखे भने एकता फेरि अर्को अस्थायी राजनीतिक प्रयोग बन्नेछ। अहिले कम्युनिष्ट आन्दोलनलाई एकताको भाषणभन्दा बढी विश्वासको आधार चाहिएको छ। नेतृत्व कसले गर्ने भन्ने प्रश्नको उत्तरसँगै पार्टी किन एक हुने, जनताका लागि के परिवर्तन ल्याउने र विगतको असफलता कसरी दोहोरिन नदिने भन्ने प्रश्नको जवाफ खोज्नुपर्नेछ। अन्यथा चुनावी पराजयले नजिक ल्याएका ओली र प्रचण्डलाई नेतृत्वको विवादले फेरि अलग बाटोमा पुर्‍याउन सक्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
२३७.१७ किलोग्राम गाँजासहित गाडी बरामद
Latest NewsJust now

२३७.१७ किलोग्राम गाँजासहित गाडी बरामद

प्रहरीका अनुसार शनिबार साँझ करिब ५:४० बजे अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई शंकास्पद लागेर चेकजाँच गर्न खोजिएको थियो । तर, चालकले गाडी नरोकी तीव्र गतिमा भगाएका थिए । ...

कान्तिपुर
उद्योगले दिए पाँच हजारलाई रोजगारी
Latest NewsJust now

उद्योगले दिए पाँच हजारलाई रोजगारी

दार्चुला समाचारदातादार्चुला, मङ्सिर १३ गते । दार्चुलामा २० करोड ५२ लाख रुपियाँ बराबरको पुँजी लगानी रहेका उद्योगले यहाँका पाँच हजार ८४७ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । ‘दार्चुल... ...

गोरखापत्र
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
Latest NewsJust now

पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान

भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ। भोजपुर र खोटाङ जिल्लाका किसानले उत्पादन गरेका कृषि उपजको एकीकृत सङ्कलन, भण्डारण, संरक्षण तथा बजारीकरणलाई व्यवस्थित गर्दै किसानलाई बजारसँग जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको केन्द्रका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरेको छ। भारत सरकारको सहयोगमा निर्माण हुने उक्त केन्द्रको ९५ प्रतिशत रकम भारतीय ...

नेपालन्युज
फेरिँदै गमगढीको मुहार
Latest NewsJust now

फेरिँदै गमगढीको मुहार

हरिकृष्ण ऐडीमुगु, मङ्सिर १३ गते । राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि गमगढी बजारको स्वरूप फेरिँदै गएको छ । सडक पूर्वाधार विस्तार, आधुनिक भवन निर्माण तथा आधारभूत सेवा सुविधामा सुधार भए... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement