Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
Photo / Coverage: नेपालन्युज

भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ। भोजपुर र खोटाङ जिल्लाका किसानले उत्पादन गरेका कृषि उपजको एकीकृत सङ्कलन, भण्डारण, संरक्षण तथा बजारीकरणलाई व्यवस्थित गर्दै किसानलाई बजारसँग जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको केन्द्रका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरेको छ। भारत सरकारको सहयोगमा निर्माण हुने उक्त केन्द्रको ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुने र बाँकी पाँच प्रतिशत तथा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गाउँपालिकाले व्यहोर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए । उनका अनुसार निर्माण प्रक्रिया अघि बढाउन गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेको छ । केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन प्रणाली, कृषि उपज सङ्कलनस्थल, वर्गीकरण तथा प्राथमिक प्रशोधनका सुविधाहरू रहनेछन् । विशेषगरी तरकारी, फलफूललगायत स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजलाई सुरक्षित रूपमा भण्डारण गरी आवश्यकताअनुसार बजारसम्म पुर्याउन केन्द्रले सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । उचित बजार तथा भण्डारणको व्यवस्था नहुँदा कतिपय किसानले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको छ । उत्पादित बस्तु बजारसम्म पुर्याउन र लामो समयसम्म सुरक्षित राख्न नसक्दा कृषि उपज खेर जाने समस्या थियो । गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भोजपुर र खोटाङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने पाँचधारेमा दुवै जिल्लाका कृषि उपजलाई एकीकृत रूपमा सङ्कलन तथा भण्डारण गर्ने लक्ष्यसहित केन्द्र निर्माण गर्न लागिएको बताए । उनका अनुसार केन्द्र निर्माणपछि मुन्दुम पदमार्गमा पर्यटन प्रर्वद्धनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ । किसानले उत्पादन गरेका वस्तु सङ्कलन गरी आवश्यकताअनुसार भण्डारण र बिक्री गर्न सकिने भएपछि उत्पादन बढाउन तथा नयाँ खेती प्रणाली अपनाउन किसानलाई प्रोत्साहन मिल्ने छ । गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै स्थानीयस्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य पनि लिएको छ । गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार केन्द्र निर्माणले कृषि उत्पादनको बजारीकरण सहज हुने तथा पाँचधारे आसपासका क्षेत्रमा व्यापारिक गतिविधि विस्तार गर्न पनि सहयोग पुग्नेछ । उक्त गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले केन्द्र निर्माणले स्थानीय उत्पादनको सङ्कलनदेखि बिक्री वितरणसम्मको व्यवस्था एउटै संरचनाबाट गर्न सकिने भएपछि टेम्केमैयुङसहित आसपासका क्षेत्रका किसान लाभान्वित हुने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
२३७.१७ किलोग्राम गाँजासहित गाडी बरामद
Latest NewsJust now

२३७.१७ किलोग्राम गाँजासहित गाडी बरामद

प्रहरीका अनुसार शनिबार साँझ करिब ५:४० बजे अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई शंकास्पद लागेर चेकजाँच गर्न खोजिएको थियो । तर, चालकले गाडी नरोकी तीव्र गतिमा भगाएका थिए । ...

कान्तिपुर
उद्योगले दिए पाँच हजारलाई रोजगारी
Latest NewsJust now

उद्योगले दिए पाँच हजारलाई रोजगारी

दार्चुला समाचारदातादार्चुला, मङ्सिर १३ गते । दार्चुलामा २० करोड ५२ लाख रुपियाँ बराबरको पुँजी लगानी रहेका उद्योगले यहाँका पाँच हजार ८४७ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । ‘दार्चुल... ...

गोरखापत्र
वाम एकताको अलमल
Latest NewsJust now

वाम एकताको अलमल

नेपाली कम्युनिष्ट राजनीतिमा एकताको चर्चा नयाँ होइन। फुटेपछि एक हुने, मिलेपछि शक्ति बाँडफाँटमा विवाद गर्ने र सत्ताको समीकरण बदलिँदा फेरि अलग हुने प्रवृत्तिले कम्युनिष्ट आन्दोलनको लामो इतिहास निर्माण गरेको छ। कुनै समय एउटै पार्टीको अध्यक्ष र प्रधानमन्त्री बनेर झन्डै दुईतिहाइको जनमतसहित मुलुकको शासन चलाएका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले फेरि एकताको सम्भावना खोजिरहेका छन्। तर यसपटक उनीहरूका अगाडि ...

नेपालन्युज
फेरिँदै गमगढीको मुहार
Latest NewsJust now

फेरिँदै गमगढीको मुहार

हरिकृष्ण ऐडीमुगु, मङ्सिर १३ गते । राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि गमगढी बजारको स्वरूप फेरिँदै गएको छ । सडक पूर्वाधार विस्तार, आधुनिक भवन निर्माण तथा आधारभूत सेवा सुविधामा सुधार भए... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement