Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

वागमतीका १३ वटै जिल्लाका सरकारी कार्यालयमा नेपाल र तामाङ भाषा प्रयोग गर्ने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
वागमतीका १३ वटै जिल्लाका सरकारी कार्यालयमा नेपाल र तामाङ भाषा प्रयोग गर्ने तयारी
Photo / Coverage: पर्दाफास

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशका १३ वटै जिल्लाका सरकारी कार्यालयमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने तयारी भइरहेको बताएका छन् । नेपाल संवत् ११४७ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले २०८० सालमै नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने ऐन पारित गरी कार्यान्वयनमा ल्याएको स्मरण गरे । ऐन कार्यान्वयनमा आए पनि व्यवहारमा भाषाको प्रयोग प्रभावकारी हुन नसकेको स्वीकार गर्दै उनले अब सबै मन्त्रालयका नामपट्ट र लेटरहेडमा नेपाली, नेपाल र तामाङ गरी तीनवटै भाषाको प्रयोग गरिने जानकारी दिए । मुख्यमन्त्री थापामगरले नेपाल भाषा र तामाङ भाषाका विज्ञ सम्मिलित समूह गठन गरी सरकारी कार्यालयको कामकाजमा यी भाषाको प्रयोग विस्तार गर्ने तयारी भइरहेको बताए । विज्ञहरूको सुझावका आधारमा प्रदेशका सबै १३ जिल्लामा भाषाको प्रयोग विस्तार गरिने उनको भनाइ छ । उनले नेपाल भाषा तथा नेवार समुदायको संस्कृति, संस्कार, रीतिरिवाज, कला र बाजागाजाको संरक्षण तथा संवर्द्धनका लागि प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाए । यसै क्रममा प्रदेशका प्रत्येक जिल्लामा राष्ट्रिय विभूति शङ्खधर साख्वाःको नाममा प्रतिष्ठान स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले चालु आर्थिक वर्षमा दोलखामा प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । अन्य जिल्लाबाट माग आएमा त्यहाँ पनि प्रतिष्ठान स्थापनाका लागि बजेट उपलब्ध गराइने उनले बताए । नेपाल भाषाको संरक्षण र विकास काठमाडौं उपत्यकामा मात्रै सीमित नराखी सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र काभ्रेलगायत वागमती प्रदेशका सबै जिल्लामा विस्तार गर्नुपर्नेमा उनले जोड दिए । भाषा र संस्कृतिको संरक्षण प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले नेपाल भाषाको विकासका लागि प्राप्त सुझाव र मागलाई सम्बोधन गरिने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी
OthersJust now

ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखिने हिमशृङ्खला र फराकिला पाटनले परिचित ढोरपाटनमा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । ढोरपाटन सिकार आरक्षको उच्च पहाडी क्षेत्रमा विदेशी सिकारी सिकारमा व्यस्त छन् भने उपत्यका र आसपासका पाटनमा आन्तरिक पर्यटक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनमा रमाइरहेका पाइएको छ । नेपालमा वैधानिक रूपमा सिकार खेल्न पाइने एक मात्र क्षेत्र ढोरपाटनमा अहिले चालु आर्थिक वर्षको पहिलो सिकार ...

पर्दाफास
वृद्धाश्रममा देउसी भैलो
OthersJust now

वृद्धाश्रममा देउसी भैलो

धनकुटा नगरपालिका-९ मुलघाटस्थित वृद्धाश्रममा बाजागाजासहित पुगेको कलाकार टोलीले देउसीभैलो, गीत तथा नृत्य प्रस्तुत गर्दै त्यहाँ आश्रित ३६ जना ज्येष्ठ नागरिकलाई खुसी बाँडेका छन् । ...

अनलाइन खबर
प्रहरी सहायक हवल्दार गुरुङ मृत फेला
OthersJust now

प्रहरी सहायक हवल्दार गुरुङ मृत फेला

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवल्दार मृत फेला परेका छन् । गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत करिब ३६ वर्षीय अर्जुन गुरुङ झुन्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । बिहान करिब ४ः३० बजे ओमनगरस्थित एक घरनजिकैको जस्ताको ट्रसमा गुरुङ झुन्डिएको अवस्थामा फेला परेका हुन् । ...

पर्दाफास
पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी
OthersJust now

पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

यही तिहार तथा आगामी छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढ्न थालेपछि प्रहरीले त्यस्ता वस्तुको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप कडाइ गरेको छ । जिल्लामा पटाका पड्काउने क्रममा छर्राले लागेर बालबालिकाको मृत्यु भएपछि प्रहरीले त्यसको नियन्त्रणमा थप निगरानी बढाएको हो । गत सोमबार मात्रै पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाकाको छर्रा लागेर पाँच वर्षीय बालक कुन्दन सहनीको मृत्यु भएको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play