Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

Share:WhatsAppFacebookX (Twitter)Telegram
पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी
Photo / Coverage: पर्दाफास

यही तिहार तथा आगामी छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढ्न थालेपछि प्रहरीले त्यस्ता वस्तुको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप कडाइ गरेको छ । जिल्लामा पटाका पड्काउने क्रममा छर्राले लागेर बालबालिकाको मृत्यु भएपछि प्रहरीले त्यसको नियन्त्रणमा थप निगरानी बढाएको हो । गत सोमबार मात्रै पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाकाको छर्रा लागेर पाँच वर्षीय बालक कुन्दन सहनीको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयले सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्रिने पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोगलाई नियन्त्रणमा विशेष गस्ती र निगरानी बढाएको नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । उनका अनुसार, चाडपर्वका बेला ग्रामीण बस्ती तथा बजार क्षेत्रमा पटाका सहजै उपलब्ध हुने अवस्था भएपछि प्रहरी प्रशासनले निगरानी र नियन्त्रण संयन्त्रलाई सक्रिय बनाएको छ । त्यस क्रममा प्रहरीले सीमा क्षेत्रदेखि ग्रामीण बस्तीसम्म निगरानी बढाएको छ । प्रहरीले यसअघि पनि चाडपर्वमा पटाका र विस्फोटकजन्य सामग्रीबाट टाढा रहन पटक–पटक अनुरोध गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
झापामा बजार बढ्यो, अग्नि नियन्त्रणको पूर्वाधार उस्तै
OthersJust now

झापामा बजार बढ्यो, अग्नि नियन्त्रणको पूर्वाधार उस्तै

झापाका प्रमुख बजारको स्वरूप फेरिँदै गएको छ । व्यापारिक भवन, होटल तथा आवासीय संरचना थपिने क्रम बढेसँगै व्यापारिक गतिविधि र सहरीकरण पनि तीव्र बनेको छ तर बजारको बदलिँदो स्वरूपअनुसार विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वाधार विस्तार हुन सकेको छैन । विशेषगरी आगलागी नियन्त्रणका लागि चाहिने आधारभूत पूर्वाधारको अवस्था उस्तै छ । दमकलको व्यवस्था भए पनि तत्काल पानी भर्न सकिने खानेपानीको पाइपलाइनबाट दमकलमा ...

पर्दाफास
ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी
OthersJust now

ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखिने हिमशृङ्खला र फराकिला पाटनले परिचित ढोरपाटनमा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । ढोरपाटन सिकार आरक्षको उच्च पहाडी क्षेत्रमा विदेशी सिकारी सिकारमा व्यस्त छन् भने उपत्यका र आसपासका पाटनमा आन्तरिक पर्यटक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनमा रमाइरहेका पाइएको छ । नेपालमा वैधानिक रूपमा सिकार खेल्न पाइने एक मात्र क्षेत्र ढोरपाटनमा अहिले चालु आर्थिक वर्षको पहिलो सिकार ...

पर्दाफास
स्वर्णिम वाग्ले टाइमको प्रभावशाली १०० सूचीमा, रास्वपाले भन्यो : नेपालको गौरव
OthersJust now

स्वर्णिम वाग्ले टाइमको प्रभावशाली १०० सूचीमा, रास्वपाले भन्यो : नेपालको गौरव

यसलाई रास्वपाले ठूलो उपलब्धि भन्दै वाग्लेको प्रयास सम्मान मात्र नभई जलवायु संकटले प्रत्यक्ष असर पारिरहेका नेपालजस्ता देश र समुदायका सरोकारप्रति विश्वको ध्यानाकर्षण भएको बताएको छ। ...

अनलाइन खबर
वृद्धाश्रममा देउसी भैलो
OthersJust now

वृद्धाश्रममा देउसी भैलो

धनकुटा नगरपालिका-९ मुलघाटस्थित वृद्धाश्रममा बाजागाजासहित पुगेको कलाकार टोलीले देउसीभैलो, गीत तथा नृत्य प्रस्तुत गर्दै त्यहाँ आश्रित ३६ जना ज्येष्ठ नागरिकलाई खुसी बाँडेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play