काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११४७, म्हः पूजा, गोवर्द्धन पूजा तथा हल तिहारका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्। उनले मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका प्रतीक यी पर्वले सबैको जीवनमा सुख, समृद्धि र सद्भाव कायम गरून् भन्ने कामना गरेका छन्। म्हः पूजाले आत्मसम्मान र आत्मशुद्धि, गोवर्द्धन पूजाले प्रकृति तथा पर्यावरणप्रतिको कृतज्ञता र हल तिहारले कृषि संस्कृतिको गरिमा उजागर गर्ने ओलीले उल्लेख गरेका छन्। उनले म्हः पूजा, गोवर्द्धन पूजा तथा हल तिहारको शुभकामना दिँदै नेपाल संवत्को अवसरमा ‘न्हु दँया भिन्तुना’ समेत व्यक्त गरेका छन्।
ओलीद्वारा नेपाल संवत् र म्हः पूजाको शुभकामना

Read Complete Original Article
Published originally on नेपालन्युज






