काठमाडौं । रुकुम पूर्वकी १६ वर्षीया सदिक्षा ओलीले आफ्नै खर्चमा काठको पुल निर्माण गरेकी छन्। दोमाई खोलामाथि रहेको पुरानो पुल भत्किएपछि सम्बन्धित निकायले पुनर्निर्माणमा चासो नदेखाउँदा उनले आफ्नै पहलमा पुल बनाएकी हुन्। ओलीको यो पहल गत अगस्टमा सामाजिक सञ्जालमा भाइरल भएको भिडियोपछि चर्चामा आएको थियो। उनले फेसबुकमा भिडियो सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘प्रचण्ड बाजे’ सम्बोधन गरेर भत्किएको पुल बनाइदिन आग्रह गरेकी थिइन्। उनको उक्त भिडियो ४८ घण्टामै १३ लाखभन्दा बढी पटक हेरिएको थियो। पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि १६ वर्षीया ओली आफैँ पुल निर्माणमा जुटेकी हुन्। उनले आफ्नै पैसा खर्च गरेर काठको पुल बनाएपछि स्थानीय बासिन्दा र विद्यालय जाने बालबालिकालाई खोलो वारपार गर्न सहज भएको छ।
रुकुमकी १६ वर्षीया सदिक्षाको साहस : आफ्नै खर्चमा बनाइन् खोलामाथि पुल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






