वर्षाका कारण विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल वर्षाका कारण ५ ओभरमा सीमित गरिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षापछि पानी जमेकाले खेल निर्धारित समयमा सुरु हुन नसकेपछि ओभर घटाइएको हो। निर्धारित तालिकाअनुसार साँझ ५ बजे सुरु हुनुपर्ने खेल अब साँझ ७ बजेर ४१ मिनेटमा सुरु हुने तय भएको छ। खेलका लागि टस साँझ ७ बजेर २५ मिनेटमा हुनेछ। संशोधित खेल तालिकाअनुसार दुवै टोलीले ५–५ ओभर खेल्नेछन् भने दुई इनिङ्सबीच १० मिनेटको विश्राम हुनेछ। वर्षाका कारण प्रभावित खेल छोट्याइएपछि दुवै टोलीबीचको प्रतिस्पर्धा थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

एनपीएलमा विराटनगर र सुदूरपश्चिम मैदानमा, सुदूर बलिङमा, मात्र पाँच ओभरको खेल
खेलमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ रोजेको छ । ...

सुदूरपश्चिमविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको खेलमा विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ। शनिबार राति ९ बजे टस भएको हो। सुदूरपश्चिम रोयल्सले टस जितेर विराटनगरलाई ब्याटिङका लागि निम्त्याएको छ। ...

जुगल-२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको छ हजार ५१८ मिटर अग्लो जुगल-२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल-२ को सफल... ...

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट विवरण लिएर मतदाता नामावली अद्यावधिक तथा विवरण प्रमाणीकरण गर्ने भएको छ । निर्वाचन आयोग र विभागबीच व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा... ...


