वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ । प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार चक्रवात ‘अरनब’को प्रभाव यही कात्तिक १३ गते शुक्रबारदेखि नेपालमा पर्न सक्ने अनुमान गरिएको छ । यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षा हुन सक्नेछ । त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको प्राधिकरणले जनाएको छ । सम्भावित विपदबाट जोगिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी र खोलाका किनार एवम् बाढीको जोखिम भएका क्षेत्रमा नबस्न प्राधिकरणले अनुरोध गरेको छ । त्यसैगरी, मौसम पूर्वानुमान र आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न तथा विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले आपतकालीन अवस्थामा आवश्यक सहयोग लिन मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीको १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न अनुरोध गरेको प्रवक्ता केसीले जानकारी दिए ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ हुम्लामा
• श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकलाई समान सेवा र सुविधाको आवश्यकता औंल्याए। • उनले ग्रामीण क्षेत्रमा सेवा र सुविधाको असमान वितरणका कारण जनसंख्या घट्दै गएको बताए। • सांसदले तुइनबाट नदी तर्नुपर्ने बाध्यता हटाउन झोलुङ्गे पुल निर्माणको प्रतिबद्धता जनाए। ...

दसैँ बिदामा पर्यटकको रोजाइमा राराताल
उनका अनुसार सुर्खेत हुँदै आउने हरेक दिन ५० भन्दा धेरै पर्यटकका गाडी राराताल जाने गरेका छन् । २०० भन्दा धेरै मोटरसाइकलमा पर्यटक आउने गरेका छन् । ...

एनपीएल: आज पोखरा र सुदूरपश्चिम भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एउटा मात्र खेल हुँदै छ । ...

तिहारमा बाउन्न लाख माला चाहिने, ८९ प्रतिशत स्वदेशी उत्पादन
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक ११ गते । यस पटकको तिहारमा मुलुकभर झन्डै ५२ लाख गोटा माला खपत हुने भएका छन् । तिहारमा सयपत्री र मखमलीको माला बढी खपत हुने गर्छ । फ्लोरिकल्चर एस... ...


