Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/लोककथा : छली कपटी दुष्टको जुनि, पटक्कै हुँदै नहुनी

लोककथा : छली कपटी दुष्टको जुनि, पटक्कै हुँदै नहुनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
लोककथा : छली कपटी दुष्टको जुनि, पटक्कै हुँदै नहुनी

यो संसारमा सबभन्दा खराब नजिकको शत्रु हुन्छ । त्यसैले भन्छन् पहिलो शत्रु दाजुभाइका लागि दाजुभाइ र दिदीबहिनीका लागि दिदीबहिनी नै डाढे र शत्रु हुन्छन् । यहाँ त्यस्तै यो धनी दिदी र गरिब बहिनीको लोककथा हो । उहिल्यैको कुरा हो बाह्रमुले भन्ने गाउँमा दिनानाथ भन्ने धनी मानिस बस्दथे । उनको धनी भइकन पनि असाध्यै डाढे पुतली नाम गरेकी स्वास्नी थिइन् । उनी धनकी धनी भए पनि मनकी साह्रै गरिब थिइन् । अर्कैको लोभ र डाहमा उनको जीवन बितिरहेको थियो । उनको घरभन्दा अलिक पर खोरियामा बहिनीको घर थियो । ती बहिनीले दुःखजिलो गरेर यसो केही उब्जाइन् भने पनि उनको आँखामा लोभले बिझाएकै हुन्थ्यो । बहिनीको परिवारलाई वर्षभरि खान आफ्नो खेतीले मुस्किलै पर्थ्यो । केटाकेटीको पेट बढ्दै आइरहेका थिए । वस्तुभाउ पाल्न सजिलो भएकाले हरसाल खसीबोका बाख्रा र भैंसी ब्याउने भएपछि बेच्थे । त्यसैले अनिकाल टारिरहेको थियो तर कुनै पनि वर्ष साँचोमुचो हुने पुँडो सार्ने काम हुँदैन थियो । ठिकठिकैमा दिन गुजारिरहेका थिए । जहाँ पातलो उहीँ छेड भनेझैँ एक साल आटप्य ठूलो अनिकाल पर्‍यो । आफ्नो खेतीको कोदो र मकै दाउनकै लागि मात्र बनाउनुपर्ने भयो । कुनै पनि छाक वैशाख लागेदेखि पेटभरि पुग्नेगरी ढिँडो च्याख्ला पाकेन । एक दिन दिदीको तैपनि दया हुन्छ कि अथवा हिसाब शान्ति कोदो मकै दिइन् भने माग्नुपर्‍यो भनेर बिहान खोलेफाँडो केटाकेटी जहान परिवारलाई खुवाएर आफूले पनि डाडुपुन्यु चाटेर भए पनि सन्तोक गरी दिदीकहाँ गइन् । बहिनी आएको देख्नेबित्तिकै अहो कस्तो बेला पारेर आइछ गुनु ! (प्यारो गरेर चेपारे बोलीमा गुनालाई गुनु, मन नपरे हेला गरेरभन्दा गुने, सामान्य बोलीचालीमा अघिपछि गुना) यस्तै भाष्य संस्कार हाम्रो समाजमा छ) । ठूलीआमा लिनुस् पाथी भनेर दियो । ठूलीआमाले पाथी तानिन् आएन । ढल्काएर तानेको फुत्त भुइँमा असर्फी खस्यो । त्यो सानु फुच्चे हेरिरहेको थियो । उसलाई अनौठो लाग्यो हेरिरह्यो । लोभको भाँडो उभिण्डो हत्तपत्त पाथी फर्काई हालिन हौसिएर अरू चारवटा त्यही पाथीको पिँधको खोटोमा टाँसिइरहेको रहेछ । तानीतानी निकालिन् । तँ आइपुगिस्, मेरो टाउकोमा आगो फुक्या छ बाबै, लौन भनेर थपक्क गुन्द्री ओच्छ्याएर पिँढीमा बसिन् । दिनभरि टाउकोमा जुम्रा मारी ठुग हानी गुनुले तर साँझ पर्न लाग्यो दिदी छोराछोरी भोकाए म त घर जान्छु भनेको मात्र थिई, दुबै हातमा औंलाका नङमा मारेका जुम्रा खाँदेर कालै देखाउँदै टाउकातिर कोपरी दुष्ट आइमाईको सक्कली रूप देखाई पुतलीले फरर । बोल्दै नबोली गुनु घरतिर बाटो लागी । कर्मैले गरिहुन्छ जन्म जनको, कर्मै छ दुःखसुख दिने । भनेर बेलाबेला बाले तँ सोझी छेस्, दुःख पाउछेस् कि गुनु भनेको सम्झेर बरर आँसु झार्दै आँगनको डिलमा पुग्दा त छोराछोरीले रुँदै फरिया फेर समातेर एकैस्वरमा आमा भोक लाग्यो भने । छोराछोरीलाई भोकको आगोले पेट पोल्यो । आमाबाउलाई भोकभन्दा पनि छोराछोरीको पिरले र अनिकालले राँकै बाल्यो । गुनुले भनिन् नानी बा ! तपाई अँगेनामा आगो फुक्दै गर्नु म अलिकति सिस्नु लिएर आउँछु भन्दै खोल्साको सिस्नुघारीतिर लागिन् । रुँदैरुँदै सिस्नाको मुन्टा चिम्टाले टिप्दै गइन् । आज कसैले पनि मुन्टा नटिपेर हो कि झपाझप पछेउरामा सिस्नु त धेरै नै भएछ । यतिखेर ठूलो साँझ टरिसकेको थियो । अई गुनु तैँले धेरै दुःख पाइस् म तेरो भावी हककु मलाई बोकेर घर लैजा । को होला ? म ! म ! यसो झाँङमा हेर्छिन् त भालु पो छ । ‘तैँले धेरै दुःख पाएकीले तेरो उद्धार गर्न आएको हुँ’ भनेपछि पछौराले बोक्ने पटुकाले छोप्ने गर्दै घरमा पुग्ने बित्तिकै मलाई यहीँ राखेर ऊ त्यहाँ पोत, बत्ती बाल र मलाई त्यहाँ लैजाओ अनि तिमीहरू सबै बाहिर जाओ भने । जेजे भने त्यो सबै गरिसकेर परिवार बाहिर पिँढीमा लहरै बसे । भित्र भोलिबिहान नभई भित्र कोही नआउनू भनेकाले गुनुले बाहिरकै मकाएको थाक्रामुनिको चुलढुङ्गामा अघि नै नानीबाबुले ल्याइराखेको दुई मुठी पिठो उसिनेको सिस्नुमा दाउन हालिन् र नुन राखिन् । निभाराको बाक्लो पातको दूना ल्याए नानीका बाउले । त्यसैमा अड्कली अड्कली गुनुले खोले राखिदिइन् । खुशी भएर नानीबाबुले खान लागेका थिए । गुनुले भनिन् तातो र झोलिलो छ बिस्तारै खाओ औंलाले तातो विचार गरेर । बाउले भने बढी तातो नखाओ है गर्मीको बेला छ त्यसमा पनि सिस्नाले गर्मी हुन्छ । रनक्क जिउ तताउँछ । बाबुआमाको अर्ति सुन्दै बिस्तारै सुरुप्पसुरुप्प पार्दै गए । नानीहरू अघाएपछि बाँकी रहेको दुईचार दुना बुढाबुढीले खाए । एकछिन शीतलमा बसेर सिस्नु टिप्न जाँदा भावी भेटेर ल्याएको कुरा खुसुक्क कानमा बुढालाई सुनाइन् । अनि पिँढीमा लहरै सुते । भोलिपल्ट बिहानै नुहाईधुवाई गरेर भित्र पसे । भित्र त झलमल्ल सुनाम्मे रहेछ । असर्फीको त गोदामै रहेछ खोपीको खाटमा । दङ्ग परे तब दुवैले ईश्वर भावीलाई मनमनै नमस्कार गरे । हातले असर्फी छोएर ढोगे । अनि नानी बाउलाई गनुले भनिन् जानु दिदी कहाँबाट पाथी मागेर ल्याउनु । म यो तलामा लगेर राख्दैगर्छु । हुन्छ हुन्छ म गएँ पाथी लिन भनेर बाटो लागे । त्यो दिन बिहानै बहिनी जुवाइँ पाथी माग्न भनेर आए । सासू पाथी दिनु न मलाई भने । ए ! त्यतै बाहिर खाटमुनि होला हेर्नुस् न भनिन् । जुवाइँले भने छैन यहाँ त । अहो म पनि कस्तो भुलेकी तलैमा छ, पख्नुस् है म ल्याईदिन्छु भनिन् र तलाबाट एकछिन्मा पाथी लिएर आइन् र पिँढीको छेउमा राखिदिइन् । जुवाइँले पनि एक हातले पाथी समातेर झुण्ड्याउँदै घर लगेर गुनालाई दिए । माथि तलामा बसेर बुढाबुढी भएर असर्फी भरे । पाँच पाथी भयो । एक पाथी बाहिर राखेर अरू गाग्रीमा हालेर अगेना छेउमा राती गाडेर राख्ने सल्लाह गरे । कपटी दिदीले के कपट गरिरहेकी छ सोझी गुना र नानीबाबुलाई के थाहा ? काम सकिएको पाथी किन राखिरहनु भनेर, छोरालाई बाबु तँ यो पाथी ठूलीआमाकोमा पुर्‍याएर आउन सक्छस् ? भनिन् । छोराले सक्छु- सक्छु भन्यो, केटाकेटी ठूलीआमाकोमा जाँदा केही खान पाइएला कि भनेर लोभिँदै पाथी लिएर गयो । ठूलीआमा पिँढीमा बसिरहेकी रहिछिन् । ठूलीआमा लिनुस् पाथी भनेर दियो । ठूलीआमाले पाथी तानिन् आएन । ढल्काएर तानेको फुत्त भुइँमा असर्फी खस्यो । त्यो सानु फुच्चे हेरिरहेको थियो । उसलाई अनौठो लाग्यो हेरिरह्यो । लोभको भाँडो उभिण्डो हत्तपत्त पाथी फर्काई हालिन हौसिएर अरू चारवटा त्यही पाथीको पिँधको खोटोमा टाँसिइरहेको रहेछ । तानीतानी निकालिन् । यो सबै हेरिरहेको फुच्चेलाई देखेर झल्याँस्स भएर असर्फी लुकाउँदै भनिन् ए तँ गएको छैनि् ? छैन नि, म जाऊँ है ठूलीआमा भन्यो । जा नि छैन बस पनि छैन । उसको पालो केटाकेटी त पर्‍यो गुरुरुर कुद्यो घरतिर । पुग्नेबित्तिकै भन्यो, क्या आमा ठूलीआमाको पाथीको तल त पहेँलो पैसा रहेछ ? के भन्छ यो ए नानी बा ? के बाबु यता आत भने बाले, कतिवटा रहेछ साने पहेलो पैसा ? पाँचवटा रहेछ ठूलीआमाले नङले कोट्याएर झिकेको बा कति राम्रो थियो । ल भो यो कुरा कसैलाई नभन है । हस् । दुईजना एकै ठाउँमा जोडिएर भने, ‘यी दिदी कतिसम्मकी कपटी र डाढे रहिछिन् देख्नु भयो बुढा खोटो टालेर पठाइछन् । हुन दे पाथीको पनि भारा पो तिरियो त हगि’ भन्दै चुपचाप घर धन्दामा लागे । दुई दिनपछि ढाड दुःखेको बाहना गरेर काँचो सिम्रिक, राइफल तेल नभए रायोको तेल छ भनेर सोध्दै आइपुगिन् । घर छोडेर फिटिक्क बाहिर ननिस्कने मान्छे दिनैभरि गुनाकै धरमा बसी । निहुँ निहुँसँग गुनासँ सबैकुरा सोध्न थालेपछि यो कपटीलाई म पनि सबै सत्य किन भनुं भन्ने लागेर आयो । त्यसदिन घरमा खानेकुरा निखित्तै भएकाले म तिम्रो घर केह पाउँछु कि भनेर गइथे । पुग्नेबित्तिकैबाट बसेको घाम डाँडामा बसिसक्यो केही न केही भएपछि म उठेर बोल्दै नबोली घर आएँ । नानीबाबुहरूले माकुरामाउलाई झैँ घेरेर खान्छन् कि झैँ गरेपछि जुवाइँलाई आगो फुक्न लाएर म खोल्सामा झुपुक्क सिस्नु थियो त्यही टिप्न गएँ । आत्तुरी गरेर रुँदै टिप्दै गरिराथेँ अगाडिपट्टि एउटा भालु देखापर्‍यो । मतिर हेरेर भालुले भन्यो मलाई लगेर तेरो घरमा पाल म तँलाई जे माग्यो त्यही दिन्छु भनेकाले मर्नुमर्नु बरु खुट्टै तानेर मर्छु भनेर घरमा बोकेर ल्याएँ । भित्र पूजाकोठामा गाईको गोबरले पोत बत्ती बाल भन्यो । मैले जेजे भन्यो त्यहीत्यही गरेँ । हामीलाई त्यस रात भित्र सुत्न दिएन, सबै बाहिर पिँढीमा सुत्यौँ । तिमीहरू के माग्छौ भन्यो हामी त धन माग्छौँ भन्यौँ । त्यसो भए तिमीहरूलाई जे चाहिन्छ चाहिया बेलामा ‘छेर भालु, क्षेर’ भन्नु म देखिए नि नदेखिए नि ह्वाररर्र असर्फी वा तिमीले मागेको कुरा झर्छ टिपेर लिनु भन्यो । अनि हामी आएर सुत्यौँ । बिहान हेर्दा त असर्फी खसालेर गएछ । ए हो त्यसो पो गरेछ भनेर लेग्रो तानिन् । अनि जे लिन आएको बिर्सेछु ले त के के छ । भित्र पसेर गुनुले ल्याएर नाङ्लामा राखिदिइन् । पुतलीको पालो टिपेर पोल्टामा हालेर पटुका कस्तै घरतिर बाटो लागिन् । ‘आहारिसे मरिजा देखासिके गरिजा’ भनेझैँ यी कपटी दुष्ट आइमाई पुतली भोलिपल्टै ठूलोसाँझ टरेपछि खोल्साको सिस्नाको गाँजमा चिम्टा र खास्टो लिएर गइछन् । यसो यताउता हेर्दै साक्कसुँक्क गर्दै सिस्नु टिप्दै गरेकी पुतलीको अलि अगाडि धुमधुम्ती भालु बसिरहेको देखी र भनी ‘म बोकुम् है, बोक् कि नबोक, म घर लैजाऊँ है, लैजा कि नलैजा’ तै पनि बोकेर घर लगी । पुतलीले भनी म पोतुँ है ? ‘पोत कि नपोत ।’ म अब बत्ती बालुँ है । बाल कि नबाल । पूजा कोठामा लगेर राखी । म अब बाहिर जाउँ है । जा कि नजा । म मन्त्र भनुँ है । भन कि नभन । पुतलीलाई पनि यति बेलासम्म श्रींग्गी चढिसकेकोले भनी, छेर भालु छेर ‘छेर भालु छोर’ भालुले भटटट छेर्‍यो । लौ धन दियो भन्ठानेर फेरि भनी ‘छेर भालु छेर’ ‘छेर भालु छेर’ ऊ घरभरि सम्पत्ति हुनेभयो भनेर मक्ख पर्दै धन्सारको आफ्नो ओच्छ्यानमा सुत्न गई । पुतली उठ्नु अघिनै बुढो चाहिँ उठेर भित्र गयो । ढोकैदेखि गनाएर खप्नै सकेन । त्यसपछि हुक्का चिलिम लिएर निस्कन्छु भनेर टाँडतिर गएको मझेरीमा पछारिएर नजिकै सिलौटामा टाउको ठोक्किएर करायो मरेँ बाबा मरेँ । ए पुतली कपटी केल्याइस् दुष्ट हिजो घरमा देसान् ? घरैभरि छेरेको छ गनाएर नाक फुट्न लाग्यो लडेर टाउको ठोक्कियो । ‘यहाँ आइज त तेरो देवताले के गरेर गएको छ हेर ।’ भनेर करायो । पुतली ढोकाबाट भित्र छिरेर हेर्छे त घर होइन घर त नरककुण्ड पो भएछ थुक्क ! पापी ऊ ‘देला भनेर घर ल्याएँ’ गु पो दिएर गएछ । बुढोले भन्यो कपटी र दुष्टलाई यस्तै हुन्छ बुझिस् । अर्काको खोजी पाँसुली गर्नेलाई हुने नै यस्तै हो । ‘छली कपटी दुष्टको जुनि, पटक्कै हुँदै नहुनी ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

त्रिशूली–बेत्रावती सडक भासियो, यातायात ठप्प
ताजा खबरJust now

त्रिशूली–बेत्रावती सडक भासियो, यातायात ठप्प

लगातार वर्षाले खसेको पहिरोका कारण नुवाकोटको त्रिशूली–बेत्रावती सडक अवरुद्ध भएको छ। बेत्रावतीस्थित अगिटार क्षेत्रमा पहिरोले सडकको ठुलो भाग नदी किनारतर्फ भासिएपछि यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको हो। लगातार झरीका कारण जमिन कमजोर बनेपछि सडकको ठुलो हिस्सा भासिएर नदीतर्फ खसेको छ। सडक नै भासिएपछि उक्त खण्डमा सवारीसाधन आवतजावत गर्न नसक्ने अ... ...

नेपालखबर
प्रतिदान (कविता)
ताजा खबरJust now

प्रतिदान (कविता)

घोकेर सिक्न सकिने गणितको सहज सूत्र होइन यो प्रेम ।रुखले प्राणवायु दिए झैँ आमाले नित्य छर्नुभयो मभित्र प्रेमको किरणर, प्रतिदानमा मैले संसारलाई प्रेम गरिरहेँ ।टप्प टिप्न सकिनेबाटोमुन... ...

गोरखापत्र
मस्तिष्कघातमा ढिलाइको मूल्य
ताजा खबरJust now

मस्तिष्कघातमा ढिलाइको मूल्य

बोल्दाबोल्दै अचानक बोली लरबराउन थाल्यो। हिँड्दाहिँड्दै शरीरको एक भाग कमजोर भयो। अनुहार एकातिर बाङ्गियो वा आँखाको दृष्टि धमिलो भयो। यस्तो अवस्थामा सामान्य कमजोरी होला भनेर बेवास्ता गर्दा मानिसको जीवन नै जोखिममा पर्न सक्छ। किनकि यी मस्तिष्कघात अर्थात् ‘स्ट्रोक’ का संकेत हुन सक्छन्। मस्तिष्कघातले केही मिनेटअघिसम्म सामान्य अवस्थामा रहेको मानिसको जीवन अचानक बदल्न सक्छ। उपचारमा भएको ढिलाइले मस्तिष्कमा स्थायी क्षति पुग्न सक्छ। ...

नेपालन्युज
माटोको सुवास (कविता)
ताजा खबरJust now

माटोको सुवास (कविता)

आमाले कोदो रोप्दारोप्दैआमाको न्यानो गर्भले रमाना दिएपछिहाजिर भएकी हुँ यस सुन्दर धर्तीमास्पर्श गर्न पाएकी हुँ माटोको स्वाद !माटोसँगै बसेको हो पहिलो प्रेममाटोमै लागेको हो जीवनको सुन्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play