Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

लेकसाइडमा ‘अपरेसन सभ्यता’: तीन दिनमा ४४ जना कारबाहीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
लेकसाइडमा ‘अपरेसन सभ्यता’: तीन दिनमा ४४ जना कारबाहीमा
Photo / Coverage: केन्द्रबिन्दु

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’अन्तर्गत गत बुधबारदेखि शुक्रबारसम्ममा अवैध गतिविधिमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । मादक पदार्थ सेवन गरी झैझगडा गर्ने २८, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने छ, प्रहरीसँग झैझगडा र वादविवाद गर्ने पाँच, हतियार लिई हिँड्ने दुई, महिला तथा बालबालिकामाथि दुर्व्यवहार गर्ने दुई र झण्डीबुर्जा खेलाउने एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामजी देवकोटाका अनुसार सोही अवधिमा ८१ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ । तीमध्ये ५७ जना सवारीसाधनका चालकलाई मादकपदार्थ सेवन गरेको अवस्थामा र एक जना सवारीचालकलाई अन्य ट्राफिक कारबाही गरिएको उनले जानकारी दिए । तेइस वटा सवारीसाधनलाई वडा प्रहरी कार्यालय, बैदाममा राखी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको हो । पोखरा महानगरपालिका–६ स्थित लेकसाइड क्षेत्रमा पछिल्लो समय बढ्दै गएका अवैध गतिविधि नियन्त्रणका लागि प्रहरीले यही कात्तिक १८ गतेदेखि ‘अपरेसन सभ्यता’ सुरू गरेको थियो । उक्त अपरेसनअन्तर्गत हालसम्म १४० जना व्यक्ति र २९३ वटा सवारीसाधनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झैझगडा, आपसी विवाद, पर्यटकलाई दुर्व्यवहार गर्नेजस्ता अनैतिक तथा अवाञ्छित गतिविधिका कारण लेकसाइड क्षेत्रको पर्यटकीय छविमा आँच पुगेको र शान्तिसुरक्षामा खलल पुगेको जनगुनासो बढेपछि विशेष प्रहरी अपरेसन ‘अपरेसन सम्भयता’ सुरु गरिएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
Latest NewsJust now

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

काठमाण्डु – विश्वासको मत नपाउने सम्भावना देखेपछि मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन् । दुई गठबन्धन दल एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले समर्थन फिर्ता लिएपछि विश्वासको मत पाउने सम्भावना नरहेपछि मुख्यमन्त्री यादवले शनिबार राजीनामा दिएका हुन् । प्रदेशसभाको शनिबार बसेको बैठकमा मुख्यमन्त्री यादवले आफ्नो मन्त्वय राख्दै पदबाट राजीनामा दिएका हुन् ।प्रदेशसभाको दोस्रो कार्यकालमा […] ...

काठमाण्डुपाटी
लेकसाइडमा ‘अपरेसन सभ्यता’: तीन दिनमा ४४ जना कारबाहीमा
Latest NewsJust now

लेकसाइडमा ‘अपरेसन सभ्यता’: तीन दिनमा ४४ जना कारबाहीमा

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’अन्तर्गत गत बुधबारदेखि शुक्रबारसम्ममा अवैध गतिविधिमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । मादक पदार्थ सेवन गरी झैझगडा गर्ने २८, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने छ, प्रहरीसँग झैझगडा र वादविवाद गर्ने पाँच, हतियार लिई हिँड्ने दुई, महिला तथा […] ...

मकालु खबर
बयानका लागि उपस्थित नभएपछि अभिषेक गिरीको घरमा सातदिने सूचना टाँस
Latest NewsJust now

बयानका लागि उपस्थित नभएपछि अभिषेक गिरीको घरमा सातदिने सूचना टाँस

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा बयानका लागि उपस्थित हुन भनिए पनि सम्पर्कमा नआएपछि अभिषेक गिरीको घरमा सातदिने सूचना टाँस गरिएको छ।  ​जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यसअघि नै उनीमाथि अनुसन्धान र बयानका लागि सूचना दिइएको थियो। तर, उनी उपस्थित नभएपछि प्रहरीले उनको घरमै गएर सूचना टाँसेको हो। तोकिएको सात दिनको म्यादभित्र बयान कार्यका लागि उपस्थित हुन उन... ...

नेपालखबर
मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा
Latest NewsJust now

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन् । प्रदेशसभाको अंकगणितीय जोड घटाउमा अल्झिएर सरकार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play