Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

लुम्बिनीविरुद्ध चलेन कर्णालीको ब्याटिङ, १०५ रनमै अलआउट

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनीविरुद्ध चलेन कर्णालीको ब्याटिङ, १०५ रनमै अलआउट
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कर्णाली याक्स लुम्बिनी लायन्ससामू १०५ रनमै समेटिएको छ। कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो र लुम्बिनीलाई जितका लागि १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको हाे । सुरुवाती ब्याटिङ लाइनअप धराशयी बनेपछि कर्णालीका लागि सोमपाल कामीले १८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २८ रन जोडे। त्यस्तै, हुसेन तलातले २२ बलमा २४ रन, गुल्सन झाले १३ रन तथा पवन सर्राफले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट र कसिलो बलिङ प्रदर्शन गरे। लुम्बिनीका लागि अभिशेष गौतम, किशोर महतो, डार्सी सर्ट र कप्तान रोहित पौडेलले समान २-२ विकेट हात पारे भने रुबेन ट्रम्पेलम्यान र शेर मल्लले १-१ विकेट लिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तस्बिरबाटै खतरनाक समुद्री धार पहिचान गर्ने एआई उपकरण तयार
Latest NewsJust now

तस्बिरबाटै खतरनाक समुद्री धार पहिचान गर्ने एआई उपकरण तयार

काठमाडाैँ। अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले समुद्र तटका तस्बिर विश्लेषण गरी सम्भावित रिप करेन्ट (समुद्रको पानी तीव्र गतिमा समुद्रतर्फ फर्कने धार) पहिचान गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित मोबाइल उपकरण विकास गरेका... ...

रातोपाटी
छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकामा पनि तयारी सुरु
Latest NewsJust now

छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकामा पनि तयारी सुरु

काठमाडौं । लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकामा पनि तयारी थालिएको छ । गौरीघाट, विष्णुमति, कुपण्डोललगायत काठमाडौँका बिभिन्न स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको हो । छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ । चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा व्रतालु नदी, ...

केन्द्रबिन्दु
सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने
Latest NewsJust now

सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कात्तिक २९ देखि हुने भ्रमणमा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र विकास सहकार्यबारे अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ । ...

कान्तिपुर
लुम्बिनीले गुमायाे तेस्राे विकेट, राेहित पाैडेल १ रनमा आउट
Latest NewsJust now

लुम्बिनीले गुमायाे तेस्राे विकेट, राेहित पाैडेल १ रनमा आउट

काठमाडाैँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा लुम्बिनी लायन्सले दाेस्राे विकेट गुमाएकाे छ । लुम्बिनीका कप्तान राेहित पाैडेल ११ बलमा १ रन बनाएर आउट भएका छन्... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play