Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Others/लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

10/23/2026, 4:10:35 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डि निवासी २५ वर्षीय अनुभव अग्रवाल छन् । अग्रवाललाई कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत ती सामान ल्याउँदै गरेका बखत प्रहरीले गढवा गाउँपालिका–८, चारखम्बाबाट पक्राउ गरेको जनाएको छ । बरामद गरिएका पटाकाको बजार मूल्य रु दुई लाख १० हजार १३६ बराबरको रहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले जानकारी दिए। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
OthersJust now

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

६ कात्तिक, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बिरुवा गाउँपालिका–२ की ३९ वर्षीया रेवती गुरुङले चलाएको स्कुटर सडकबाट करिब ५० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार शुक्रबार दिउँसो बिरुवा गाउँपालिका–३ ठाँटीस्थित… ...

अनलाइन खबर
रासायनिक मलको विकल्पमा प्रयोग हुँदै गड्यौले मल
OthersJust now

रासायनिक मलको विकल्पमा प्रयोग हुँदै गड्यौले मल

कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने गरेका छन् । रासायनिक मलको अभावमा स्याङ्जाका कृषक विकल्पका रूपमा गड्यौले मलको प्रयोग गर्नेतर्फ आकर्षित भएका हुन् । गड्यौले मलमा अन्य जैविक मलको तुलनामा बिरुवालाई चाहिने अधिक तथा सूक्ष्म पोषक तत्त्वलगायत सूक्ष्म तत्त्व अधिक मात्रामा पाइने भएकाले रासायनिक मलको विकल्पमा गड्यौले मलको प्रयोग बढ्दै गएको हो । गड्यौले मल एक ...

पर्दाफास
नुहाउने क्रममा डुबेर आमाछोरीको मृत्यु
OthersJust now

नुहाउने क्रममा डुबेर आमाछोरीको मृत्यु

६ कात्तिक, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६ घर भएकी ३७ वर्षीया सत्यदेवी कोइराला र उनकै छोरी ९ वर्षीया पुजा खड्काको बिहीबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । नुहाउने क्रममा उनीहरू डुबेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी… ...

अनलाइन खबर
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
OthersJust now

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

६ कात्तिक, तनहुँ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा एक जना पक्राउ परेका छन् । भिमाद नगरपालिका–४ सारडाँडा बस्ने २१ वर्षीय संजय रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । रानाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको केन्द्रीय समाचार कक्षले जानकारी… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play