लाभांश पारित गर्न भिजन लुम्बिनी ऊर्जाले बोलायो साधारणसभा

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न आठौँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको साधारणसभा आगामी मंसिर ३ गते बिहीबार रुपन्देहीको बुटवलस्थित दियालो फुडल्याण्ड, कालिकानगरमा बिहान ९ बजे बस्नेछ। कम्पनीको सञ्चालक समितिले हाल कायम चुक्ता पुँजीको ३.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार कम्पनीले शेयरधनीलाई कर कट्टी गर्नुअघि कुल ७ करोड ४ लाख ६० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्ये ०.१८४२ प्रतिशत अर्थात् ३५ लाख २३ हजार २६ रुपैयाँ ३२ पैसा कर प्रयोजनका लागि छुट्याइनेछ। बाँकी रकम प्रचलित कानुनअनुसार कर कट्टी गरी शेयरधनीलाई वितरण गरिनेछ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ रहेको छ। साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि पेस हुनेछ। त्यस्तै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि निर्णय गरिनेछ। साधारणसभामा सहभागी हुन योग्य शेयरधनी निर्धारण गर्न कम्पनीले कात्तिक १६ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। कात्तिक १५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई राफसाफ तथा शेयरधनी दर्ता किताबमा अद्यावधिक भएका शेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन्। The post लाभांश पारित गर्न भिजन लुम्बिनी ऊर्जाले बोलायो साधारणसभा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान
काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरिएका चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित व्यक्तिहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा... ...

दसैँको साख
आफैँभित्र भरिपूर्ण सुन्दर, समृद्ध शब्द हो झैँ लाग्छ दसैँ । प्रत्येक अक्षरमा विचित्रको रङ्गीचङ्गी चित्र देखिन्छ, यसमा । प्रत्येक ध्वनिमा सुरिलो स्वरकम्पन र बुनोटको बान्कीमा मायावी आ... ...

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल
चितवन।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्। भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन्। भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन्। सरकारको प्राथमिकता भूमिहीन नागरिक र सहकारी पीडितको समस्या समाधानमा रहेको मन्त्री ...
![ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल सञ्चालनमा आउँदै [तस्वीरहरू]](https://kendrabindu.com/wp-content/uploads/2026/10/1792993159-VsUN8.jpg)
ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल सञ्चालनमा आउँदै [तस्वीरहरू]
ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल सञ्चालनमा आउने तयारीमा छ। निर्माण कार्य अन्तिम चरणमा पुगेको पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यद्यपि, पुल उद्घाटनको निश्चित मिति भने सार्वजनिक गरिएको छैन। ललितपुर महानगरपालिका–१३ अन्तर्गत चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा तयार पारिँदै छ। लिफ्टको सुविधासहित निर्माण गरिएको ...


