Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो८ राउण्ड गोली, २ घाइते, ३ पक्राउ

लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो८ राउण्ड गोली, २ घाइते, ३ पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो८ राउण्ड गोली, २ घाइते, ३ पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली चलाएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र नजिकै प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् । पेस्तोल र करिब आधा किलो ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरीको गोली लागेर भारत अररिया, कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन् । दुवै घाइतेको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनीहरूसँगै रहेका मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर पनि पक्राउ परेका छन् । लागुऔषधको ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोली खटिएको थियो । राति करिब ९:३० बजे रतुवामाई नगरपालिका–६ शनिश्चरेमा भारतीय नम्बर प्लेट बीआर ३७ भी ३९२६ र नम्बर नखुलेको अर्को मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले रोक्न खोजेको थियो । ती व्यक्ति भागेपछि प्रहरीले ८ राउण्ड गोली चलाएको थियो । प्रहरीले चलाएको गोली दुई भारतीय नागरिकको घुँडा मुनी लागेको छ । प्रहरीले चाइनिज पेस्तोलबाट ५ राउन्ड र ब्रेडा पेस्तोलबाट ३ राउन्ड गरी जम्मा ८ राउन्ड गोली प्रहार गरेको डिएसपी मिश्रले बताए । प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट एक थान घरेलु पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोली बरामद भएको छ । डिएसपी मिश्रका अनुसार करिब ५०० ग्राम खैरो हेरोइन र मोटरसाइकल पनि बरामद भएको छ । प्रहरीका अनुसार लामो समयदेखि यो समूहले लागुऔषधको कारोबार गर्दै आएको थियो । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी मिश्रले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

प्रस्तावित राजदूत थापाको सुनुवाइ गर्न बैठक आह्वान
ताजा खबरJust now

प्रस्तावित राजदूत थापाको सुनुवाइ गर्न बैठक आह्वान

काठमाडौँ । सङ्‍घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक कात्तिक १६ गतेका लागि आह्वान भएको छ । जापानका लागि प्रस्तावित राजदूत जीज्ञान कुमार थापा, ललितपुरका सम्बन्धमा संसदीय सुनुवाइ गर्न बैठक आह्वान गर्न... ...

रातोपाटी
शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने
ताजा खबरJust now

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान... ...

रातोपाटी
बूढानीलकण्ठ नगरपालिकामा शिक्षक बैंकको बढ्दो प्रभावकारिता
ताजा खबरJust now

बूढानीलकण्ठ नगरपालिकामा शिक्षक बैंकको बढ्दो प्रभावकारिता

काठमाडौँ, कात्तिक १३ गते । बूढानीलकण्ठ नगरपालिकाले नगर क्षेत्रमा भएका सामुुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक बैँक प्रभावकारी बन्दै गएको छ... ...

गोरखापत्र
जेनजी आन्दोलनमा भागेका अभियुक्त १४ महिनापछि काठमाडौँबाट पक्राउ
ताजा खबरJust now

जेनजी आन्दोलनमा भागेका अभियुक्त १४ महिनापछि काठमाडौँबाट पक्राउ

जेनजी आन्दोलनको क्रममा फरार भएका दाङका एक व्यक्ति १४ महिनापछि पक्राउ परेका छन्।  पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका- १० का ३५ वर्षीय रवीन्द्र परियार रहेका प्रहरीले जनाएको छ।  उनलाई बिहीबार काठमाडौँ महानगरपालिका- २६ गल्कोपाखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।  परियार चोरी मुद्दामा पक्राउ परेर तीन ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play