Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

रौतहटमा गोली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
रौतहटमा गोली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। रौतहटको गौर नगरपालिका–४ गढवा टोलमा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। मंगलबार राति करिब ९ः१५ बजे स्थानीय २८ वर्षीय राकेश यादवमाथि पेस्तोलबाट गोली प्रहार भएको हो। गोलीका छर्रा लागेर यादवको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा दुई गरी जम्मा ६ वटा गोलीका छर्रा लागेको छ। घटनापछि उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल रेफर गरिएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ। घटनास्थलबाट ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका बरामद भएका छन्। घटनामा संलग्न व्यक्तिको पहिचान तथा गोली प्रहारको कारण खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टिकटक र फेसबुकमा लोभलाग्दा विज्ञापन : सस्तोमा युरोप उडाउने भन्दै लाखौँ ठगी
Latest NewsJust now

टिकटक र फेसबुकमा लोभलाग्दा विज्ञापन : सस्तोमा युरोप उडाउने भन्दै लाखौँ ठगी

काठमाडौँ । हातमा स्मार्टफोन र इन्टरनेटको पहुँच भएपछि अचेल जो–कोहीको समय सामाजिक सञ्जालमा बिताउने गरेका छन् । टिकटक, फेसबुक, इन्स्टाग्रामजस्ता प्लेटफर्ममा स्क्रोल गर्दै जाँदा अचेल यस्ता विज्ञापन भेटिन्छन्– बिनाझन्झट, सस्तो मूल्यमा... ...

रातोपाटी
दाङमा मौलाउँदो व्यावसायिक फूलखेती
Latest NewsJust now

दाङमा मौलाउँदो व्यावसायिक फूलखेती

दाङ। दाङमा पछिल्लो समय व्यावसायिक सयपत्री फूल खेतीतर्फ आकर्षण बढेको छ । तिहार तथा शुभ दीपावलीजस्ता सांस्कृतिक चाडपर्वलाई लक्षित गरी यहाँका किसानले सयपत्री फूलखेती गर्न थालेका छन् । कलाकारिता क्षेत्रमा स्थापित भएका दाङ तुलसीपुरका प्रेम विवश घर्तीले तुलसीपुर उपमहानगरपालिका-१७ स्थित जिनुवागाउँमा अन्य चार जनाको साझेदारीमा सामूहिक रूपमा सयपत्री फूलखेती गरेका छन् । संगीत पेसासँगै कृषि क्षेत्रमा जोडिनका लागि सयपत्रीबाट सुरुआत गरेको ...

नेपालन्युज
चीनमा सीपीसीले गरेको नयाँ संकल्प
Latest NewsJust now

चीनमा सीपीसीले गरेको नयाँ संकल्प

महेन्द्र सुवेदी पूर्वाधार विकास र बजारका हिसाबले होस् वा प्रविधि एवं युवा विद्यार्थीको ज्ञान र सिकाइको प्रवृत्तिका दृष्टिकोणमा चीनलाई आजको विश्वले बेबस्ता गर्न असम्भव शक्ति हो । अबको चीन सन्... ...

रातोपाटी
अमेरिका मध्यावधि निर्वाचन : तल्लो सदनमा डेमोक्र्याटहरूले जित्ने प्रक्षेपण
Latest NewsJust now

अमेरिका मध्यावधि निर्वाचन : तल्लो सदनमा डेमोक्र्याटहरूले जित्ने प्रक्षेपण

Reuters डोनल्ड ट्रम्पको बाँकी राष्ट्रपतीय कार्यकालको दिशा तय गर्ने ठानिएको अमेरिकाको मध्यावधि निर्वाचनको मतदान सकिँदै गर्दा डेमोक्र्याटहरूले तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) र माथिल्लो सदन (सीनेट) मा उल्लेख्य सफलता हात पारेको ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play