Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

अमेरिका मध्यावधि निर्वाचन : तल्लो सदनमा डेमोक्र्याटहरूले जित्ने प्रक्षेपण

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिका मध्यावधि निर्वाचन : तल्लो सदनमा डेमोक्र्याटहरूले जित्ने प्रक्षेपण
Photo / Coverage: बीबीसी नेपाली

Reuters डोनल्ड ट्रम्पको बाँकी राष्ट्रपतीय कार्यकालको दिशा तय गर्ने ठानिएको अमेरिकाको मध्यावधि निर्वाचनको मतदान सकिँदै गर्दा डेमोक्र्याटहरूले तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) र माथिल्लो सदन (सीनेट) मा उल्लेख्य सफलता हात पारेको प्रक्षेपण गरिएको छ। ट्रम्पको राष्ट्रपतीय कार्यकालका बाँकी दुई वर्षमा उनलाई नियन्त्रणमा राख्न आवश्यक सङ्ख्या आफूहरूसँग पुग्ने अपेक्षा उक्त दलभित्र बढ्दै गएको छ।प्रारम्भिक नतिजाहरूले डेमोक्र्याटहरूले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरिरहेको देखाएका छन् जसले राष्ट्रपति ट्रम्पलाई धक्का दिएको रूपमा हेरिँदै छ।हाल अमेरिकाका आधाभन्दा बढी राज्यहरूमा मतगणना भइरहेको छ। अमेरिकी मध्यावधि चुनावअघि ट्रम्पको मतगणना बारेको माग सर्वोच्च अदालतद्वारा अस्वीकार, अरू के हुँदै छ?चुनावमा इजरेल र अमेरिका, परिणामले पार्न सक्छ विश्वव्यापी प्रभाव सीनेटमा नियन्त्रण कायम गर्ने महत्त्वपूर्ण प्रतिस्पर्धामा डेमोक्र्याटहरूले १८ वर्षयता पहिलो पटक नर्थ क्यारोलिना जितेका छन् जहाँ रोय कूपरले रिपब्लिकनहरूबाट उक्त सीट खोसेका छन्।त्यसका साथै डेमोक्र्याटहरूले सिनेटका अन्य केही सीटहरू पनि आफ्नो पक्षमा पार्ने दिशामा अघि बढेको देखिन्छ। ड्रेमोक्र्याटहरूसँग 'आशावादी हुने कारण' छन् Reuters राष्ट्रपति ट्रम्पले आफ्ना सामाजिक सञ्जाल पोस्टहरूमा निराशाका सङ्केतहरू देखाउन थालेका छन्।यस मध्यावधि निर्वाचनमा तल्लो सदनका सबै ४३५ सीटहरू, माथिल्लो सदनका १०० मध्ये ३५ सीटहरू र गभर्नरहरूसहित पदका लागि चुनावी प्रतिस्पर्धा छ।मतदाताहरूको मनोदशा डोनल्ड ट्रम्प र रिपब्लिकनहरूको विपक्षमा गएको देखिए तापनि अहिले नै यसबारे केही भन्न हतार हुने बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थनी जर्चर बताउँछन्।"तर यस चरणमा डेमोक्र्याटहरूसँग आशावादी हुने बलिया कारणहरू देखिन्छन्," उनी भन्छन्।सिनेटका मुख्य प्रतिस्पर्धामा डेमोक्र्याटिक सिनेटर जोन ओसफ जोर्जामा पुन: निर्वाचित भएका छन्। ओसफलाई सन् २०२८ को सम्भावित राष्ट्रपति पदको उम्मेदवारको रूपमा व्यापक रूपमा हेरिन्छ। उनले समर्थकहरूलाई सम्बोधन गर्दै मतदाताहरूले "ट्रम्पको भ्रष्टाचार र अक्षमतालाई अस्वीकार गरेको" बताए।सीबीएस साझेदारहरूको पछिल्लो मूल्याङ्कनमा साउथ क्यारोलिना सम्भवतः डेमोक्र्याटको भएको छ र टेक्सस डेमोक्र्याट झुकावमा छ।आयोवा, क्यान्सस र मिशिगन "टस अप" राज्यहरू बाँकी छन् जहाँ कुनै पनि पार्टीले जित्न सक्छ।सदन नियन्त्रण गर्ने प्रतिस्पर्धा Reuters यस चुनावी नतिजाले कङ्ग्रेसमा कुन दल - ट्रम्पको रिपब्लिकन पार्टी वा विपक्षी डेमोक्र्याटिक पार्टीको नियन्त्रण रहने छ भन्ने कुरा निर्धारण गर्ने छ।अमेरिकी कङ्ग्रेस दुई सदन मिलेर बनेको छ : तल्लो सदनलाई 'हाउस अफ रिप्रिजेन्टेटिभ्स' भनिन्छ भने माथिल्लो सदनलाई 'सिनेट' भनिन्छ।तल्लो सदनमा बहुमत प्राप्त गर्न कुनै पनि दललाई २१८ सीट आवश्यक पर्छ। सिनेटमा स्पष्ट बहुमतका लागि ५१ सिट चाहिन्छ। रिपब्लिकन पार्टीको हाल तल्लो सदन (हाउस) र माथिल्लो सदन (सीनेट) दुवैमा नियन्त्रण छ। र तल्लो सदनमा बहुमत ल्याउन थप तीन सीटको आवश्यकता छ।तर, यदि माथिल्लो सदनमा सिट संख्या ५०-५० को बराबरीको अवस्थामा पुगेमा उपराष्ट्रपतिले निर्णायक मत दिन पाउँछन्, जसले गर्दा उक्त सदनमा उनीहरूको दलको नियन्त्रण कायम हुन्छ।शेअर बजारमा प्रभावडेमोक्रेटिक पार्टीको जित हुने सम्भावनाले शेअर मूल्यमा गिरावट आएको छ। विश्लेषकहरूका अनुसार यसको एउटा कारण उक्त पार्टीले डेटा-सेन्टर परियोजनाहरू र आर्टिफिशल इन्टेलिजन्स (एआई) पूर्वाधारमा हुने खर्चका विषयमा कडा नीति अपनाउन सक्ने हुनु हो।जापानमा मुख्य 'निक्केई' सूचकाङ्क करिब तीन प्रतिशतले घटेको छ भने अमेरिकी बजार बन्द रहे तापनि 'स्टक फ्युचर्स' कम मूल्यमा कारोबार भइरहेका छन्। अमेरिकी डलरको मूल्यमा पनि गिरावट आएको छ र जापानी येनको तुलनामा यो कमजोर बनेको छ।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटको बहुमत आउने सीबीएस र सीएनएनको प्रक्षेपण, नर्थ क्यारोलाइना डेमोक्रेटको पक्षमा
Latest NewsJust now

अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटको बहुमत आउने सीबीएस र सीएनएनको प्रक्षेपण, नर्थ क्यारोलाइना डेमोक्रेटको पक्षमा

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा बहुमत हासिल गर्ने सीबीएस, सीएनएनलगायत सञ्चारमाध्यमले प्रक्षेपण गरेका छन् । सीबीएसका अनुसार, डेमोक्रेटहरूले कम्तीमा २१८ सिट जित्ने अनुमान छ भने रिपब्लिकनहरूले कम्तीमा १६० सिट जित्ने प्रक्षेपण गरिएको छ । डेमोक्रेटहरूले दक्षिण क्यारोलाइनामा पनि सिनेट सिट जित्दै रिपब्लिकनबाट दोस्रो सिट खोसेका छन् । यसपटक प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका १०० मध्ये ३५ सिटका लागि मतदान ...

केन्द्रबिन्दु
प्रदेश सरकारले पाँच वटा पक्की पुल बनाउने
Latest NewsJust now

प्रदेश सरकारले पाँच वटा पक्की पुल बनाउने

सिन्धुली समाचारदातासिन्धुलीमाढी, कात्तिक १८ गते । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिन्धुलीका ग्रामीण सडकमा चालु आर्थिक वर्षमा पाँच वटा पक्की पुल निर्माण गरिने भएको छ । पुल निर... ...

गोरखापत्र
स्वास्थ्य बीमा अब झनै सहज, स्थानीय तहले एकैपटक धेरै नागरिकको बीमा गर्न सक्ने
Latest NewsJust now

स्वास्थ्य बीमा अब झनै सहज, स्थानीय तहले एकैपटक धेरै नागरिकको बीमा गर्न सक्ने

काठमाडौँ । नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले प्रदेश तथा स्थानीय तहलाई लक्षित गर्दै स्वास्थ्य बीमा कार्यक्रममा 'डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवाको शुभारम्भ गरेको छ। बोर्डले मंगलबारदेखि आफ्नो आधिकारिक पोर्टलमार्फत यो... ...

रातोपाटी
दुई लाख ५० हजार मूल्य बराबरको पटका नष्ट
Latest NewsJust now

दुई लाख ५० हजार मूल्य बराबरको पटका नष्ट

विराटनगर । सशस्त्र प्रहरीले विराटनगरमा भारतबाट अवैध रूपमा भित्र्याइएका रु दुई लाख ५० हजार मूल्य बराबरको पटका नष्ट गरिएको छ... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play