Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

दाङमा मौलाउँदो व्यावसायिक फूलखेती

Share:WhatsAppFacebookX (Twitter)Telegram
दाङमा मौलाउँदो व्यावसायिक फूलखेती
Photo / Coverage: नेपालन्युज

दाङ। दाङमा पछिल्लो समय व्यावसायिक सयपत्री फूल खेतीतर्फ आकर्षण बढेको छ । तिहार तथा शुभ दीपावलीजस्ता सांस्कृतिक चाडपर्वलाई लक्षित गरी यहाँका किसानले सयपत्री फूलखेती गर्न थालेका छन् । कलाकारिता क्षेत्रमा स्थापित भएका दाङ तुलसीपुरका प्रेम विवश घर्तीले तुलसीपुर उपमहानगरपालिका-१७ स्थित जिनुवागाउँमा अन्य चार जनाको साझेदारीमा सामूहिक रूपमा सयपत्री फूलखेती गरेका छन् । संगीत पेसासँगै कृषि क्षेत्रमा जोडिनका लागि सयपत्रीबाट सुरुआत गरेको उनले बताए । “कलाकारितामा आवद्ध हुँदाहुँदै अब कृषि क्षेत्रमा पनि सक्रिय हुने सोचले सयपत्री फूल खेतीबाट सुरुआत गरेको हुँ”, उनले भने उहाँहरूले सुगन्धित कृषि समूहमार्फत पाँच कट्ठा क्षेत्रफलमा ‘कर्म ५५५’ जातको सयपत्री रोप्नुभएको छ । जहाँ करिब दुई हजार ४०० बिरुवा रोप्नुभएको छ । यस खेतीमा मल्चिङ गर्ने, कालो प्लास्टिक बिछ्याउने, विषादी प्रयोग गर्ने, खेत खन्ने र क्यारी बनाउने कार्यसहित झन्डै रु एक लाख लगानी भएको सुगन्धित कृषि समूहका संयोजक सुमन गिरीले बताए। पाँच कट्ठाबाट करिब १० क्विन्टलको हाराहारीमा फूल उत्पादन हुने अपेक्षा गरिएको छ । तिहारअघि नै एक क्विन्टलभन्दा बढी फूलको ‘अग्रिम अर्डर’ आइसकेको उनले बताए । स्थानीयस्तरमा उत्पादित फूल स्थानीयस्तरमै खपत हुनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले यो खेती गरिएको उनको भनाइ छ । सहकारीमार्फत पनि सयपत्री खेतीव्यक्तिगत र समूहगत प्रयासका साथै कृषि सहकारीहरू पनि व्यावसायिक सयपत्री खेतीमा अग्रसर भएका छन् । तुलसीपुर-१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाले वनकट्टामा एक बिघा जग्गा पाँच वर्षका लागि भाडामा लिएर व्यावसायिक रूपमा सयपत्री खेती गरेको छ । एक हजार २०० सदस्य रहेको यस सहकारीका कार्यसमिति सदस्य तथा कर्मचारी स्वयं खेतमा खटिएर सयपत्रीको स्याहारसुसारमा व्यस्त रहने गरेका छन् । संस्थाकी अध्यक्ष चित्रा धितालका अनुसार कट्ठाको वार्षिक रु दुई हजारका दरले जग्गा भाडामा लिएर सयपत्री रोपिएको हो । बीउ, मल्चिङ र खेत जोताइलगायतका काममा सुरुमा रु तीन लाखभन्दा बढी खर्च भएको छ । सहकारीले यस खेतीबाट रु १२ लाखदेखि १६ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेको छ । फूल बिक्री गर्न टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गरी प्रचारप्रसार गर्दा विभिन्न ठाउँबाट माग पनि भइआएको अध्यक्ष धितालले बताए । पहेँलो सयपत्रीयस्तै तुलसीपुर-१५ स्थित पहरुवामा सञ्चालित ‘ग्रिनसिटी बहुउद्देश्यीय कृषि, मत्स्य तथा पशुपन्छी फार्म’ले पनि व्यावसायिक रूपमा सयपत्री फूल तथा माला बिक्री सुरु गरेको छ । फार्मका सञ्चालक आशिष बिसीका अनुसार आधुनिक कृषि प्रणाली र उचित रेखदेखमार्फत आकर्षक पहेँलो तथा सुन्तले रङका ताजा सयपत्री फूलहरू उत्पादन गरिएका छन्, जुन लामो समयसम्म ताजा रहन्छन् । फार्मले थोक तथा खुद्रा दुवै मूल्यमा फूल तथा माला उपलब्ध गराएको जनाएको छ । स्वदेशी उत्पादनमा आत्मनिर्भरताको सन्देशतुलसीपुर क्षेत्रमा व्यक्तिगत साना प्रयासदेखि सहकारी र ठूला कृषि फार्महरूमार्फत भइरहेको सयपत्री खेतीले दाङलाई फूलमा आत्मनिर्भर बनाउन ठूलो मद्दत पुर्‍याएको बिसीले बताए । पछिल्लो समय यसरी सयत्रपीखेती हुने गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटको बहुमत आउने सीबीएस र सीएनएनको प्रक्षेपण, नर्थ क्यारोलाइना डेमोक्रेटको पक्षमा
Latest NewsJust now

अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटको बहुमत आउने सीबीएस र सीएनएनको प्रक्षेपण, नर्थ क्यारोलाइना डेमोक्रेटको पक्षमा

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा बहुमत हासिल गर्ने सीबीएस, सीएनएनलगायत सञ्चारमाध्यमले प्रक्षेपण गरेका छन् । सीबीएसका अनुसार, डेमोक्रेटहरूले कम्तीमा २१८ सिट जित्ने अनुमान छ भने रिपब्लिकनहरूले कम्तीमा १६० सिट जित्ने प्रक्षेपण गरिएको छ । डेमोक्रेटहरूले दक्षिण क्यारोलाइनामा पनि सिनेट सिट जित्दै रिपब्लिकनबाट दोस्रो सिट खोसेका छन् । यसपटक प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका १०० मध्ये ३५ सिटका लागि मतदान ...

केन्द्रबिन्दु
प्रदेश सरकारले पाँच वटा पक्की पुल बनाउने
Latest NewsJust now

प्रदेश सरकारले पाँच वटा पक्की पुल बनाउने

सिन्धुली समाचारदातासिन्धुलीमाढी, कात्तिक १८ गते । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिन्धुलीका ग्रामीण सडकमा चालु आर्थिक वर्षमा पाँच वटा पक्की पुल निर्माण गरिने भएको छ । पुल निर... ...

गोरखापत्र
स्वास्थ्य बीमा अब झनै सहज, स्थानीय तहले एकैपटक धेरै नागरिकको बीमा गर्न सक्ने
Latest NewsJust now

स्वास्थ्य बीमा अब झनै सहज, स्थानीय तहले एकैपटक धेरै नागरिकको बीमा गर्न सक्ने

काठमाडौँ । नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले प्रदेश तथा स्थानीय तहलाई लक्षित गर्दै स्वास्थ्य बीमा कार्यक्रममा 'डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवाको शुभारम्भ गरेको छ। बोर्डले मंगलबारदेखि आफ्नो आधिकारिक पोर्टलमार्फत यो... ...

रातोपाटी
दुई लाख ५० हजार मूल्य बराबरको पटका नष्ट
Latest NewsJust now

दुई लाख ५० हजार मूल्य बराबरको पटका नष्ट

विराटनगर । सशस्त्र प्रहरीले विराटनगरमा भारतबाट अवैध रूपमा भित्र्याइएका रु दुई लाख ५० हजार मूल्य बराबरको पटका नष्ट गरिएको छ... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play