Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रौतहटमा असोजमा ९६ अपराधका घटना, ५८ लाखभन्दा बढी जरिवाना असुल

रौतहटमा असोजमा ९६ अपराधका घटना, ५८ लाखभन्दा बढी जरिवाना असुल

Share:WhatsAppFacebookX (Twitter)Telegram
रौतहटमा असोजमा ९६ अपराधका घटना, ५८ लाखभन्दा बढी जरिवाना असुल

रौतहट। रौतहटमा २०८३ साल असोज महिनामा विभिन्न प्रकृतिका ९६ वटा अपराधका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको तथ्याङ्कमा असोज महिनाको अवधिमा १७ वटा गम्भीर प्रकृतिका घटनासहित उक्त आपराधिक घटना भएको हो। जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजालका अनुसार असोज महिनामा ज्यानसम्बन्धी आठ, आत्महत्यासम्बन्धी १०, चोरीसम्बन्धी १६, सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी २३, सामाजिक अपराधसम्बन्धी १६, महिला तथा बालबालिकासम्बन्धी आठ, सवारी ज्यानसम्बन्धी छ र अन्य प्रकृतिका ९ वटा घटना दर्ता भएका छन् ।सो अवधिमा जिल्ला प्रशासन कार्यालयबाट समेत गरी कुल ३८९ ठाडो उजुरी परेको थियो। सो मध्ये ३४२ उजुरीको छलफलको माध्यमले फर्छ्यौट भएको र ४७ वटा उजुरी प्रक्रियामा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी ५५ वटा उजुरी परेको र अधिकांश फर्छ्यौट भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको मासिक प्रगति विवरणअनुसार एक महिनाको अवधिमा चालु मुद्दाका ५९ जना प्रतिवादी पक्राउ परेका छन् भने फैसला कार्यान्वयनका क्रममा थप ५४ जना पक्राउ परेका छन् । त्यस्तै अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी २८ वटा उजुरी परेको तथा सो बारे अनुसन्धान जारी रहेको छ। फैसला कार्यान्वयनतर्फ पक्राउ परेकाहरूबाट आठ वर्ष तीन महिना २० दिन कैद तथा ५८ लाख ८१ हजार १५० रुपैयाँ जरिवाना कार्यान्वयन गर्नुपर्ने विवरणमा उल्लेख छ । प्रहरीले लागुऔषधसम्बन्धी चार वटा मुद्दा दर्ता गरी पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट पाँच किलो १६५ ग्राम गाँजासहित विभिन्न प्रकारका नशालु इन्जेक्सन १४७ एम्पुल,लागुऔषध तथा प्रतिबन्धित ३४६ ट्याब्लेट बरामद गरिएको छ । यस्तै, परोहा नगरपालिका–८ पटेल चोकबाट १२ बोरको कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । असोज महिनामा जिल्लाभर ६८ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ९३ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने ६७४ वटा सवारीसाधनलाई कारबाही गरी ७ लाख १४ हजार ५०० रुपैयाँ जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापामगरले बताएका छन्। सो मध्ये चालकको कारण ४३ , पैदल यात्रीको कारण २३ र २ अन्य कारण गरी ६८ सवारी दुर्घटना भएको इन्स्पेक्टर थापामगरले जानकारी दिएका छन्। यस अवधिमा विभिन्न विपद्का २७ वटा घटना भएका छन् । ती घटनामा चार जनाको मृत्यु र सात जना घाइते भएका छन् । आगलागी, हावाहुरी तथा चौपाया क्षतिसमेत गरी कुल ५९ लाख २२ हजार ७७८ रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ । राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणका क्रममा १४ लाख ८८ हजार ५४५ रुपैयाँ बराबरका सामान बरामद गरिएको छ । सो क्रममा ६ जना तस्कर पक्राउ गर्नुका साथै तस्करीमा प्रयोग भएको ३ थान सवारी साधन बरामद भएको उल्लेख गरिएको छ। वन पैदावार नियन्त्रणतर्फ ८१ घनफिट काठसहित सवारीसाधन बरामद गरी तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, नागरिकको मोबाइल बैंकिङ विवरण दुरुपयोग गरी रकम चोरी गर्ने आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले हराएका तथा चोरी भएका २३ वटा मोबाइलसमेत फेला पारेर सम्बन्धित धनीलाई बुझाएको जनाएको छ । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्लामा ८९० जना प्रहरी परिचालन हुने गरी विशेष सुरक्षा योजना कार्यान्वयन गरिएको छ । समुदाय केन्द्रित ८८ वटा सचेतनामूलक कार्यक्रममार्फत एक हजार ६७५ जनालाई लाभान्वित गराइएको विवरणमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयन तथा शान्ति सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राखेर प्रहरी गतिविधि सञ्चालन गरिएको उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
ताजा खबरJust now

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

काठमाडौं । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दसैँको टीका लगाउन पाउँदैनन् । कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट बञ्चित हुने गरेका छन् । कतिपय नागरिक भने स्वदेशमै रहेर पनि सेवा अवरुद्ध गर्न नहुने भएकाले परिवारका साथमा बसेर दसैँ मनाउन पाएका हुँदैनन् । स्वास्थ्य, सुरक्षालगायत अत्यावश्यक वस्तुको सेवा प्रवाह गर्नेहरु यसरी बडादसैँको टीका ...

केन्द्रबिन्दु
एआईले खोल्दैछ इतिहासका पुराना रहस्य
ताजा खबरJust now

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

टोकियो।दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता लगाउने काम अब विद्वान् र अनुभवी संकेतविदमा मात्र सीमित नरहेको देखाएको छ। सन् १८०९ मा फ्रान्सेली सेनाका एक जनरललाई पठाइएको उक्त सन्देशमा प्रतीक, संख्या र अक्षर प्रयोग गरिएका दुई दर्जन पंक्ति थिए। अनलाइन ...

नेपालन्युज
उपेन्द्रमान सिंह: गोल पोस्टदेखि नेपाली फुटबलको सङ्कटका साक्षी
ताजा खबरJust now

उपेन्द्रमान सिंह: गोल पोस्टदेखि नेपाली फुटबलको सङ्कटका साक्षी

काठमाडौँ । उपेन्द्रमान सिंह भन्ने बित्तिकै पुरानो दशरथ रङ्गशाला, भरिभराउ दर्शक र निर्णायक क्षणमा रोकिएका गोल जो कोहीको पनि सम्झनामा आउँछ । आज उनी कहाँ छन् के गर्दै छन् धेरैलाई... ...

रातोपाटी
दसैँको टीका निधारमा, आँसु लुकाउँदै बैदेसिक यात्रामा नेपाली (तस्बिरहरू)
ताजा खबरJust now

दसैँको टीका निधारमा, आँसु लुकाउँदै बैदेसिक यात्रामा नेपाली (तस्बिरहरू)

काठमाडौँ। नेपालीहरूको महान् चाड विजया दशमीको दिन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेसिने नेपालीहरूको चहलपहल देखिएको छ। निधारमा रातो टीका र शिरमा जमरा लगाएर आफ्नो उज्ज्वल भविष्यको खोजीमा नेपालीहरू बिदेसिएका छन्। घरपरिवार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play