रोजगारीका लागि भारतकाे शिमला पुगेका तीन नेपालीको दुर्घटनामा मृत्यु

काठमाडौं । भारतको हिमाचल प्रदेशस्थित शिमला जिल्लामा भएको सडक दुर्घटनामा परी डडेल्धुराको आलिताल गाउँपालिकाका तीन जनाको मृत्यु भएको छ। शनिबार बिहान शिमला जिल्लाको रोहडु उपमण्डलअन्तर्गत नावर क्षेत्रको टिक्कर तहसीलस्थित दरोटी गाउँनजिक भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। दुर्घटनामा आलिताल गाउँपालिका–६ भौनाकी मिना महरा, उनकी सानी छोरी र सोही ठाउँका भक्त धामीकी छोरी निर्मला धामीको मृत्यु भएको जनाइएको छ। उनीहरू रोजगारीका लागि भारतको शिमला जाने क्रममा दुर्घटनामा परेको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दरोटी गाउँका कुशल र उनकी आमा कल्पना देवीसहित तीन नेपाली नागरिक छन्। दुर्घटनामा एक नेपाली नागरिक गम्भीर घाइते भएका छन्। उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि आईजीएमसी शिमला पठाइएको छ। दुर्घटनाबारे सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

प्रा सूर्य सुवेदीको नाममा स्थापित पुरस्कार ‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ पुस्तकलाई प्रदान
लन्डन, कात्तिक १४ गते । नेपाल अध्ययनसम्बन्धी उत्कृष्ट अनुसन्धान तथा प्रकाशनलाई प्रोत्साहन गर्न स्थापना गरिएको प्रतिष्ठित ‘सुवेदी प्राइज फर द स्टडी अफ नेपाल २०२५’ ‘नेपाल्स दलित्स इन... ...
_UDRkZGoH3o.jpg)
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने भएको छ। ललितपुरको बीपी नगरस्थित बीपी स्मृति भवनमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २:०० बजे बैठक आह्वान गरिएको हो। पार्टीका कार्यवाहक मुख्यसचिव... ...

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
पार्टी मुख्यालयमा शनिबार सम्पन्न सचिवालय बैठकले प्रेस स्वतन्त्रता विरोधी गतिविधिमा संलग्नमाथि कुनै सम्झौता नगरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको प्रवक्ता जगदीश खरेललले जानकारी दिए । ...

सरकारी दरभन्दा सस्तोमा धान बेच्न बाध्य दाङका किसान
दाङ । दाङमा धान काटेर घरमा भण्डारण गर्ने उपयुक्त ठाउँ नभएपछि स्थानीय किसान सस्तो मूल्यमै धान बिक्री गर्न बाध्य भएका छन्। तिहार मनाउन खर्च व्यवस्थापन गर्नुपर्ने बाध्यता र भण्डारणको समस्याका... ...


