रेस्टुरेन्ट सञ्चालकको शव जंगलमा भेटियो, कामदार युवती प्रहरी नियन्त्रणमा

विराटनगर । विराटनगरका एक रेस्टुरेन्टका सञ्चालकको मृत्युको विषयलाई लिएर प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। शनिबार दिउँसो केराबारी गाउँपालिका ९ को धारापानी जङ्गलमा झुन्डिएको अवस्थामा युवा व्यवसायी मनोज खत्रीको शव फेला परेको थियो। उनको मृत्यु प्रकरणलाई लिएर उनीसँग व्यक्तिगत सम्बन्धमा रहेकी एक युवती प्रहरी अनुसन्धानको दायरामा आएकी छिन्। ‘पिजफायर’ रेस्टुरेन्टका सञ्चालक खत्रीको रेस्टुरेन्टमा करिब ४–५ वर्षदेखि काम गर्दै आएकी झापाकी २७ वर्षीय युवतीसँग व्यक्तिगत सम्बन्ध रहेको देखिएको छ। घटनापछि रेस्टुरेन्टको आर्थिक हिसाबकिताबलाई आधार बनाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले खत्रीले सञ्चालन गर्दै आएको रेस्टुरेन्टको आर्थिक हिसाबकिताबसमेत ती युवतीले हेर्दै आएको जानकारी दिए। प्रारम्भिक रुपमा खत्री र युवतीबिच प्रेम सम्बन्धका विषयमासमेत प्रहरीले अनुसन्धान थालेको जनाएको छ। प्रहरीले युवतीलाई शनिबार राति नै पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। उनी विरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। यद्यपि, खत्रीको मृत्युमा युवतीको संलग्नता वा उनको व्यवहारको कुनै भूमिका छ वा छैन भन्ने विषय अनुसन्धानबाट पुष्टि भइसकेको छैन। प्रहरीले खत्री र युवतीबिच पछिल्लो समय सम्बन्धमा खटपट देखिएको तथा रेस्टुरेन्टको आर्थिक कारोबारसम्बन्धी विषय पनि अनुसन्धानयोग्य रहेको जनाएको छ। विराटनगर महानगरपालिका–३ निवासी ५१ वर्षीय खत्री शुक्रवार दिउँसो करिब १ बजे स्कुटर लिएर घरबाट निस्किएका थिए। त्यसपछि परिवारसँग सम्पर्कविहीन भएका उनी शनिवार अपराह्न मोरङको केराबारी गाउँपालिका–९ स्थित धारापानी जङ्गलमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। परिवारका सदस्यले पहिचान गरेपछि शनिबार साँझ उनको सनाखत भएको थियो। खत्री विवाहित हुन्। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। घटनाका बेला उनकी श्रीमती भारतमा थिइन्। उनी फर्किएर आएपछि परिवारका सदस्यको उपस्थितिमा पोस्टमार्टम प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। खत्रीको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। पोस्टमार्टम रिपोर्ट, प्राप्त हुने अन्य प्रमाण र अनुसन्धानबाट खुल्ने तथ्यका आधारमा मृत्युको कारण यकिन हुने एसपी कटवालले बताए।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नेकपाको जागरण अभियान : घटेको जनमत बढाउने, सकेसम्म सदस्य थप्ने र नविकरणमा जोड दिइने
• नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनको तयारीका लागि दुईमहिने जागरण अभियान सुरु गरेको छ। • अभियानमार्फत सदस्यता नवीकरण, जनसम्बन्ध सुदृढीकरण र उम्मेदवार छनोटमा जनताको अपेक्षाअनुसार जोड दिइनेछ। • महँगी, कालाबजारी र सरकारका जनविरोधी कामविरुद्ध जनतालाई जागरुक बनाउँदै आन्दोलनको तयारी गर्ने नेकपाको योजना छ। ...

डाक्टर केसीद्वारा सत्याग्रहको चेतावनी, सरकारलाई दुई दिनको अल्टिमेटम
काठमाडौं। चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले थप दुई दिनको अल्टिमेटम दिँदै आफ्ना मागबारे ध्यानाकर्षण गराएका छन्। केसीले सोमबार बिहान एक प्रेस विज्ञप्ति जारी गरी सरकारलाई दुई दिनको अल्टिमेटम थप गरी माग पूरा गर्न सम्झाएका हुन्। केसीले २ कात्तिकमा विभिन्न चार बुँदे माग राख्दै पूरा गर्न सरकारलाई एक साताको समय दिएका थिए। एक साताको अवधि पूरा हुँदा आफ्ना मागबारे सरकार ...

जुवा तास खेलिरहेको अवस्थामा चार लाख नगदसहित आठ जना पक्राउ
सुनसरी । जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द इस्टन होटलमा आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले... ...

हेटौँडामा कारको फल्स बटममा लुकाइएको १४ किलो चाँदीजस्तो धातुसहित चार जना पक्राउ
• मकवानपुरको हेटौँडामा चेकपोइन्ट नजिकबाट १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातु बरामद गरिएको छ। • प्रहरीले कारमा सवार चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ, जसमा एक भारतीय चालक र उनका परिवारका सदस्य छन्। • बरामद गरिएको धातुको वास्तविकता पुष्टि गर्न परीक्षण भइरहेको छ। ...


