Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

रेल सेवा व्यवस्थित गर्न माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
रेल सेवा व्यवस्थित गर्न माग
Photo / Coverage: नेपालन्युज

जनकपुर। जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ । अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टोलीले जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै रेल सेवालाई थप व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न बनाउन आग्रह गरेको हो । अभियानले रेल यात्रुको सहज आवागमन, रेल्वे प्लेटफर्मको नियमित सरसफाइ, व्यवस्थित प्रतीक्षालय, शौचालय तथा खानेपानीको उचित प्रबन्ध गर्न माग गरेको छ । रेल्वे स्टेसनमा रहेका भौतिक संरचनाको मर्मतसम्भार, विद्युतीय उपकरणको नियमित सञ्चालन, खाली जग्गालाई पार्क तथा बगैँचाका रूपमा विकास, हाट बजारको व्यवस्थित सञ्चालन तथा सडक र छेकबारको उचित व्यवस्थापन गर्न अनुरोध गरिएको छ । रेल्वे क्रसिङमा हुने दुर्घटना न्यूनीकरणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मालवाहक ढुवानी सेवा सञ्चालन गर्न अभियानले ध्यानाकर्षण गराएको छ । रेल्वे सेवा स्तरोन्नति गरी विसं २०७८ चैत १९ गतेदेखि पुनः सञ्चालनमा आएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वर्षाले मार्सी धान कुहिएपछि किसान चिन्तित
Latest NewsJust now

वर्षाले मार्सी धान कुहिएपछि किसान चिन्तित

हुम्ला समाचारदाताहुम्ला, कात्तिक १९ गते । कात्तिक १२ देखि १४ गतेसम्म परेको वर्षाले पाकेर काटी खेतमा थुपारिएको मार्सी धान कुहिएर क्षति पुगेको छ । वर्षाका कारण धानका बाला कुहिएर खानै... ...

गोरखापत्र
कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?
Latest NewsJust now

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो... ...

रातोपाटी
दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
Latest NewsJust now

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

तुलसीपुर (दाङ)। दाङमा पछिल्लो समय अण्डा उत्पादन बढ्दै गएको छ । कुनै समय दैनिक पाँचदेखि छ हजार कार्टुन अण्डा उत्पादन हुने जिल्लामा उचित बजारीकरणको अभावमा उत्पादन घटेर एक हजार कार्टुनमा सीमित भएको थियो । अहिले किसान सङ्गठित भएर बजारीकरणमा जुटेपछि उत्पादन पुनः बढेर दैनिक दुई हजार ५०० कार्टुनभन्दा बढी पुगेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष ईश्वरप्रकाश श्रेष्ठले किसान सङ्गठित भई ...

नेपालन्युज
निर्माण क्षेत्रको दिगो सुधार
Latest NewsJust now

निर्माण क्षेत्रको दिगो सुधार

सार्वजनिक विकासको मेरुदण्ड मानिने निर्माण क्षेत्रलाई प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन नीतिगत स्पष्टता, वित्तीय अनुशासन र जिम्मेवार कार्यान्वयन अपरिहार्य छ । नेपालको आर्थिक त... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play