Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
Photo / Coverage: नेपालन्युज

तुलसीपुर (दाङ)। दाङमा पछिल्लो समय अण्डा उत्पादन बढ्दै गएको छ । कुनै समय दैनिक पाँचदेखि छ हजार कार्टुन अण्डा उत्पादन हुने जिल्लामा उचित बजारीकरणको अभावमा उत्पादन घटेर एक हजार कार्टुनमा सीमित भएको थियो । अहिले किसान सङ्गठित भएर बजारीकरणमा जुटेपछि उत्पादन पुनः बढेर दैनिक दुई हजार ५०० कार्टुनभन्दा बढी पुगेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष ईश्वरप्रकाश श्रेष्ठले किसान सङ्गठित भई उत्पादनको बजारीकरण गर्न थालेपछि अण्डा उत्पादन बढ्न थालेको बताए। “किसान सङ्गठित नहुँदा उत्पादन न्यून मूल्यमा बेच्नुपरेको थियो, त्यसले हामीलाई लामो समय घाटा व्यहोर्न बाध्य पारेको थियो”, उनले भने, “अहिले हामी सङ्गठित भएपछि बिस्तारै उत्पादन बढ्न थालेको छ ।” उनका अनुसार एउटा कार्टुनमा २१० वटा अण्डा हुन्छन् । जिल्लामा लेयर्स कुखुराको सङ्ख्या नौ लाखभन्दा बढी पुगेको छ । संघका सचिव रविन्द्रविक्रम केसीका अनुसार संघमा १५० भन्दा बढी किसान आबद्ध छन् । हरेक वर्ष ४५ जनाभन्दा बढी नयाँ किसान थपिने गरेका छन् । दाङमा उत्पादित अण्डामध्ये २० प्रतिशत अर्थात् दैनिक करिब ५०० कार्टुन जिल्लामै खपत हुने गरेको अध्यक्ष श्रेष्ठले बताए। बाँकी ८० प्रतिशत अर्थात् दुई हजार कार्टुन अण्डा जिल्ला बाहिरका बजारमा पठाइने गरिएको छ । अण्डाको बजारीकरणलाई व्यवस्थित गर्न नेपाल लेयर्स कुखुरापालक संघ र नेपाल एग ट्रेडिङ प्रालिको सहकार्यमा तुलसीपुरमा डिपो सञ्चालन गरिएको छ । जिल्लामा खपत हुन नसकेको अण्डा डिपोमार्फत अन्य जिल्लामा पठाउने गरिएको छ । एउटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा पर्ने भए पनि किसानले सोभन्दा कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेकाले एकद्वार प्रणालीमार्फत बजारीकरण गर्न डिपो सञ्चालन गरिएको संघका केन्द्रीय अध्यक्ष विनोद पोख्रेलले बताए। उनका अनुसार जिल्लामा बिक्री हुन नसकेको अण्डा डिपोमार्फत देशका विभिन्न बजारमा पठाउने व्यवस्था मिलाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रेल सेवा व्यवस्थित गर्न माग
Latest NewsJust now

रेल सेवा व्यवस्थित गर्न माग

जनकपुर। जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ । अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टोलीले जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै रेल सेवालाई थप व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न बनाउन आग्रह गरेको हो । अभियानले रेल यात्रुको सहज आवागमन, रेल्वे प्लेटफर्मको नियमित सरसफाइ, व्यवस्थित प्रतीक्षालय, शौचालय तथा खानेपानीको ...

नेपालन्युज
वर्षाले मार्सी धान कुहिएपछि किसान चिन्तित
Latest NewsJust now

वर्षाले मार्सी धान कुहिएपछि किसान चिन्तित

हुम्ला समाचारदाताहुम्ला, कात्तिक १९ गते । कात्तिक १२ देखि १४ गतेसम्म परेको वर्षाले पाकेर काटी खेतमा थुपारिएको मार्सी धान कुहिएर क्षति पुगेको छ । वर्षाका कारण धानका बाला कुहिएर खानै... ...

गोरखापत्र
कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?
Latest NewsJust now

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो... ...

रातोपाटी
निर्माण क्षेत्रको दिगो सुधार
Latest NewsJust now

निर्माण क्षेत्रको दिगो सुधार

सार्वजनिक विकासको मेरुदण्ड मानिने निर्माण क्षेत्रलाई प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन नीतिगत स्पष्टता, वित्तीय अनुशासन र जिम्मेवार कार्यान्वयन अपरिहार्य छ । नेपालको आर्थिक त... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play