Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रुसी ड्रोनबाट बच्न महिनौंसम्म ग्यास पाइपलाइनमा लुक्दै युक्रेनी सैनिक

रुसी ड्रोनबाट बच्न महिनौंसम्म ग्यास पाइपलाइनमा लुक्दै युक्रेनी सैनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
रुसी ड्रोनबाट बच्न महिनौंसम्म ग्यास पाइपलाइनमा लुक्दै युक्रेनी सैनिक

काठमाडौं । रुस-युक्रेन युद्ध अब आफ्नो पाँचौँ वर्षमा प्रवेश गरेको छ। यस्तो अवस्थामा रुसको निरन्तरको ड्रोन आक्रमणले युक्रेनी सैनिकहरूलाई जमिनमा खुलेआम हिँडडुल गर्न मुस्किल बनाएको छ। उनीहरू पुराना ग्यास पाइपलाइनभित्र लुकेर बसिरहेका छन्। करिब ४ फिट चौडा यी सुरुङहरूमा सैनिकहरूले कैयौँ हप्तादेखि दुई महिनासम्म बिताउनुपर्ने बाध्यता छ। कुनै समय रुसबाट युरोपसम्म ग्यास पुर्‍याउने यी पाइपलाइनहरू अहिले युक्रेनी सैनिकहरूलाई खाना, हतियार र अन्य अत्यावश्यक सामग्री पुर्‍याउने बाटो बनेका छन्। युक्रेनको कुपियान्स्क क्षेत्रमा पुराना ग्यास पाइपलाइनको करिब १२९ किलोमिटर लामो नेटवर्क छ। गत वर्षको अन्त्यतिर रुसी सैनिकहरू यिनै पाइपलाइनमार्फत कुपियान्स्कमा प्रवेश गर्न सफल भएका थिए। त्यसपछि युक्रेनी सेनाले पनि जमिनमुनिबाटै जवाफी कारबाहीको योजना बनायो। यसका लागि युक्रेनको नेसनल गार्डको जासुसी एकाइले यी पाइपलाइनहरूको नक्सा जुटायो। साथै, यी पाइपलाइन बनाउने पुराना ग्यास विशेषज्ञहरूको मद्दतले भूमिगत मार्गहरू प्रयोग गर्ने योजना तयार गरियो। त्यसपछि पाइपलाइनमा हावा प्रवाह गर्न भेन्टिलेसन सिस्टम जडान गरियो, जुन यस सम्पूर्ण कामको सबैभन्दा कठिन हिस्सा थियो। यी पाइपलाइनमार्फत सैनिकहरूसम्म खाना र गोलाबारुद पुर्‍याइन्छ। यसका लागि साना विद्युतीय गाडीहरूको प्रयोग गरिन्छ। दिउँसो यी गाडीहरूबाट अत्यावश्यक सामग्री भित्र पठाइन्छ भने राति सुरुङ खन्दा निस्किएको माटोका बोराहरू बाहिर ल्याइन्छ। सैनिकहरू राति मात्र केही समयका लागि बाहिर निस्कन पाउँछन्। यी पाइपलाइनभित्र सैनिकहरूले निकै कठिन परिस्थितिमा बस्नुपर्छ। बाटो यति साँघुरो छ कि उनीहरूले निहुरिएर वा घुँडाको भरमा घिस्रिँदै अगाडि बढ्नुपर्छ। त्यहाँ न सूर्यको प्रकाश पुग्छ, न त ताजा हावा नै पाइन्छ। दिसापिसाबका लागि सैनिकहरू प्लास्टिकका झोला र बोतलको प्रयोग गर्छन्। पाइपलाइनमा ग्यासका बाँकी अवशेष, धुलो र हावाको कमीले पनि उनीहरूका लागि खतरा पैदा गर्छ। घाइते सैनिकहरूलाई पनि यिनै बाटाहरूबाट बाहिर निकालिन्छ। मोर्चामा मारिएका सैनिकहरूको शव पनि यिनै पाइपलाइनमार्फत बाहिर ल्याइन्छ। ड्रोन र थर्मल इमेजिङ प्रविधिले खुला मैदानमा सैनिकहरूको आवतजावतलाई अत्यन्तै खतरनाक बनाएको छ। थर्मल इमेजिङको मद्दतले ड्रोनले जमिनमा रहेका मानिसहरूको शरीरको तापक्रम पहिचान गर्न सक्छन्। यस्तो अवस्थामा सैनिकहरूका लागि लुकेर अगाडि बढ्न पनि सहज छैन। यही कारणले गर्दा युक्रेनले आफ्नो सेनाका केन्द्रहरू, निगरानी चौकीहरू र सामान राख्ने केन्द्रहरूलाई आपसमा जोड्न भूमिगत सुरुङहरूको नेटवर्क बनाउने सम्भावनाहरू खोजिरहेको छ। (एजेन्सीहरूको सहयोगमा)

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

मुस्ताङ भन्सारबाट साढे तीन महिनामै उठ्यो ११ अर्ब ४५ करोड राजस्व
ताजा खबरJust now

मुस्ताङ भन्सारबाट साढे तीन महिनामै उठ्यो ११ अर्ब ४५ करोड राजस्व

नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालू आर्थिक वर्षको साढे तीन महिनामा ११ अर्ब ४५ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ। चालू आव २०८३/८४ का लागि मुस्ताङ भन्सार कार्यालयको लक्ष्य नौ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहे पनि साढे तीन महिना नबित्दै मुस्ताङ भन्सारले लक्ष्यभन्दा बढी दुई अर्ब ४५ करोड ४७ लाख भन्सार राजस्व सङ्कलन गर्न सफल भएको छ । ... ...

नेपालखबर
भोलिदेखि सरकारी कार्यालयको समय परिवर्तन, ४ बजेसम्म मात्रै सेवा
ताजा खबरJust now

भोलिदेखि सरकारी कार्यालयको समय परिवर्तन, ४ बजेसम्म मात्रै सेवा

काठमाडौं । सरकारी कार्यालयको समय भोलि कात्तिक १६ गतेदेखि परिवर्तन हुने भएको छ। सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालय सञ्चालनको समय एक घण्टा घटाएको हो। नयाँ समयतालिकाअनुसार अब सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन्। नेपाल राजपत्रमा यसअघि नै प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायमा यो समय लागू हुनेछ। यद्यपि, शैक्षिक ...

केन्द्रबिन्दु
सिक्टा र बबई आयोजनाबाट थप १५० हेक्टरमा सिँचाइ सुविधा
ताजा खबरJust now

सिक्टा र बबई आयोजनाबाट थप १५० हेक्टरमा सिँचाइ सुविधा

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन्। जलस्रोत तथा सिँचाइ विभागका अनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएको हो। सिक्टा आयोजनाले ५४ करोड तीन लाख लागत अनुमानका चार वटा बोलपत्र आह्वान गरिसकेको छ। पुस मसान्तसम्म रु दुई अर्ब ४८ करोड ३... ...

नेपालखबर
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो
ताजा खबरJust now

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

कञ्चनपुर, कात्तिक १५ गते । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्ती... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play