रुसले युक्रेनको रेलवे स्टेसनमा ड्रोन प्रहार गर्दा कम्तीमा १४ जनाको मृत्यु

किभ । युक्रेनको मध्य सहर निप्रोस्थित मुख्य रेलवे स्टेसनमा रुसले ड्रोन प्रहार गर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ। मानिसहरू रेल चढ्न पर्खिरहेका बेला रुसले जेट-इन्जिनयुक्त ड्रोनले आक्रमण गरेको हो। निप्रोपेट्रोभस्क क्षेत्रीय प्रमुख ओलेक्सान्डर हान्झाका अनुसार आक्रमणमा १४ जना मारिनुका साथै ११ वर्षीय बालकसहित कम्तीमा १४ व्यक्ति घाइते भएका छन्। युक्रेनको सरकारी रेलवे सञ्चालक संस्था ‘उक्रजालिज्नित्सिया’ले जनाएअनुसार ड्रोन आक्रमण हुँदा दक्षिणी सहर जापोरिझियातर्फ गइरहेको एउटा यात्रुवाहक रेल निप्रोको प्लाटफर्ममा रोकिएको थियो। रुसी सेनाले यस विषयमा अहिलेसम्म सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन। रुसले युक्रेनको विशाल रेलवे सञ्जाललाई बारम्बार निसाना बनाइरहेको छ। तर जानाजान सर्वसाधारणलाई निसाना नबनाइएको दाबी उसले गरेको छ। रेलवे सञ्चालक संस्थाका प्रमुख ओलेक्सान्डर पेर्टसोभ्स्कीका अनुसार बिहीबार भएको उक्त आक्रमणअघि निप्रोमा उच्च सुरक्षा सतर्कता घोषणा गरिएको थियो। उनले भने, ‘तर दुर्भाग्यवश, ड्रोन खस्दा पनि प्लाटफर्ममा ठुलो संख्यामा मानिसहरू उपस्थित थिए।’
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

प्रस्तावित राजदूत थापाको सुनुवाइ गर्न बैठक आह्वान
काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक कात्तिक १६ गतेका लागि आह्वान भएको छ । जापानका लागि प्रस्तावित राजदूत जीज्ञान कुमार थापा, ललितपुरका सम्बन्धमा संसदीय सुनुवाइ गर्न बैठक आह्वान गर्न... ...

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान... ...

बूढानीलकण्ठ नगरपालिकामा शिक्षक बैंकको बढ्दो प्रभावकारिता
काठमाडौँ, कात्तिक १३ गते । बूढानीलकण्ठ नगरपालिकाले नगर क्षेत्रमा भएका सामुुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक बैँक प्रभावकारी बन्दै गएको छ... ...

जेनजी आन्दोलनमा भागेका अभियुक्त १४ महिनापछि काठमाडौँबाट पक्राउ
जेनजी आन्दोलनको क्रममा फरार भएका दाङका एक व्यक्ति १४ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका- १० का ३५ वर्षीय रवीन्द्र परियार रहेका प्रहरीले जनाएको छ। उनलाई बिहीबार काठमाडौँ महानगरपालिका- २६ गल्कोपाखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। परियार चोरी मुद्दामा पक्राउ परेर तीन ... ...


