रुस र युक्रेनबीच युद्धविराम र अर्को महिना शान्ति वार्ता गर्ने सहमति

काठमाडौं, कात्तिक ७ । रुस र युक्रेन रुसको कब्जामा रहेको युक्रेनी सहर ओलेस्कीमा युद्धविराम गर्न र अर्को महिना शान्ति वार्ताको नयाँ चरण सुरु गर्न सहमत भएका छन् । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा सहमति जुटेको ह्वाइट हाउसले जनाएको छ । युद्धअघि करिब २४ हजार जनसङ्ख्या रहेको ओलेस्कीमा अहिले १ हजार ७ सयदेखि २ हजार जनामात्र बाँकी रहेको ह्वाइट हाउसको भनाइ छ । दुवै पक्षका अनुसार युद्धविराम अक्टोबर २७ देखि लागू हुनेछ । यसले मानवीय सहायता सामग्री पुर्याउन र मानवीय करिडोरमार्फत सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहज हुने अपेक्षा गरिएको छ । अमेरिकी अधिकारीका अनुसार आगामी केही हप्ताभित्र आबु धाबी वा स्विट्जरल्यान्डमा तीन पक्षीय वार्ता हुन सक्नेछ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि वार्ताकारहरू अर्को महिना शान्ति वार्ताको नयाँ चरणका लागि भेट्ने पुष्टि गरेका छन् ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

Mavs' Flagg (shoulder) exits after hard foul by Pacers' Nesmith; scuffle ensues
Mavericks forward Cooper Flagg did not play in the second half Friday night at Indiana after landing hard on his left shoulder after Aaron Nesmith tried to block his shot from behind to prevent a breakaway dunk.

Owls Advance to Singles and Doubles Semifinals - Rice University Athletics
Owls Advance to Singles and Doubles Semifinals Rice University Athletics

GLIAC Football Gameday >> Week 8 - Great Lakes Intercollegiate Conference
GLIAC Football Gameday >> Week 8 Great Lakes Intercollegiate Conference

Giannis Antetokounmpo stays hot with 36 in loss, confident 0-2 Heat will click - ESPN
Giannis Antetokounmpo stays hot with 36 in loss, confident 0-2 Heat will click ESPN

