Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

रास्वपालाई भोट हाल्नेहरूले हावामा भोट हालिएछ भन्ने बुझिसके : प्रचण्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपालाई भोट हाल्नेहरूले हावामा भोट हालिएछ भन्ने बुझिसके : प्रचण्ड
Photo / Coverage: जनताटाइम्स

बर्दिबास, कात्तिक १५ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मतदान गर्ने नागरिकहरूले आफूहरूले हावामा भोट हालेको महसुस गर्न थालेको टिप्पणी गर्नुभएको छ। महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक प्रचण्डले वर्तमान सरकारको कार्यशैली अलोकतान्त्रिक भएकाे बताउनुभयाे । उहाँले आम नागरिकले पनि सरकारको कार्यशैली र गतिविधिबारे बुझ्न थालेको उल्लेख गर्दै बौद्धिक समुदायले यसबारे धारणा बनाइसकेको दाबी गर्नुभयो। ‘आम जनताले पनि सरकारको कार्यशैली बुझ्न थालेका छन्, बौद्धिक समुदाय त स्पष्ट भइसकेकै छ। नेपालका सबै बुद्धिजीवीहरूले कुरा बुझिसके, हावामा भोट हालिएछ, हुरी बतास मात्रै रहेछ यो भनेर तर, गाउँगाउँका जनतालाई बुझाउन अझै बाँकी छ, त्यो काम चाहिँ हामी गर्छौँ,’ उहाँले भन्नुभयो। संयोजक प्रचण्डले पार्टीले सञ्चालन गर्न लागेको जागरण अभियानमार्फत सरकारका अलोकतान्त्रिक गतिविधिबारे जनतालाई जानकारी गराउने तथा ती गतिविधिको भण्डाफोर गर्ने बताउनुभयो। सरकारविरुद्ध आन्दोलन गर्ने विषयमा पनि पार्टीभित्र तयारी भइरहेको उहाँको भनाइ थियो। उहाँले परिस्थितिको मूल्याङ्कन गर्दै आवश्यकताअनुसार आन्दोलनका कार्यक्रम अघि बढाइने जानकारी दिनुभयो। उहाँले मधेस प्रदेश सरकारको स्थायित्वका विषयमा लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दलहरूसँग सघन छलफल भइरहेको बताउनुभयो। उक्त विषयमा चाँडै निष्कर्षमा पुग्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालेनलाई गगनको जवाफ, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’
PoliticsJust now

बालेनलाई गगनको जवाफ, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्। प्रधानमन्त्री शाहले राति सामाजिक सञ्जालमार्फत दिएको चेतावनीपूर्ण अभिव्यक्तिपछि थापाले जवाफ फर्काएका हुन्। थापाले बालेनको नाम नलिई साँझ ६ बजेको समय उल्लेख गर्दै ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’, उनले लेखेका छन्। थापाको यो अभिव्यक्तिलाई कांग्रेसको आधिकारिकता विवादसँग जोडेर हेरिएको […] ...

काठमाण्डुपाटी
एनपिएल खेल्न मिलर नोभेम्बर ४ मा नेपाल आउँदै
PoliticsJust now

एनपिएल खेल्न मिलर नोभेम्बर ४ मा नेपाल आउँदै

दक्षिण अफ्रिकाका स्टार ब्याटर डेविड मिलर नेपाल आउने भएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ मा कर्णाली याक्सबाट खेल्न उनी नोभेम्बर ४ मा नेपाल आइपुग्ने भएका हुन् । विश्व क्रिकेटका चर्चित तथा विस्फोटक ब्याटर मिलरको आगमनसँगै जारी एनपिएलमा विदेशी स्टार खेलाडीहरूको आकर्षण थप बढ्ने भएको छ । दबाबपूर्ण परिस्थितिमा उत्कृष्ट ब्याटिङ गर्न सक्ने क्षमताका कारण मिलर विश्व क्रिकेटमा एक प्रभावशाली ...

फरकधार
आफ्नै कार्यशैलीका कारण संकटमा पर्न सक्छन् बालेन
PoliticsJust now

आफ्नै कार्यशैलीका कारण संकटमा पर्न सक्छन् बालेन

काठमाण्डु- राजनीतिक यात्राको छोटो अवधिमै देशको कार्यकारी नेतृत्वमा पुगेका प्रधानमन्त्री वालेन्द्र शाह आफ्नै कार्यशैलीका कारण संकटमा पर्न सक्ने विश्लेषण हुन थालेको छ। अपरिपक्व व्यवहार, एकलौटी निर्णय र पार्टीलाई बेवास्ता र नीति-सिद्धान्तलाई नस्वीकार्ने प्रवृत्तिले उनलाई जुनसुकै बेला अप्ठ्यारोमा पर्न सक्ने देखिएको छ। सामाजिक सञ्जालसँगै जनमानसमा लोकप्रिय व्यक्तित्वका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिनाशर्त प्रधानमन्त्री बनाएका बालेनमाथि […] ...

काठमाण्डुपाटी
बालेनको भारत भ्रमणको तयारीका लागि विदेश सचिव मिश्री पर्सि नेपाल आउँदै
PoliticsJust now

बालेनको भारत भ्रमणको तयारीका लागि विदेश सचिव मिश्री पर्सि नेपाल आउँदै

काठमाण्डु– भारतका विदेश सचिव विक्रम मिश्री कात्तिक १८ गते (नोभेम्बर ४) नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन् । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपाल भ्रमणमा आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनको भ्रमणबारे जानकारी दिएको हो । भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play