Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट सिर्जित असर समाधानमा नेपाल सहकार्य गर्न तयार रहेको उल्लेख गरे । “नेपालको शान्ति प्रक्रियामा स्विट्जरल्यान्ड सरकारले गरेको निरन्तर सहयोग हाम्रा लागि महत्त्वपूर्ण छन् । नेपालको लोकतन्त्र, सङ्घीयता, स्थानीय शासन तथा सामाजिक आर्थिक विकासलाई सुदृढ गर्न स्विटजरल्यान्डले लामो समयदेखि गर्दै आएको सहयोगको म प्रशंसा गर्दछु”, भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने । राष्ट्रपति पौडेलले स्विट्जरल्यान्डको सुदृढ लोकतान्त्रिक मूल्य र मान्यताबाट आफू निरन्तर प्रभावित रहेको बताए । सो अवसरमा स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरेले हिमालहरू चलायमान हुँदैछन् भन्दै यसका लागि पूर्वसूचना प्रणाली अत्यन्त महत्त्वपूर्ण रहेकामा जोड दिए । उनले यसमा स्विट्जरल्यान्डले काम गरिरहेको भन्दै नेपालसँग सहकार्य गरेर अगाडि बढ्न आफूहरू तयार हरेको उल्लेख गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : सुदूरपश्चिमले पायो जितका लागि १३० रनको लक्ष्य
Latest NewsJust now

एनपीएल : सुदूरपश्चिमले पायो जितका लागि १३० रनको लक्ष्य

• चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ। • चितवनले २० ओभरमा १२९ रन बनाएको छ, रवी बोपराले ४९ रन जोडे। • आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ। ...

नेपालबहस
पाँच सातादेखि खत्याड–रारा सडक अवरुद्ध, यातायात ठप्प हुँदा मुगुका स्थानीयलाई सास्ती
Latest NewsJust now

पाँच सातादेखि खत्याड–रारा सडक अवरुद्ध, यातायात ठप्प हुँदा मुगुका स्थानीयलाई सास्ती

• मुगुको खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडकखण्ड सुक्खा पहिरोका कारण पाँच सातादेखि अवरुद्ध भएको छ, जसले स्थानीयवासी र यात्रुलाई ठूलो कठिनाइमा पारिरहेको छ। • सडक अवरुद्ध हुँदा स्वास्थ्य सेवा, शिक्षा र कृषि उत्पादनमा गम्भीर असर परेको छ, विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकहरू प्रभावित भएका छन्। • समस्या समाधानका लागि स्थानीय सरोकारवालाबीच छलफल भएको छ र दीर्घकालीन उपायको खोजी गर्न प्राविधिक ...

नेपालबहस
भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अख्तियारको छापा
Latest NewsJust now

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अख्तियारको छापा

काठमाडौँ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अख्तियारले छापा मारेको छ । घुस लेनदेन भइरहेको सूचनाको आधारमा सोमबार अख्तियारले नगरपालिकाको कार्यालयमा छापा मारेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले नगरपालिकाको... ...

रातोपाटी
चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई दियो १३० रनको लक्ष्य
Latest NewsJust now

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई दियो १३० रनको लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु जितका लागि १३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको हो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रनको योगदान दिए। चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४० बलको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play