Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Health/राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते

राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते

काठमाडौं, कात्तिक १ । बडादसैँको सार्वजनिक बिदाका कारण राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित भएको छ । यस वर्षको पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ । विगतका वर्षमा कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको कार्यक्रम यस वर्ष दसैँको सार्वजनिक बिदाका कारण सारिएको हो । कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । सरकारले बालबालिकालाई कुपोषण तथा अन्य स्वास्थ्य समस्याबाट जोगाउन हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । दोस्रो चरणको कार्यक्रम वैशाख ६ र ७ गते सञ्चालन हुने गरेको छ । स्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरण गर्न अभिभावकलाई तोकिएको मितिमा आफ्ना बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

लहानको १२ शय्याको आँखा उपचार केन्द्रदेखि विराटनगरसम्म, सन् २०२५ मा १४ लाखभन्दा बढीको आँखा परीक्षण
स्वास्थ्यJust now

लहानको १२ शय्याको आँखा उपचार केन्द्रदेखि विराटनगरसम्म, सन् २०२५ मा १४ लाखभन्दा बढीको आँखा परीक्षण

कुनै समय आँखाको उपचारका लागि काठमाडौं वा भारतका विभिन्न सहर पुग्नुपर्ने पूर्वी नेपालका नागरिकका लागि सिरहाको लहानमा सुरु भएको आँखा उपचार सेवा भरोसाको केन्द्र बनेको छ। १२ शय्याबाट सुरु भएको सेवा अहिले सगरमाथा चौधरी आँखा अस्पताल र विराटनगर आँखा अस्पतालमार्फत विस्तार भएको छ। सन् १९८३ मा सिबिएमसँग आबद्ध चिकित्सक डा. ए. हेनिङ्गको पहलमा लहानस्थित तत्कालीन रामकुमार शारदा... ...

हेल्थवाणी
दशैँमा मुटु कसरी जोगाउने? वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्सालको सुझाव
स्वास्थ्य1 hour ago

दशैँमा मुटु कसरी जोगाउने? वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्सालको सुझाव

चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरू समयका तुलनामा बढ्ने गर्छ। अझ दशैँमा त अन्य दिनहरूका तुलनामा कैयौँ गुणा बढी मासु खाने नेपालीहरूको परम्परा नै छ। चाडपर्वमा खानपान र रमाइलोमा ध्यान दिँदा स्वास्थ्यप्रति भने पर्याप्त सचेतना अपनाएको पाइँदैन। चाडबाडका नाममा शरीरलाई चाहिनेभन्दा बढी खानेकुराहरू खाने, शारीरिक सक्रियता र व्यायाम... ...

हेल्थवाणी
दशैं बिदाका कारण भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सर्‍यो, कात्तिक १७ र १८ गते सञ्चालन हुने
स्वास्थ्य1 hour ago

दशैं बिदाका कारण भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सर्‍यो, कात्तिक १७ र १८ गते सञ्चालन हुने

काठमाडौं । दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ। स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ। सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ...

हेल्थवाणी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play