Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

11/1/2026, 11:15:30 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्लो भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएको हो । सिक्टा आयोजनाले रु. ५४ करोड ३ लाख लागत अनुमानका ४ वटा बोलपत्र आह्वान गरिसकेको छ । पुस मसान्तसम्म रु. २ अर्ब ४८ करोड ३० लाख बराबरका १७ वटा बोलपत्र आह्वान गर्ने र ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य आयोजनाले राखेको छ । बबई आयोजनाले पनि पुस मसान्तसम्म ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य लिएको विभागका सूचना अधिकारी राम प्रसाद पौडेलले बताउनुभयो । रानी जमराको भौतिक प्रगति १५ प्रतिशत पुग्यो विभागकाअनुसार रानी जमरा कुलरिया सिँचाइ आयोजना, टिकापुर (कैलाली) ले रु. एक अर्ब ३३ करोड ३५ लाख लागत अनुमानका ६ वटा बोलपत्र आह्वान गरेको छ । आयोजनाको भौतिक प्रगति साउनमा ८ प्रतिशत रहेकोमा भदौ मसान्तसम्म १५ प्रतिशत पुगेको छ । वित्तीय प्रगति पनि सोही अवधिमा ५.२५ प्रतिशतबाट बढेर ११.४३ प्रतिशत पुगेको छ । आयोजनाले पुस मसान्तसम्म रु. २ अर्ब ३० करोड बराबरका १२ वटा बोलपत्र आह्वान गर्ने, १.५ किलोमिटर तटबन्ध बनाउने र १६० हेक्टर जग्गा उकास गर्ने लक्ष्य राखेको छ । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले भदौ मसान्तसम्म ३.४ प्रतिशत भौतिक र ३.४९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आयोजनाले पुस मसान्तसम्म रु. ६१ करोड बराबरका ४ वटा बोलपत्र आह्वान गर्ने योजना बनाएको छ । सुनकोशी मरिन डाइभर्सन आयोजनामा भने पुस मसान्तसम्म ९७ हेक्टरमा लिफ्ट सिँचाइ र ६.१८ किलोमिटर तटबन्धको लक्ष्य राखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

सिक्टाले किसानको लगत संकलन गर्दै
ताजा खबरJust now

सिक्टाले किसानको लगत संकलन गर्दै

बाँके।निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको लगत संकलन गरी त्यसका आधारमा जल व्यवस्थापन गर्न थालेको छ। आयोजनाले पूर्वी र पश्चिमी मूल नहरअन्तर्गतका शाखा, उपशाखा र प्रशाखाबाट सिंचाइ सुविधा लिइरहेका तथा भविष्यमा लिने किसानको लगत संकलन गरिरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताए। सिंचाइ सेवा प्राप्त गर्न जल उपभोक्ता सदस्यता अनिवार्य हुने भएकाले किसानको लगत संकलन अन्तिम चरणमा पुगेको ...

नेपालन्युज
निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग
ताजा खबरJust now

निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग

• चीनले निर्माण क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै, भवन सफाइ र फलामका छड बाँध्ने काममा रोबोट प्रयोग गर्न थालेको छ। • रोबोटले श्रम लागत घटाउने र कामको गति बढाउनेमा महत्वपूर्ण भूमिका खेल्दैछन्, जसले निर्माण श्रमिकको भूमिकामा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। • ग्वाङ्दोङ प्रान्तमा १०,000 भन्दा बढी उद्यम निर्माण रोबोट क्षेत्र र आपूर्ति शृंखलामा सक्रिय छन्। ...

नेपालबहस
बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला
ताजा खबरJust now

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

कञ्चनपुरको बेदकोट–दैजीका मनिष बोहरा त्रिवेणी पाटननजिक मृत भेटिएपछि शव र सुरक्षाकर्मी ल्याउन हेलिकप्टर परिचालनको तयारी गरिएको छ। ...

कान्तिपुर
जावलाखेलमा‌ जारी गोदावरी फूल प्रदर्शनी दुई दिन थपियो, अब कात्तिक १८ गतेसम्म सञ्चालन हुने
ताजा खबरJust now

जावलाखेलमा‌ जारी गोदावरी फूल प्रदर्शनी दुई दिन थपियो, अब कात्तिक १८ गतेसम्म सञ्चालन हुने

काठमाडौं। प्रतिकूल मौसमका कारण प्रभावित भएको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुई दिन थप गरिएको छ। ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको प्रदर्शनी अब कात्तिक १८ गते बुधबारसम्म सञ्चालन हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा कात्तिक १२ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने गरी तय गरिएको प्रदर्शनीको अवधि दर्शक तथा अवलोकनकर्ताको सहजताका लागि थप गरिएको फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले जानकारी ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play