जावलाखेलमा जारी गोदावरी फूल प्रदर्शनी दुई दिन थपियो, अब कात्तिक १८ गतेसम्म सञ्चालन हुने

काठमाडौं। प्रतिकूल मौसमका कारण प्रभावित भएको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुई दिन थप गरिएको छ। ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको प्रदर्शनी अब कात्तिक १८ गते बुधबारसम्म सञ्चालन हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा कात्तिक १२ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने गरी तय गरिएको प्रदर्शनीको अवधि दर्शक तथा अवलोकनकर्ताको सहजताका लागि थप गरिएको फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले जानकारी दिए । प्रदर्शनीको पहिलो दिन अपेक्षाभन्दा उत्साहजनक कारोबार हुनुका साथै अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। तर, मौसममा आएको प्रतिकूलतासँगै शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण प्रदर्शनीस्थलमा दर्शकको आवागमन प्रभावित भएको थियो। वर्षाका कारण मेला स्थल नै बन्द गर्नुपर्ने अवस्था आएपछि धेरै फूलप्रेमी तथा सर्वसाधारण प्रदर्शनी अवलोकन गर्नबाट वञ्चित भएका थिए। वर्षाका कारण प्रदर्शनी अवलोकन गर्न छुटेका पुष्पप्रेमी, व्यवसायी तथा सर्वसाधारणलाई थप अवसर प्रदान गर्ने उद्देश्यले मेला दुई दिन थप गरिएको मेला संयोजक समन महर्जनले बताए। थप गरिएको अवधिमा प्रदर्शनीमा विभिन्न प्रजातिका मौसमी तथा सदाबहार फूल, पुष्प सजावट, नर्सरीजन्य उत्पादन तथा पुष्प व्यवसायसँग सम्बन्धित सामग्रीको अवलोकन र खरिद गर्न सकिने आयोजकले जनाएका छन् । फ्यानले प्रतिकूल मौसमका कारण यसअघि प्रदर्शनीमा सहभागी हुन नसकेका फूलप्रेमी, उपभोक्ता तथा सर्वसाधारणलाई कात्तिक १८ गतेसम्म जावलाखेलमा सञ्चालन हुने प्रदर्शनीमा सहभागी हुन आग्रह गरेको छ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
काठमाडाैँ । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै आइतबार प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागसहित प्रदर्शन गरेका छन्। विपक्षी गठबन्धन ‘इन्डिया’को आह्वानमा भएको प्रदर्शनमा हजारौँ... ...

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
म्याड्रिड । जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र राजनीतिक विवादलाई लिएर शनिबार युरोपका विभिन्न प्रमुख सहरमा विरोध प्रदर्शन भएका छन् । सामाजिक सञ्जालमार्फत प्रदर्शनका लागि आह्वान गरिएपछि विभिन्न देशमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार देशभर भएका प्रदर्शनमा करिब तीन लाख २० हजार मानिस सहभागी भए । तीमध्ये ७० हजार पेरिसमा थिए ...

वर्षाले सप्तरीमा धानबालीमा क्षति, किसान चिन्तित
धीरेन्द्रप्रसाद साहराजविराज, कात्तिक १५ गते । ‘अर्णव’ चक्रवातको प्रभावका कारण पछिल्ला तीन दिनदेखि परेको वर्षा र चलेको हावाहुरीले सप्तरीका विभिन्न स्थानीय तहमा धानबालीमा क्षति पुर्... ...

नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य
काठमाडौं । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका उनीहरूलाई नेपाल आमन्त्रण गरिएको बोर्डले जनाएको छ । नेपाल आएका उनीहरूले यहाँका ...


