दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ । आइतबार कालुङ्चोक मैदानमा भएको खेलमा १६२ रनको लक्ष्य पछ्याएको कर्णाली १७.४ ओभरमा ९६ रनमै समेटियो । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । लुम्बिनीका लागि निर्मल गुरुङले सर्वाधिक ३३ रन बनाए । उनले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । यस्तै, युवराज शर्माले २८ बलमा २६ रनको योगदान दिए । कर्णालीका दिनेश अधिकारी र राजकुमार शाहले समान दुई वि...
राष्ट्रिय खेलकुद क्रिकेट : लुम्बिनीद्वारा कर्णाली ६५ रनले पराजित

Read Complete Original Article
Published originally on फरकधार






