Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/राष्ट्रपतीय दौडमा भान्स र रुबियो योग्य रहेको ट्रम्पको भनाइ

राष्ट्रपतीय दौडमा भान्स र रुबियो योग्य रहेको ट्रम्पको भनाइ

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपतीय दौडमा भान्स र रुबियो योग्य रहेको ट्रम्पको भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका सम्भावित रिपब्लिकन उमेदवारका रूपमा उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोको नाम उल्लेख गरेका छन् । उनले पार्टीमा धेरै प्रभावशाली नेता रहेको बताउँदै अहिले नै कसैलाई प्रमुख दाबेदार घोषणा गर्नु हतार हुने बताएका छन् । मिसिगनमा आयोजित र्‍यालीमा जानुअघि एक समाचार च्यानललाई दिएको अन्तर्वार्तामा ट्रम्पलाई सन् २०२८ को निर्वाचनमा रिपब्लिकन पार्टीबाट कसले उमेदवारी दिन सक्छ भनेर सोधिएको थियो । “मेरो नजरमा को–को छन् भनेर म भन्न सक्छु, तर अहिले त्यसो भन्नु अलि चाँडो हुन्छ,” ट्रम्पले भने । भान्स र रुबियोको नाम उल्लेख गर्दै उनले रिपब्लिकन पार्टीसँग योग्य नेताहरूको बलियो टोली रहेको दाबी गरे । डेमोक्रेटिक पार्टीसँग भने त्यस्तो टोली नरहेको उनको भनाइ छ । चुनाव प्रचारका लागि मिसिगन प्रस्थान गर्नुअघि ट्रम्पले रुस–युक्रेन युद्ध र ऊर्जा सुरक्षाबारे पनि धारणा राखेका थिए । उनले सैन्य द्वन्द्वका कारण अमेरिकी तेल उद्योगलाई बन्धक बन्न नदिने बताए । साथै, यो युद्ध सुरु नै हुन नहुने आफ्नो पुरानो भनाइ दोहोर्‍याए । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनले प्रतिनिधिसभाका सबै ४३५ सदस्य र सिनेटका करिब एकतिहाइ सदस्यको चयन गर्नेछ । निर्वाचनबाट दुवै सदनमा कुन पार्टीको बहुमत कायम हुन्छ भन्ने टुंगो लाग्नेछ, जसले ट्रम्प प्रशासनको विधायी एजेन्डा र वासिङ्टनको शक्ति सन्तुलनमा प्रभाव पार्नेछ । राष्ट्रपतिको चारवर्षे कार्यकालको बीचमा हुने मध्यावधि निर्वाचनलाई ट्रम्प प्रशासनका लागि महत्वपूर्ण मानिएको छ । द वाल स्ट्रिट जर्नलले सेप्टेम्बरमा प्रकाशित गरेको सर्वेक्षणअनुसार ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा झरेको थियो । पत्रिकाका अनुसार, सन् १९९० यताका उसका सर्वेक्षण अभिलेखमा मध्यावधि निर्वाचनअघि कुनै पनि बहालवाला राष्ट्रपतिको अनुमोदन दर योभन्दा कम देखिएको थिएन । एएनआईन्यूज

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सार्वजनिक गर्‍यो ‘एक्स्ट्रीम एन्थम’
ताजा खबरJust now

एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सार्वजनिक गर्‍यो ‘एक्स्ट्रीम एन्थम’

काठमाडौं । एक्स्ट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटप्रेमीलाई लक्षित गर्दै ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सार्वजनिक गरिएको यस गीतले क्रिकेटको उत्साह र समर्थकहरूको जोशलाई संगीतमार्फत प्रस्तुत गरेको छ । गीतमा क्रिकेट मैदानमा खेलाडीले देखाउने प्रतिस्पर्धात्मक भावना, चौका–छक्कामा दर्शकको खुसी र आफ्नो टोलीले जित्दा समर्थकमा देखिने उत्साहलाई समेटिएको […] ...

लोकपथ
अझै दैनिक उपभोग्य वस्तुमा राहत दिन नसक्ने हो भने यो सरकारको औचित्यमाथि प्रश्न उठ्छः नेता केसी
ताजा खबरJust now

अझै दैनिक उपभोग्य वस्तुमा राहत दिन नसक्ने हो भने यो सरकारको औचित्यमाथि प्रश्न उठ्छः नेता केसी

• नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले दशैंको चाडमा सरकारले महंगीको मारमा आम जनतालाई पारेको र उत्सवको उल्लासभन्दा महँगी र राजनीतिक उदासीनता अनुभव गरिरहेको बताएका छन्। • उनले सरकार गठन भएको सात महिना बितिसक्दा पनि नेतृत्व परिवर्तनले नागरिकको जीवनमा कुनै सकारात्मक परिवर्तन ल्याउन नसकेको र बजार अनुगमनमा असफल भएको टिप्पणी गरे। • केसीले सरकारलाई जनताप्रति उत्तरदायी हुन र युवा पलायन रोक्न ...

नेपालबहस
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
ताजा खबरJust now

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

• ग्लोबल आइएमई बैंक लिमिटेडले लगातार तेस्रो वर्ष 'बेष्ट बैंक अवार्ड' २०२६ प्राप्त गरेको छ, जसलाई ग्लोबल फाइनान्सले प्रदान गरेको हो। • बैंकले वित्तीय श्रोत परिचालन, ग्राहक सेवा र आधुनिक प्रविधिको सफल प्रयोगका आधारमा यो सम्मान प्राप्त गरेको छ। • ग्लोबल आइएमई बैंक पहिलो नेपाली बैंक हो जसले यो प्रतिष्ठित अवार्ड जितेको छ र यसले ७७ जिल्लामा सञ्जाल विस्तार गर्दै ...

नेपालबहस
दशैँमा न्यूरोड र पाटनका व्यवसायीलाई निराशा, आधा घट्यो व्यापार [भिडियो]
ताजा खबरJust now

दशैँमा न्यूरोड र पाटनका व्यवसायीलाई निराशा, आधा घट्यो व्यापार [भिडियो]

यस वर्षको दशैँमा फेन्सी, कपडा तथा सुनचाँदीको व्यापार सोचेजस्तो नभएको व्यवसायीहरूले गुनासो गरेका छन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play