Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा

भक्तपुर।बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन्। प्रथम महिला सविता पौडेलसहित राष्ट्र प्रमुखका रूपमा नवदुर्गा मन्दिरमा दिउँसो पुगेका राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गरी फर्किएका हुन्। राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए। राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए। नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद स्वरुप प्रदान गरेको नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो उनले ग्रहण गरेका थिए। नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपति पौडेलले दक्षिणा प्रदान गरे। राष्ट्रपति पौडेललेलाई बागमति प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति, भक्तपुर क्षेत्र नं. १ का संघीय सांसद रुकेश रञ्जित, गङ्गालक्ष्मी अवाल, प्रमुख जिल्ला अधिकारी विनोदबहादुर खड्कालगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुखलगायत विभिन्न व्यक्तिहरुले स्वागत गरेका थिए। एक लाख नगदसहित सम्मान बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थालाई बागमती प्रदेश सरकारको तर्फबाट एक लाख नगद प्रदान गरे। सम्मानपत्र राष्ट्रपति पौडेलले समितिलाई हस्तान्तरण गरे। नवदुर्गा जात्रा सञ्चालनका लागि हरेक वर्ष आर्थिक कठिनाई हुँदै आएको अवस्थामा अब प्रदेश सरकारले उद्योग तथा पर्यटन मन्त्रालयअन्तर्गत एक लाखसहित सम्मान गरेको मुख्यमन्त्री थापा मगरले बताए। नवदुर्गा जात्रा संरक्षणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले बताए। विसं २०४५ मा भूकम्प गएपछि दैवीप्रकोपको घटनाले देश र जनताको हित एवं कल्याणका निमित्त तत्कालीन राष्ट्र प्रमुख यो पूजा अर्चनालाई निरन्तरता दिन थालेको नवदुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद वनमालाले जानकारी दिए। नवदुर्गाअन्तर्गत ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

मोटरबोट दुर्घटना अपडेट : ४ जना बेपत्ता,  ९ जना सकुशल
ताजा खबरJust now

मोटरबोट दुर्घटना अपडेट : ४ जना बेपत्ता, ९ जना सकुशल

काठमाडौँ । आइतबार सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा भएको... ...

रातोपाटी
‘राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ’
ताजा खबरJust now

‘राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ’

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति मात्रै नगरेर अनुसन्धान पनि गर्नुपर्ने बताएका छन् । भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको समापन गर्दै उहाँले राजनीतिक क्षेत्रमा सफल हुन अरूको अनुभवबाट सिक्नुपर्ने बताए । उनले राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने बताए । ...

केन्द्रबिन्दु
अमेरिकाको फ्लोरिडामा फुटबल स्टेडियमनजिक गोलीबारी, १२ जना घाइते
ताजा खबरJust now

अमेरिकाको फ्लोरिडामा फुटबल स्टेडियमनजिक गोलीबारी, १२ जना घाइते

घटनाका बेला फ्लोरिडा A&M विश्वविद्यालयको वार्षिक उत्सवको सप्ताहान्त चलिरहेको थियो। स्थानीय प्रहरीका अनुसार घाइतेहरूमध्ये ६ जना बालबालिका छन्। ...

कान्तिपुर
२९.६ प्रतिशत सामुदायिक विद्यालयमा आइसिटी ल्याब
ताजा खबरJust now

२९.६ प्रतिशत सामुदायिक विद्यालयमा आइसिटी ल्याब

काठमाडौं । मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) स्थापना भएको छ । विसं २०७७ देखि सञ्चालित ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत चार हजार ६०८ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला ९आइसिटी ल्याब० निर्माण भएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयको वार्षिक प्रतिवेदन, २०८२र०८३ का अनुसार पूर्वाधार विकास र सूचना प्रविधिको विस्तारले शैक्षिक गुणस्तर वृद्धिमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play