राष्ट्रपति पौडेलले ग्रहण गरे दसैँको टीका र जमरा

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको दसैँको अवसरमा शुभसाइतमा टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गरेका हुन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको शुभसाइत अनुसार बिहान १० बजेर २६ मिनेटमा राष्ट्रपति पौडेलले टीका र प्रसाद ग्रहण गरेका हुन्। राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यहरूलाई पनि टीका र जमरा लगाइदिएका छन्। राष्ट्रपतिको स्वकीय सचिवालयले यसको जानकारी दिएको हो।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
काठमाडौं । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दसैँको टीका लगाउन पाउँदैनन् । कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट बञ्चित हुने गरेका छन् । कतिपय नागरिक भने स्वदेशमै रहेर पनि सेवा अवरुद्ध गर्न नहुने भएकाले परिवारका साथमा बसेर दसैँ मनाउन पाएका हुँदैनन् । स्वास्थ्य, सुरक्षालगायत अत्यावश्यक वस्तुको सेवा प्रवाह गर्नेहरु यसरी बडादसैँको टीका ...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य
टोकियो।दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता लगाउने काम अब विद्वान् र अनुभवी संकेतविदमा मात्र सीमित नरहेको देखाएको छ। सन् १८०९ मा फ्रान्सेली सेनाका एक जनरललाई पठाइएको उक्त सन्देशमा प्रतीक, संख्या र अक्षर प्रयोग गरिएका दुई दर्जन पंक्ति थिए। अनलाइन ...

उपेन्द्रमान सिंह: गोल पोस्टदेखि नेपाली फुटबलको सङ्कटका साक्षी
काठमाडौँ । उपेन्द्रमान सिंह भन्ने बित्तिकै पुरानो दशरथ रङ्गशाला, भरिभराउ दर्शक र निर्णायक क्षणमा रोकिएका गोल जो कोहीको पनि सम्झनामा आउँछ । आज उनी कहाँ छन् के गर्दै छन् धेरैलाई... ...

दसैँको टीका निधारमा, आँसु लुकाउँदै बैदेसिक यात्रामा नेपाली (तस्बिरहरू)
काठमाडौँ। नेपालीहरूको महान् चाड विजया दशमीको दिन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेसिने नेपालीहरूको चहलपहल देखिएको छ। निधारमा रातो टीका र शिरमा जमरा लगाएर आफ्नो उज्ज्वल भविष्यको खोजीमा नेपालीहरू बिदेसिएका छन्। घरपरिवार... ...


